व्यवस्था फेरियो जनताको अवस्था फेरिएन : मेरो उमेद्वारी अवस्था फेर्नलाई दोर्ण कुवंर

बुर्तिबाङ कात्तिक १५
पाँचदलिय साझा गठवन्धनका प्रदेश सभा उमेद्वार दोर्णकुमार कुवंरले जनताको अवस्था फेर्नका निम्ती आफनो उमेद्वारी रहेको बताउनु भयो ।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका क्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ जनतामाझ पुग्दै गर्दा कुवंरले आफु र बाम÷लोकतान्त्रीक गठवन्धनका उमेद्वारको उदेश्य जनताको समस्या र आवस्यलाई आत्मसाथ गर्दे जनताका समस्या र आवस्यकता परिपूर्तिका निम्ती आफुहरुको उमेद्वारी रहेको बताउनु भयो ।
देशमा जनताको संघर्ष र बलीदानबाट धेरै परिवर्तन पनी भयो तर जनताको समस्या, विकास निर्माण, रोजगारीसृजना लगाएत धेरै समस्या जस्ताको त्यस्तै देखिन्छ म जनताको दुःख सुखमा संगै हातेमालो गरेको पनी धेरै वर्ष वितीसकेको छ आफु कुनै पदमा नरहँदा पनी निसी, भुजी, तमान ढोरपाटन क्ष्ोत्रको विकास निर्माण सडक, खानेपानी, पुल, विद्यालय लगाएत दर्जनौँ विकास निर्माणका कार्यमा हातेमालो गर्दे आएको बताउनु भयो ।
जनताको समस्या राम्रोसंग बुझेको छु कुवंरले भन्नुभयो आफनो दिमागमा धेरै विकास निर्माण र काम गर्न वाँकी छन जनताका समस्यालाई सम्वोधन गर्ने जिम्मेवारी धेरै छ त्यसकारण यसपटकको निर्वाचनमा आफु सरकारमा पुगेमा पाँच बर्षमा यस क्षेत्रको किास र जनताका समस्याको सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जिल्ला सदरमुकाम देखि भौगोलीक रुपमा निकै टाढा र राज्यबाट पाउने सेवा सुविधा लिनबाट समेत निकै समस्या खेप्दै आएका यस क्षेत्रका जनताको पिडालाई देखेर छुट्टै जिल्लाको माग सहित आफनो एजेन्डा लिएर हिँडेका कारण यस पटकको निर्वाचनमा प्रदेश सभामा आफुलाई र प्रतिनिधी सभामा गठवन्धनका उमेद्वार देवेन्द्र पौडेललाई विजयी गराउन अपिल गर्नुभयो ।
देशको विकास निर्माण र प्रतिगमनकारी तत्वबाट देशलाई जोगाउन पनी गठवनधनको जित आवस्यक रहेको बताउँदै यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ गठवन्धनका उमेद्वारलाई विजयी गराउन मतदातालाई अपिल गर्नुभयो ।
निसीखोला गाउँपालिकाका सबै वडामा वडा स्तरीय अगुवा कार्यक्रता भेटघाट , प्रशिक्षण संगै निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको गठवन्धनले ढोरपाटन नगरपालिकाको वडा नंं. ४,६,७,८ र ९ नम्वर वडामा कार्यक्रम मतदाता भेटघाट र निर्वाचन सम्पर्क कार्यलय उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित