ढोरपाटन १ बुर्तिबाङमा १२ कलस्टरमा टोल विकास सँस्था गठन गरिँदै

बुर्तिबाङ कात्तिक १७ गते
ढोरपाटन नगरपालिका वडा नं. १ को ११ औँ बैठकले टोल विकास सँस्था र सिमा निर्धारण गर्ने निर्णय गरेको छ । वडाको निर्णय अनुसार वडा नंं १ को बुर्तिबाङ बजार , भव्रेटा, खप्तरीबाङ, रिभरहेड लगाएत विभिन्न क्षेत्रलाई १२ कलस्टरमा विभाजन गरेर टोल विकास सँस्था गठन गर्ने र १२ कलस्टको सिमा निर्धारण गर्ने निर्णय भएको वडा सदस्य गोपाल महतले बताउनु भयो ।
कात्तिक १८ देखि २४ गतेसम्म सबै टोल विकास संस्था गठन गर्ने र सिमा निर्धारण गरी टोल विकास सँस्थाको नामाकरण गर्ने निर्णय भएको बताइएको छ । टोल विकास सँस्थाले आफनो टोलमा विकास निर्माण गर्न, सरसफाई तथा अन्य रचनात्मक गतिविधी सञ्चालन गर्नका निम्ती वडा संग सम्मोन्य गरेर काम गर्ने छ । वडामा रहेका सार्वजनिक र सामुदायिक सँस्थाको हकमा जुनसुकै टोलमा परेपनी यथास्थितीमा प्रयोग गर्ने निर्णय भएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित