Home Blog Page 146

बागलुङ- २ : पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा

0

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिनुभएको छ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ । मन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रमा विजयी भएका थिए । त्यसबेला उनी वाम गठबन्धनबाट निर्वाचित भएका थिए ।

अहिले पौडेललाई नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतान्तरले पराजित गरेमा थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले १९ हजार नौ सय पाँच मत ल्याएका थिए।

यस क्षेत्रमा छ पालिकाका ४८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा ढोरपाटन नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन-४ मा जनमोर्चाको विद्रोही समूह र अन्य सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

पौडेलको गृहक्षेत्र निर्वाचन क्षेत्र नं १ भए पनि उनी २ नं क्षेत्रबाट चुनाव लडिरहेका छन्। अघिल्लो पटक यहाँबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेललाई आफ्नै पार्टीका नेताको बागी उम्मेदवारीले चुनौती थपेको छ ।

पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले पनि यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा छन् । गत स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौ हजार नौ सय ३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार चार सय ३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार पाँच सय आठ पाएको थियो ।

स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि एमाले उम्मेदवार चालिसे बागी उम्मेदवार बनेका थिए । चुनाव सकिएपछि उनी एमालेमा प्रवेश गरेका थिए । उनले एमालेमा प्रवेश गरेको केही समयमै टिकट पाएका थिए ।

यस क्षेत्रमा पौडेल र चालिसेसहित राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्र उम्मेदवार अर्याल र डिलबहादुर कार्की गरी सात जना चुनावी मैदानमा छन् ।

साभार

इकागज |

मन्त्री पौडेलले भने :झापाका ओलीले यहीँ जिल्लाको नागरिकलाई पाहुना भन्न मिल्छ ?

0

बागलुङका ६ वटै सिट गठबन्धनले जित्छ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
“म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकाशक ालागि ज्यान दिए लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उहाँले भन्नुभयो ।
केहीदिन अघि नेकपाएमालेको चुनावी सभालाई सम्बोधनगर्न बुर्तिबाङ आउनुभएका नेकपाएमालेकाअध्यक्ष केपीओलीले प्रतिनिसभा सदस्यकाउम्मेदवारलाई पाहुनाको संज्ञा दिनुभएको थियो ।
पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गर्नुभयो ।“बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ, उहाँले भन्नुभयो, यहीँ आकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आमनागरिकले निर्वाचन मिति पर्खनु परेको हो ।”
पौडेलले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभयो ।
संविधानमा उल्लेख भएका जनताका अधिकारहरु तोडमोड गर्ने विरुद्धमा उभिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले अहिलेको गठबन्धन इतिहासको आवश्यकता भएको बताउनुभएको छ । अहिलेको गठबन्धन रहर मात्र नभइए इतिहासको आवश्यकता भएको बताउनुभएकोहो ।
कार्यक्रममा संविधान सभा सदस्य निरज पुनले बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवार बीच तुलना हुन नसक्ने टिप्पणी गर्नुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मात्र संविधान रक्षाका र बागलुङ विकाश हुन बताउँदै विपक्षी उम्मेदवारसँग तुलना हुनै नसकिने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा ख का साझा उम्मेदवार दोर्ण कुँवरले बागलुङको विकाशका लागि गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताउनुभयो । कुवंरले थप वोल्दै यहाँको विकास र समृद्धि संग हामी धेरै नजिक छौँ विगतमा पनी धेरै काम भएका छन अव प्रदेशमा म दोर्ण कुवंर र संघमा देवेन्द्र पौडेल हामी दुई भाइले यस क्षेत्रको मुहार फेर्नु छ त्यसैले यस पटक जनताले गठवन्धनलाई मत दिनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।

बागलुङमा निर्वाचनको तयारी तिव्र :ढोरपाटनमा नमुना मतदान कार्यक्रम

0

बागलुङ कात्तिक २४ गते
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई सफल पार्न बागलुङ जिल्लामा निर्वाचन कार्यालयले आवस्यक तयारी पुरा गर्दे आएको छ ।
निर्वाचन आउन १० दिन बाँकी रहँदा कर्मचारी व्यवस्थापन , सुरक्षा व्यवस्था, मतपत्र ढुवानी लगाएतका गतिविधी जारी रहेको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
विहिबार ढोरपाटन नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम र नमुना मतदान गरीएको छ अन्य पालिकामा समेत नमुना मतदान कार्यक्रम सुरु गरीएको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
बागलुङ १० वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरीएको छ त्यसैगरी नमुना मतदान कार्यक्रम समेत सुरु गरीएको निर्वाचन कार्यालय बागलुङका निर्वाचन गोकुल सर्माले बताउनु भयो ।

ढोरपाटन नगरपालिकामा आयोजित नमुना मतदान कार्यक्रम निर्वाचन अधिकृत बावुराम पाण्डेको अध्यक्षता ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा भएको हो ।
१० पालिका रहेको बागलुङमा यसपटकको निर्वाचनमा पाँच दलिय वाम÷लोकतान्त्रीक गठवन्धन र नेकपा एमाले विच प्रतिस्प्रर्धा हुने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधी सभा तर्फ क्षेत्र नंं १ मा गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी . र नेकपा एमालेका सुर्य पाठक विच बढि प्रतिस्प्रर्धा हुने देखिएको छ । क्षेत्र नं. २ तर्फ नेकपा माओबादी केन्द्रका सचिव शिक्षा ,विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेका मन्जु सर्मा चालिसे वीच प्रतिस्वप्रर्धा हुने देखिएको हो ।

जनताको घर घरमा पुग्दै दोर्ण कुवंर :यूवा देखि जेष्ठ नागरीकको मन जित्दै

0

बुर्तिबाङ कात्तिक २३ गते
आशन्न मंसिर ४ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नं. २ बागलुङ प्रदेश सभा (२) का उमेद्वार दोर्ण कुमार कुवंर यतिवेला जनताको घरघरमा पुग्दै आएका छन ।
लामो समय देखि कुनै पदमा नरहँदा पनी जनताको समस्या र विकास निर्माणमा साझेदार गर्दे आएका कुवंरले आशन्न निर्वाचनमा जनताको मन जितिसकेको जिकिर गर्छन ।
जनताका लोकप्रिय नेता कुवंरले पार्टी वाहेक अन्य पदमा नरहँदा पनी निसी भुजी तमान, ढोरपाटन क्षेत्रका जनता संगको सहकार्य, पुल निर्माण, सडक, खानेपानी, विधुत लगाएत दर्जनौँ विकासे योजना निर्माणमा जनताले भने वमोजिम प्रदेश र संघ सरकारका विभिन्न मन्त्रालयमा पुगेर योजना पारिदिने र वोलेका काम समेत फत्ते गरीदिने परिपाटीका कारण पनी यस पटकको निर्वाचनमा कुवंर जनताको रोजाईमा देखिएका हुन ।
जनताको मुद्धालाई पहिलो प्राथमिकता दिने दोर्ण कुवंर कोभिड १९ को महामारी देखि बाढी पहिरो, भुकम्प लगाएत विभिन्न विपत्तीमा सहयोगी र सम्मोन्यकारी भुमिकामा देखिँदै आएका हुन ।
यस पटकको निर्वाचनमा जनताले आफुलाई मतदान गरी जिताएमा प्रदेश सभाबाट यस क्षेत्रका जनताको समस्या सम्वोधन गर्नेमा निर्धक्क छन । हक्की स्वभावका कुवंर आफुले वोलेका वचन बद्धता पुरा गर्न संधै तल्लिन देखिन्छन जनताका समस्या राम्रो संग देखे बुझेका उनले यहाँको शिक्षा, स्वास्थ्य, कृर्षि, प्रर्यटन, सडक, भौतिक पुर्वाधार संगै पश्चिम बागलुङलाई छुट्टै जिल्लाको माग सहित डिपिआर भएर पछि परेको अर्नाकोट एर्यरपोर्ट निर्माण अगाडी बढाउने संकल्प उनिसंग छ ।
ढोरपाटनलाई प्रर्यटकिय हवको रुपमा विकास गर्ने, ग्रामिण सडक स्तरउन्नती देखि कालोपत्रे गर्ने र जनताका समस्यालाई सम्वोधन गर्दे अगाडी बढने कुवंरको प्रतिबद्धता रहेको छ ।

पाँच दलिय बाम÷लोकतान्त्रीक साझा गठवन्धनबाट उमेद्वार रहेका कांग्रेस नेता कुवंरले यस पटकको निर्वाचनमा आफुले प्रतिद्धन्दीलाई पाँच हजार मतान्तरले जित हासिल गर्ने बताउँदै आएका छन । पहिलो चरणमा वडा स्तरमा जनभेटघाट गर्दे आएका उनले पछिल्लो समय जनताको घरघरमा पुग्ने र जनताका समस्या वुझ्दै आफुलाई मतदान गर्न अपिल गर्दे आएका छन । नेता कुवंरको प्रदेश र संघमा समेत राम्रो पहुँच रहेका कारण यस क्षेत्रको विकास र समृद्धिका निम्ती केहि गर्न सक्ने क्षमता रहेको भन्दै युवा देखि जेष्ठ नागरीकको रोजाईमा पर्न सफल भएका हुन ।

आगामी निर्वाचन बहिस्कार गर्न ने कपा मशालको अपील ।

0

कार्तिक २३ गते, बुर्तिबाङ ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन बहिस्कार गर्न आम मतदाताहरुलाई ने क पा मशाल ले अपील गरेको छ ।

मोहन विक्रम सिंहको नेतृत्वबाट विद्रोह गरेर विशेष महाधिवेशन सम्पन्न गरी पार्टी पुनर्गठन गरेको ने क पा मशालले संसदीय निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने घोषणा गरेको हो ।

“राष्ट्रघात, जनघात र भ्रष्टाचारको अन्त्य गरौं, मंसिर ४ गते हुने संसदीय निर्वाचन बहिस्कार गरौं” भन्ने मूल नाराका साथ ने क पा मशाल ले चुनाव बहिस्कारको घोषणा पत्र जारी गरी चुनाब बहिस्कारका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अन्तरगत कार्तिक २२ गतेसम्म पर्चा वितरण र घरदैलो कार्यक्रम, कार्तिक २३ गतेदेखि २७ गतेसम्म चुनाब बहिस्कारका सभा तथा कोणसभाहरु सम्पन्न गर्ने तथा जिल्ला र स्थानीय तहमा समेत बहिस्कारका विभिन्न कार्यक्रमहरु गर्ने जनाइएको छ ।

सोही कार्यक्रम अन्तरगत हिजो मंगलबार बेलुकी बागलुङ जिल्लाभर साङ्केतिक रुपमा पर्चाहरु वितरण गरिएको छ । ने क पा  मशालले पश्चिम बागलुङमा पनि चुनाब बहिस्कारको पर्चा वितरण गरेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार, सहिखोला, गादीखोला, बुढाथोक, हुन्द्रफेंदी बजार लगायतका ठाउँहरुमा चुनाब बहिस्कारको पर्चा वितरण गरेको छ । त्यसैगरी निसीखोलाको झिवाखोला बजार, कानाबगर, निसी, ढुवाखोर, जुग्जाखोला, कान्छीबजार, देविस्थान लगायतका ठाउँहरुमा पर्चा वितरण गरेको छ भने तमानखोलाको बोंगादोभान बजार र अन्य स्थानहरुमा पनि चुनाब बहिस्कारको पर्चा वितरण गरिएको छ । त्यसैगरी बडिगाड गाउँपालिकामा समेत चुनाब बहिस्कारको पर्चा वितरण गरिएको जानाकारी प्राप्त भएको छ । पार्टीको घोषित केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुमा चुनाब बहिस्कारको पर्चा वितरण भएको ने क पा मशाल बागलुङले जनाएको छ ।

ने क पा मशाल जिल्ला समिति बागलुङले गत कार्तिक २० गते बागलुङमा पत्रकार सम्मेलन गरी चुनाब बहिस्कारका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । संसदीय व्यवस्था भ्रष्ट र बदनाम हुँदै गएकाले यसबाट नयाँ जनवादी व्यवस्था स्थापना हुन नसक्ने र त्यसको विकल्प जनवादी क्रान्ती नै भएकाले पार्टीले आगामी संसदीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको ने क पा मशालका जिल्ला प्रवक्ता रेशम गिरीले बताउनु भएको छ । उहाँले जनतालाई आतङ्कित नपारी शान्तिपूर्ण रुपमा आगामी निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने पार्टीको नीति रहेको समेत बताउनु भएको छ ।

