निर्वाचनलाई मर्यादित वनाउन निर्वाचन आयोगले राजनैतिक दलसंग ग¥यो छलफल

निर्वाचनलाई मर्यादित वनाउन निर्वाचन आयोगले राजनैतिक दलसंग छलफल गरेको छ । बुधबार बागलुङ क्षेत्र नं. २ को बुर्तिबाङमा दलिय प्रतिनिधी , उमेद्वार र पत्रकारको विचमा छलफल गर्दे आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्नका निम्ती आचार संहिताको पालना गर्न दल तथा उमेद्वारलाई आग्रह गर्दे विभिन्न ७ बुँदामा छलफल गरीएको हो ।
निर्वाचनलाई सभ्य वनाउन आचारसंहिताको पूर्ण पालना गर्ने, प्रचार प्रसारको क्रममा व्याग, टिसर्ट, ब्यानरको प्रयोगमा निर्वाचन आयोगको मापडण्डमा रहेर मात्र प्रयोग गर्नुपर्ने, ढोरपाटन २ जाल्दी प्राविमा मतदान स्थल कायम गर्न स्थान साँघुरो रहेका कारण नजिकैको नेपाल विधुत प्राधिकरणको भवन प्रयोग गरी मतदान स्थल तयार गर्ने, आम भेला, सभा तथा गोष्ठी गर्दा निर्वाचन आयोगलाई लिखित जानकारी गराउनु पर्ने, एकै स्थानमा दुई उमेद्वार तथा पार्टीको कार्यक्रम जुधाएर नगर्ने निर्णय र सहमती गरीएको हो ।
त्यस्तै निर्वाचन आयोगबाट तोके वमोजिमका सवारी साधन पास लिएर मात्र उमेद्वारले प्रयोग गर्नुपर्ने र परिचय पत्र अनिवार्य राख्नुपर्ने विषयमा छलफल भएको छ । सञ्चार माध्यमबाट निश्पक्ष समाचार सुचना सामाग्रि प्रकाशन प्रसारण गर्नुपर्ने निर्णय गर्दे निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र मर्यादित तवरले सम्पन्न गर्नका निम्ती सबैले सम्मोन्यकारी भुमिका खेल्नुपर्ने निर्णय गरीएको हो ।
निर्वाचन अधिकृत वाबुराम पाण्डेद्धारा निर्वाचनलाई सफल पार्ने दायित्व सबैको रहेका कारण सहकार्य, सम्मोन्य र आचार संहिताको पालना गरेर अगाडी बढ्न दल तथा उमेद्वारलाई सुझाब दिनुभयो ।
आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा, महाधिवेशन प्रतिनिधी दिपेन्द्र श्रेष्ठ, नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेल, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चा प्रतिनिधी खिमविक्रम शाही, स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङ, नेशनल मंगोल अर्गनाइजेशन उमेद्वार तारा घर्ति मगर, नेपाल दलीत पार्टीका उमेद्वार टेक प्रसाद कामी सुरक्षाकर्मी पत्रकार कर्मचारीको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित