गठवन्धनको चुनावी अभियान तमानखोलामा :जनताको मुद्धा स्थापित गर्न दोर्ण र देवेन्द्रको विकल्प छैन

पाँच दलिय साझा गठवन्धनको चुनावी अभियान तमानखोला गाउँपालिका १ हिजा स्यौलामा सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई सफल पार्नका निम्ती गठवन्धनको तर्फदेखि प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंर सहितको टोलीले तमानखोला गाँउपालिका १ मा चुनावी सभा गरेको हो ।
आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले लोकतन्त्रको रक्षा, सँविधानलाई जोगाएर राख्न र जनताको अवस्था वदल्नका निम्ती आफु साझा गठवन्धनको तर्फदेखि उमेद्वार भएर जनताको घरदैलोमा आएको बताउँदै आफु र गठवन्धनका प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेललाई मतदान गरी मंसिर ४ गतेको निर्वाचनमा विजयी गराउन अपिल गर्नुभयो ।
आफुले कुनै पदमा नरहँदा पनी यस क्षेत्रको विकास निर्माण र जनताको समस्यामा महल्म लगाउने काम गरीरहेको बताउँदै आफुहरुकै सक्रियतामा तमानखोलाको विकासमा भालीबाङ खोला मोटरेवल पुल, हुन्द्रफेँदी पुल, निर्माण भएको बताउनु भयो ।
बोङगादोभान बजारमा मोटरेवल पुल निर्माण आफनै पहलमा भएको र बोङगादोभान हिजा सडक लगाएत यहाँका समस्या शिक्षा र स्वास्थ्यमा धेरै विकास निर्माणका काम आफु आफनो पार्टी र गठवन्धन सरकारले गरेको प्रस्ट पार्नुभयो ।
नागरीकको हक अधिकार स्थापित भएमात्र संघियताको कार्यान्यन हुने, जनताको समस्यामा मल्हम लगाउन सकेमात्र जनताको जित हुने भएका कारण जनताका समस्या र साझा मुद्धा लिएर आफुहरु जनताको माझमा मत माग्न आएको बताउनु भयो ।
तमानखोलाको विकास समृद्धि , कृर्षि, खेलकुद, स्वास्थ्य, शिक्षा, यातायात र रोजगारी जस्ता समस्यालाई सम्वोद्धन गर्नका निम्ती आफुहरु जनताको माझमा आएको बताउँदै साझा गठवन्धनका उमेद्वारलाई विजयी गराएर पठाउन अपिल गर्नुभयो ।
कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी, नेकपा माओबादी केन्द्रका उमेद्वार प्रेम रोका मगर, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल, नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढा लगाएतले वोल्दै यस क्ष्ोत्रको विकास निर्माण, समृद्धि, जनताको समस्याको समाधान गर्न र जनताको हक अधिकार स्थापित गर्नका निम्ती वाम÷ लोकतान्त्रीक गठवन्धनका साझा उमेद्वार प्रदेश सभातर्फ दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा देवेन्द्र पौडेललाई विजयी गराउनु अहिलेको महत्वपूर्ण आवस्यकता रहेको बताउनु भयो ।
यस क्षेत्रको भुगोल बुझेको, जनताको समस्या बुझेको र क्षमतावान उमेद्वारलाई विजयी गराउनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित