Home Blog Page 147

विकास हामीले गछौँ दोर्ण कुवंर : झुठको खेती गरी चक्लेट बाँड्नेबाट बच्न जनतालाइ आग्रह

0

बुर्तिबाङ कात्तिक १९ गते
साझा वाम ÷लोकतान्त्रीक गठवन्धनका उमेद्वारलाई विजयी गराउनु अहिलेको मुख्य आवस्यकता रहेको वक्ताहरुले बताएका छन ।

संविधानलाई च्यातचेत पार्ने, दुई तिहाइको सरकार भताभुङ्ग पार्ने र रडाको मच्चाउने नेकपा एमालेलाई पाखा लगाउनका निम्ती साझा गठवन्धन बनेको बताउँदै जनताको विकास र समृद्धिका निम्ती गठवन्धनका उमेद्वारलाई जिताउनु पर्ने बताएका हुन। तमानखोला गाउँपालिका १ सिल्गुममा आयोजित चुनावी सभालाई सम्वोधन गर्दे नेता तथा उमेद्वारले जनतालाई साना तिना आश्वासन दिलाउने, मासु भात र मुद्रामा खरिद गर्न खोज्ने मतियारबाट सचेत रहन जनतालाई आग्रह गरेका हुन् ।

उनिहरुले थप वोल्दै गठवन्धनका साझा उमेद्वार सक्षम, क्षमता वान र विकास प्रेमी प्रतिनिधी सभाका उमेद्वार देवेन्द्र पौडेल र प्रदेश सभामा युवा नेता दोर्ण कुमार कुवंरलाई जिताउनु पर्ने बताएका हुन ।

आयोजित सभालाई सम्वोधन गर्दे प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले आफु जनतालाई कुनै झुठा आश्वासन दिन र मुद्रा दिएर प्रलोभनमा पार्न नआएको बताउँदै जनताको समस्या र मुद्धालाई पहिलो एजेन्डा बनाएर काम गर्ने गरी प्रदेश सरकारमा जान लागेको बताउँदै जनताले यहाँको विकास, समृद्धि र आवस्यकताको परिपूर्तिका निम्ती आफुलाई र गठवन्धनका साझा उमेद्वारलाई जिताउनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले थप वोल्दै जनताबाट आएका सुझावलाई लिएर काम गर्ने बताउँदै चाचल घाट र चित्रे घाट मोटरेवल पुल , झोलुङगे पुल निर्माण, सडक, कृर्षि, प्रर्यटन र समृद्धिका क्षेत्रमा आफु र गठवन्धनका उमेद्वारले जित हासिल गरेर सरकारमा पुगेपछि काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष सागर छन्त्याल, नेपाली कांग्रेस समानुपातीक उमे्द्वार दिलमाया पौवी, नेकपा माओबादी केन्द्र समानुपातीक उमेद्वार प्रेम रोका , नेपाली कांग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, तमानखोला गाउँपालिका वडा नंं २ का अध्यक्ष नारायण सुनार लगाएतले आफनो मन्तव्य राख्नु भएको हो ।

गुमनाम जस्तै बन्यो ढोरपाटन उद्योग वाणिज्य संघ : असन्तुष्ट व्यवसाही

0

बुर्तिबाङ कात्तिक १९ गते
ढोरपाटन उद्योण वाणिज्य संघ लामो समयदेखि गुमनाम बन्दै गएपछि यहाँका व्यवसाही असन्तुष्ट बन्दै गएका छन ।
ढोरपाटन नगरपालिकाका व्यवसाहीको छाता संगठनको रुपमा २०७७ साल मंसिर महिनामा दर्ता भएको ढोरपाटन उद्योग वाणिज्य संघ सँस्था स्थापना भएको ३ बर्ष वितिसक्दा समेत व्यवहारिसे जस्तै वन्दै गएको छ ।
उद्योण वाणिज्य संघ बागलुङ मातहत रहेको वाणिज्य संघ २०७७ मा यहाँका व्यवसाहीको पहलमा ढोरपाटन उद्योण वाणिज्य संघको रुपमा दर्ता भएको थियो । दर्ता भएको ३ बर्षसम्म पनी समितीले साधारण सभा र अधिवेशन नगरेकै कारण आर्थिक आय व्याय देखि उद्योण वाणिज्यका गतिविधी सुस्त रहेको भन्दै समय समयमा व्यवसाहीबाट त्यसको विरोध र बहस हुँदै आएको छ ।
उद्योग वाणिज्य संघ इकाई रहँदा त्यस वखत गठित समितीको सक्रियतामा ढोरपाटन उद्योग वाणिन्य संघ गठन गरीएको थियो नयां संघ गठन संगै समितीको कार्यकाल सकिएपछि नयाँ कार्यसमिती गठन गर्ने तयारी पनी भयो तर कोभिडको कारण देखाउँदै सरेको अधिवेशन अन्तत तिनबर्ष पुरा हुँदा समेत समितीका जिम्मेवार व्याक्ति गैर जिम्मेवार बन्दै गएपछि हालसम्म कुनै गतिविधी नभएर ३ बर्ष वितिसकेको पाइएको छ ।
यहाँका ६ सय बढि व्यवासाही संघमा दर्ता भएर सँघको खातामा लाखौँ आर्थिक रकम पनी छ तर जिम्मेवार व्याक्ति गैर जिम्मेवार भएका कारण यहाँका व्यवसाहीले तत्काल कात्तिक २६ गतेसम्म सम्पूर्ण पदादिकारीको उपश्थितीमा बैठक आयोजना गरी सम्पूर्ण आय–व्याय प्रस्ट पार्न लगाउने र निती कार्यक्रम अगाडी बढाउन लगाउने निर्णय भएको सदस्य सरन पाण्डेले बताए ।
समितीका अध्यक्ष चिन्तामणी कंडेल र महासचिव रामनारायण सुवेदीलाई बैठकमा सहभागि गराएर संघको आर्थिक कारोवार र निती कार्यक्रम तय गर्ने निर्णय गरीएको बताइएको छ । बैठकले निमलाल पाण्डे, ढालेन्द्र छन्त्याल, भिम भण्डारीलाई सहजिकरणका निम्ती जिम्मेवारी दिइएको निर्णयमा उल्लेख छ । उद्योग वाणीज्य संघ नितीगत रुपमा सञ्चालन नहुँदा वस्तुगत संघको सक्रियतामा शनिवार बजार बन्द गर्ने निर्णय कार्यान्यनमा रहेको छ ।

गठवन्धनको चुनावी अभियान तमानखोलामा :जनताको मुद्धा स्थापित गर्न दोर्ण र देवेन्द्रको विकल्प छैन

0

पाँच दलिय साझा गठवन्धनको चुनावी अभियान तमानखोला गाउँपालिका १ हिजा स्यौलामा सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई सफल पार्नका निम्ती गठवन्धनको तर्फदेखि प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंर सहितको टोलीले तमानखोला गाँउपालिका १ मा चुनावी सभा गरेको हो ।
आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले लोकतन्त्रको रक्षा, सँविधानलाई जोगाएर राख्न र जनताको अवस्था वदल्नका निम्ती आफु साझा गठवन्धनको तर्फदेखि उमेद्वार भएर जनताको घरदैलोमा आएको बताउँदै आफु र गठवन्धनका प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेललाई मतदान गरी मंसिर ४ गतेको निर्वाचनमा विजयी गराउन अपिल गर्नुभयो ।
आफुले कुनै पदमा नरहँदा पनी यस क्षेत्रको विकास निर्माण र जनताको समस्यामा महल्म लगाउने काम गरीरहेको बताउँदै आफुहरुकै सक्रियतामा तमानखोलाको विकासमा भालीबाङ खोला मोटरेवल पुल, हुन्द्रफेँदी पुल, निर्माण भएको बताउनु भयो ।
बोङगादोभान बजारमा मोटरेवल पुल निर्माण आफनै पहलमा भएको र बोङगादोभान हिजा सडक लगाएत यहाँका समस्या शिक्षा र स्वास्थ्यमा धेरै विकास निर्माणका काम आफु आफनो पार्टी र गठवन्धन सरकारले गरेको प्रस्ट पार्नुभयो ।
नागरीकको हक अधिकार स्थापित भएमात्र संघियताको कार्यान्यन हुने, जनताको समस्यामा मल्हम लगाउन सकेमात्र जनताको जित हुने भएका कारण जनताका समस्या र साझा मुद्धा लिएर आफुहरु जनताको माझमा मत माग्न आएको बताउनु भयो ।
तमानखोलाको विकास समृद्धि , कृर्षि, खेलकुद, स्वास्थ्य, शिक्षा, यातायात र रोजगारी जस्ता समस्यालाई सम्वोद्धन गर्नका निम्ती आफुहरु जनताको माझमा आएको बताउँदै साझा गठवन्धनका उमेद्वारलाई विजयी गराएर पठाउन अपिल गर्नुभयो ।
कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी, नेकपा माओबादी केन्द्रका उमेद्वार प्रेम रोका मगर, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल, नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा लगाएतले वोल्दै यस क्ष्ोत्रको विकास निर्माण, समृद्धि, जनताको समस्याको समाधान गर्न र जनताको हक अधिकार स्थापित गर्नका निम्ती वाम÷ लोकतान्त्रीक गठवन्धनका साझा उमेद्वार प्रदेश सभातर्फ दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा देवेन्द्र पौडेललाई विजयी गराउनु अहिलेको महत्वपूर्ण आवस्यकता रहेको बताउनु भयो ।
यस क्षेत्रको भुगोल बुझेको, जनताको समस्या बुझेको र क्षमतावान उमेद्वारलाई विजयी गराउनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।

तमानखोला गाउँपालिकाले ल्यायो एम्वुलेन्स

0

बुर्तिबाङ कात्तिक १८ गते
बागलुङको तमानखोला गाउँपालिकाले एम्वुलेन्स ल्याएको छ । पालिकाको गत बर्षको स्विकृत कार्यक्रम अन्र्तगत पालिकाका नागरीकलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्य सहित एमवुलेन्स खरिद गरीएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो । हामीले २०७८÷०७९ को कार्यक्रममा बजेट स्विकृत गरेर गत बैशाख महिनामा रकम पठाएपनी हालैमात्र एम्वुलेन्स प्राप्त भएको गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।
एम्वुलेन्स सञ्चालनका लागी स्विकृत प्राप्त भएपनी स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमती लिएर मात्र सञ्चालन गर्नुपर्ने भएका कारण केहि दिनबाटै गाउँपालिकाको सेवामा एम्वुलेन्स सञ्चालनमा आउने छन्त्यालको भनाई छ । कुल १९ लाख लागतमा एम्वुलेन्स खरिद गरीएको बताइएको हो ।

ढोरपाटन १ बुर्तिबाङमा १२ कलस्टरमा टोल विकास सँस्था गठन गरिँदै

0

बुर्तिबाङ कात्तिक १७ गते
ढोरपाटन नगरपालिका वडा नं. १ को ११ औँ बैठकले टोल विकास सँस्था र सिमा निर्धारण गर्ने निर्णय गरेको छ । वडाको निर्णय अनुसार वडा नंं १ को बुर्तिबाङ बजार , भव्रेटा, खप्तरीबाङ, रिभरहेड लगाएत विभिन्न क्षेत्रलाई १२ कलस्टरमा विभाजन गरेर टोल विकास सँस्था गठन गर्ने र १२ कलस्टको सिमा निर्धारण गर्ने निर्णय भएको वडा सदस्य गोपाल महतले बताउनु भयो ।
कात्तिक १८ देखि २४ गतेसम्म सबै टोल विकास संस्था गठन गर्ने र सिमा निर्धारण गरी टोल विकास सँस्थाको नामाकरण गर्ने निर्णय भएको बताइएको छ । टोल विकास सँस्थाले आफनो टोलमा विकास निर्माण गर्न, सरसफाई तथा अन्य रचनात्मक गतिविधी सञ्चालन गर्नका निम्ती वडा संग सम्मोन्य गरेर काम गर्ने छ । वडामा रहेका सार्वजनिक र सामुदायिक सँस्थाको हकमा जुनसुकै टोलमा परेपनी यथास्थितीमा प्रयोग गर्ने निर्णय भएको बताइएको हो ।

विकास र परिवतर्नका निम्ती दोर्ण कुवँरको विकल्प छैन :बक्ता

0

बुर्तिबाङ कात्तिक १७
पश्चिम बागलुङको विकास र समृद्धिका निम्ती गठवन्धनका साझा उमेद्वार दोर्ण कुमार कुवंरको विकल्प नभएको वक्ताहरुले बताएका छन ।
तमानखोला गाउँपालिका ४ तमानमा विहिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दे वक्ताहरुले निसी, भुजी, तमान, ढोरपाटनको विकास समृद्धि र यहाँका जनताको समस्याको सम्वोधन गर्नका निम्ती प्रदेश र केन्द्र सम्म राम्रो पहुँच भएको र जनतासंग हातेमालो गर्ने प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरलाई यसपटकको निर्वाचनमा जिताउनुको विकल्प नरहेको बताए ।
कुवंरसंग प्रतिस्प्रर्धा गर्न लायक उमेद्वार नरहेका कारण पनी दोर्ण कुमार कुवंरलाई भारि मत सहितविजयी गराएर यस क्षेत्रको विकास र समृद्धिमा मुहार फेर्नुपर्ने बक्ताहरुले जोड दिएकाहुन ।
उनिहरुले थप वोल्दै गाउँमा आएर जनतालाई भ्रमको खेति गर्ने, झुठो आश्वासन देखाउने, आर्थिक प्रलोभनमा सोझा साझा जनतालाई ठग्ने, झुक्याउनेको कमि नभएका कारण समयमै सचेत वनेर आगामी निर्वाचनमा पाँचदलीय गठवन्धनका साझा उमेद्वार प्रदेश सभामा दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा देवेन्द्र पौडेललाई भारि मत सहित विजयी गराउनु पर्नेमा उनिहरुले जोड दिएका हुन ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल, नेपाली कांग्रेस जिल्ला सदस्य शैलेश घर्तिमगर, महादिवेशन प्रतिनिधी सोम बहादुर पौवी, नेकपाको तर्फदेखि संकर कुवंर, राष्ट्रिय जनमोर्चाको तर्फदेखि तुलबहादुर छन्त्याल नेकपामाओबादी केन्द्र समाुनपातीकउमेद्वार प्रेम बहादुर रोका मगर, नेपालीकांग्रेस तमानखोला गाउँपालिका उपसभापती खिमबहादुर छन्त्याल, नेकपा माओबादी केन्द्रका छ बहादुर श्रीपाली लगाएतले वोल्दै गठवन्धनले भारि मत सहित निर्वाचनमा परिणाम ल्याउने बताउँदै गठवन्धनका दुबै उमेद्वारलाई शानदारको जित निकाल्न सबै नेता कार्यक्रता सक्रिय पूर्वक लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएका प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले वोल्दै आफुले यस क्षेत्रमापुल, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम गरीसकेको बताउँदै जनताका समस्या वुलन्ध गर्दे जनताको समस्यामा मल्हम लगाउनआफु र प्रतिनिधी सभाका उमेद्वार देवेन्द्र पौडेललाई विजयी गराउन मतदातालाई अपिल गर्नुभयो । कुवंरले थप वोल्दै भन्नुभयो म झुठो आश्वासन बाँडेर जनतालाई भ्रमित पार्दिन, जे वोल्छु काम गरेर छोड्छु । जनताका मुद्धालाई संसदमा पु¥याउनका निम्ती आफनो जित आवस्यक रहेको औँल्याउनु भयो ।

चाडपर्वको समयमा शनिवार खुल्ला गरीएको बुर्तिबाङ बजार अवदेखि बन्द गरिने

0

बुर्तिबाङ कात्तिक १७ गते
दशै तिहार लगाएतका चाडपर्वको समयमा शनिवार पनी खुल्ला रहँदै आएको बुर्तिबाङ बजार आगामी शनिवार देखि बन्द रहने भएको छ ।
विभिन्न वस्तुगत समितीको माग अनुसार शनिवार देखि पुनह बजारका व्यापार व्यवसाय प्रत्यक शनिवार वन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य सँघ ढोरपाटनले जनाएको हो । संस्थाका उपाध्यक्ष निमलाल पाण्डेका अनुसार चाडपर्वको समयमा ग्राहकको सेवाका लागी केहि समयका लागी खुल्ला गरीएपनी कात्तिक १९ गतेदेखि पुनह वन्द हुने भएको बताउनु भयो । केहि बर्ष पहिले देखि उद्योग वाणीज्य संघको पहलमा प्रत्यक शनिवार बजारका व्यापार व्यवसाय बन्द हुँदै आएको थियो ।

निर्वाचनलाई मर्यादित वनाउन निर्वाचन आयोगले राजनैतिक दलसंग ग¥यो छलफल

0

निर्वाचनलाई मर्यादित वनाउन निर्वाचन आयोगले राजनैतिक दलसंग छलफल गरेको छ । बुधबार बागलुङ क्षेत्र नं. २ को बुर्तिबाङमा दलिय प्रतिनिधी , उमेद्वार र पत्रकारको विचमा छलफल गर्दे आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्नका निम्ती आचार संहिताको पालना गर्न दल तथा उमेद्वारलाई आग्रह गर्दे विभिन्न ७ बुँदामा छलफल गरीएको हो ।
निर्वाचनलाई सभ्य वनाउन आचारसंहिताको पूर्ण पालना गर्ने, प्रचार प्रसारको क्रममा व्याग, टिसर्ट, ब्यानरको प्रयोगमा निर्वाचन आयोगको मापडण्डमा रहेर मात्र प्रयोग गर्नुपर्ने, ढोरपाटन २ जाल्दी प्राविमा मतदान स्थल कायम गर्न स्थान साँघुरो रहेका कारण नजिकैको नेपाल विधुत प्राधिकरणको भवन प्रयोग गरी मतदान स्थल तयार गर्ने, आम भेला, सभा तथा गोष्ठी गर्दा निर्वाचन आयोगलाई लिखित जानकारी गराउनु पर्ने, एकै स्थानमा दुई उमेद्वार तथा पार्टीको कार्यक्रम जुधाएर नगर्ने निर्णय र सहमती गरीएको हो ।
त्यस्तै निर्वाचन आयोगबाट तोके वमोजिमका सवारी साधन पास लिएर मात्र उमेद्वारले प्रयोग गर्नुपर्ने र परिचय पत्र अनिवार्य राख्नुपर्ने विषयमा छलफल भएको छ । सञ्चार माध्यमबाट निश्पक्ष समाचार सुचना सामाग्रि प्रकाशन प्रसारण गर्नुपर्ने निर्णय गर्दे निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र मर्यादित तवरले सम्पन्न गर्नका निम्ती सबैले सम्मोन्यकारी भुमिका खेल्नुपर्ने निर्णय गरीएको हो ।
निर्वाचन अधिकृत वाबुराम पाण्डेद्धारा निर्वाचनलाई सफल पार्ने दायित्व सबैको रहेका कारण सहकार्य, सम्मोन्य र आचार संहिताको पालना गरेर अगाडी बढ्न दल तथा उमेद्वारलाई सुझाब दिनुभयो ।
आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, महाधिवेशन प्रतिनिधी दिपेन्द्र श्रेष्ठ, नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेल, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चा प्रतिनिधी खिमविक्रम शाही, स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङ, नेशनल मंगोल अर्गनाइजेशन उमेद्वार तारा घर्ति मगर, नेपाल दलीत पार्टीका उमेद्वार टेक प्रसाद कामी सुरक्षाकर्मी पत्रकार कर्मचारीको उपश्थिती रहेको थियो ।

चाचल घाट मोटरेवल पुल निमार्ण गरेरै छोड्छु उमेदवार कुवँर

0

ढोरपाटन नगरपालिकाको वडा नं ३ को घोसाखानी ,सामा तथा कालापोल सम्म पुग्नको लागि मोटरेवल पुन निमार्ण अझै नभएको भन्दै चाचल घाटको पुन निमार्ण गरेर नै छोड्ने बताउनु भएको छ ।

जनजिवीकाका सवाललाई पुरा गर्नका निम्ती लोकतान्त्रीक ÷वाम गठवन्धनको जित आवस्यक रहेको नेपाली काँग्रेसका नेता तथा प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले बताउनु भयो । बुधबार ढोरपाटन नगरपालिका ३ मा चुनावी सम्पर्क कार्यलयको उद्घाटन गर्दे नेता कुवंरले यस्तो बताउनु भयो ।

हाम्रो क्षेत्रमा जनताका समस्या र आवस्यकतालाई पुरा गर्नका निम्ती र यहाँको विकासका निम्ती गठवन्धनका उमेद्वारको जित आवस्यक रहेको बताउनु भयो ।
“मैले धेरै सपना बाँडेर जनतालाई झुठो आश्वाशन दिँदैन पदमा नरहँदा पनी तपाईँको सुख दुशमा घरदैलामा आउने र धेरै विकास निर्माणका काम गरेको छु भोली सरकारमा रहेर यसक्षेत्रको विकास र समृद्धि ल्याउनु छ” । यहाँका नागरीकको मुल समस्या खानेपानी, सडक, मोटरेवल पुल, कृर्षि , प्रर्यटन, स्वास्थ्य र शिक्षा रहेको बताउँदै जनताको महत्वपूर्ण आवस्कता र समस्यालाई सम्वोधन गर्न आफुले प्रदेश सभा र देवेन्द्र पौडेलले प्रतिनिधीसभाबाट नेतृत्व गर्दे जनताका गुनासो समस्या पुरा गर्ने अभियानमा लाग्ने बताउनु भयो ।

उमेद्वार कुवंरले थप वोल्दै देशको संविधान र जनताको हक अधिकारलाई परास्त पार्ने प्रतिगमनका मतियारलाई हटाई प्रतिगमनकारी लाई खवरदारी गरी सधाका लागी ट्रयाकमा ल्याउन पाँचदलिय गठवन्धनको जित आवस्यक रहेको बताउनु भयो ।
नेकपा एमालेले नेकपा पार्टी गठन गरेर करिव दुई तिहाइको सरकार रहँदापनी देशलाई प्रतिगमनको दिशामा लगेकै कारण देशलाई बचाउन, लोकतन्त्र र संविधानको रक्षार्थ गठवन्धन बनेको प्रस्ट पार्नुभयो ।

व्यवस्था फेरियो जनताको अवस्था फेरिएन : मेरो उमेद्वारी अवस्था फेर्नलाई दोर्ण कुवंर

0

बुर्तिबाङ कात्तिक १५
पाँचदलिय साझा गठवन्धनका प्रदेश सभा उमेद्वार दोर्णकुमार कुवंरले जनताको अवस्था फेर्नका निम्ती आफनो उमेद्वारी रहेको बताउनु भयो ।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका क्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ जनतामाझ पुग्दै गर्दा कुवंरले आफु र बाम÷लोकतान्त्रीक गठवन्धनका उमेद्वारको उदेश्य जनताको समस्या र आवस्यलाई आत्मसाथ गर्दे जनताका समस्या र आवस्यकता परिपूर्तिका निम्ती आफुहरुको उमेद्वारी रहेको बताउनु भयो ।
देशमा जनताको संघर्ष र बलीदानबाट धेरै परिवर्तन पनी भयो तर जनताको समस्या, विकास निर्माण, रोजगारीसृजना लगाएत धेरै समस्या जस्ताको त्यस्तै देखिन्छ म जनताको दुःख सुखमा संगै हातेमालो गरेको पनी धेरै वर्ष वितीसकेको छ आफु कुनै पदमा नरहँदा पनी निसी, भुजी, तमान ढोरपाटन क्ष्ोत्रको विकास निर्माण सडक, खानेपानी, पुल, विद्यालय लगाएत दर्जनौँ विकास निर्माणका कार्यमा हातेमालो गर्दे आएको बताउनु भयो ।
जनताको समस्या राम्रोसंग बुझेको छु कुवंरले भन्नुभयो आफनो दिमागमा धेरै विकास निर्माण र काम गर्न वाँकी छन जनताका समस्यालाई सम्वोधन गर्ने जिम्मेवारी धेरै छ त्यसकारण यसपटकको निर्वाचनमा आफु सरकारमा पुगेमा पाँच बर्षमा यस क्षेत्रको किास र जनताका समस्याको सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जिल्ला सदरमुकाम देखि भौगोलीक रुपमा निकै टाढा र राज्यबाट पाउने सेवा सुविधा लिनबाट समेत निकै समस्या खेप्दै आएका यस क्षेत्रका जनताको पिडालाई देखेर छुट्टै जिल्लाको माग सहित आफनो एजेन्डा लिएर हिँडेका कारण यस पटकको निर्वाचनमा प्रदेश सभामा आफुलाई र प्रतिनिधी सभामा गठवन्धनका उमेद्वार देवेन्द्र पौडेललाई विजयी गराउन अपिल गर्नुभयो ।
देशको विकास निर्माण र प्रतिगमनकारी तत्वबाट देशलाई जोगाउन पनी गठवनधनको जित आवस्यक रहेको बताउँदै यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ गठवन्धनका उमेद्वारलाई विजयी गराउन मतदातालाई अपिल गर्नुभयो ।
निसीखोला गाउँपालिकाका सबै वडामा वडा स्तरीय अगुवा कार्यक्रता भेटघाट , प्रशिक्षण संगै निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको गठवन्धनले ढोरपाटन नगरपालिकाको वडा नंं. ४,६,७,८ र ९ नम्वर वडामा कार्यक्रम मतदाता भेटघाट र निर्वाचन सम्पर्क कार्यलय उद्घाटन गरिएको हो ।