त्यसैगरी कतिपय सामाजिक संजाल र अनलाइनहरुमा बागलुङ पश्चिम क्षेत्रमा ने क पा मशालले अन्य पार्टीलाई चुनाबमा सहयोग गर्ने भन्ने भ्रामक समाचार बाहिर आएकोमा पार्टीले खण्डन गर्दै खेद प्रकट गरेको छ ।

ने क पा मशालका प्रवक्ता राम बहादुर बुढाले जारी गर्नुभएको केन्द्रिय समितिको वक्तव्यमा आफ्नो पार्टीको बदनाम गर्ने गरी प्रचार गरिएका भ्रामक समाचारमा सत्यता नभएको र आगामी संसदीय निर्वाचन बहिस्कार गर्न आम मतदाताहरुलाई अपील गरिएको छ ।

अहिलेको लडाई संविधान बचाउने र सिध्याउने बीचको हो : मन्त्री पौडेल

0

बागलुङ 17

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताउनुभएको छ ।
सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको बताउनु भएको हो ।
पाचदलीय गठबन्धन चुनावका लागिमात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागिभएको बताउनुभयो । उहाँले अहिले संविधान सिध्याउने र बचाउने बिचको लडाई भएको बताउनुएको छ ।
“अहिले एकथरी संविधान बचाउने र सिध्याउन ेबीचको लडाई हो,” उहाँले भन्नभयो “केपीओली प्रतिगामी शक्ति लिएर हिडेका छन्, उनी देश प्रति इमान्दार छैनन् ।”ताराखोला शहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गर्नु भयो ।
उहाँले १५ हजार मतान्तरले जित्ने दाबी गर्नु भयो ।“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उहाँले भन्नुभयो,“बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौं औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”
बागलुङकाजनताको मतले आफू मन्त्रीभएको बताउँदै बागलुङकै विकाशकालागिजीवन्तलागिपरिरहने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
“म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,”उहाँले भन्नुभयो, “जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केहीगर्नु छैन जनताकै पक्षमा काम गर्छू ।”

देशको विकास र अर्थतन्त्रको बृद्धि गर्न नेकपा एमालेको सरकार आवस्यक ः केपी ओली

0

बुर्तिबाङ कात्तिक १९
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचमा नेकपा एमाले क्षेत्र नं. २ ले आयोजना गरेको चुनावी सभालाई प्रमुख अतिथीको रुपमा वोल्दै नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले देशको विकास, समृद्धि र देश बचाउनका निम्ती नेपाल कम्युनिष्ट पार्टी एमालेको सरकार बनाउन सबै जनाले एमालेलाई जिताउनु पर्ने बताउनु भयो ।
ओलीले गठवन्धनले देशलाई उँधोगती तर्फ तर्फ लैजाँदै गएको आरोप लगाउनु भयो । बागलुङ क्षेत्र नं.२ को बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दे पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले चार तर्फ फर्किएको प्रमादेसी गठवन्धन सरकारले १६ महिना सम्म देशमा कुनै पनी राम्रो काम गर्न नसकि केवल सत्ता मोहमा तल्लिन देखिएको आरोप लगाउनु भयो ।
वर्तमान सरकारले देशको अर्थतन्त्रलाई धरासायी बनाएको, विकास निर्माण र समृद्धिको निम्ती कुनै पनी काम गर्न नसकेको बताउँदै यस पटकको निर्वाचनमा नेकपा एमालेलाई जिताएर एकल सरकार बनाउनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो । गठवन्धन सरकार वनेपछि सरकार संग मात्र नभई बैँक संग पनी पैसा नभएको बताउँदै देशलाई आर्थिक रुपमा समेत कमजोर पारेको बताउनु भयो ।
यस पटकको निर्वाचनमा टुरिस्ट उमेद्वारलाई हटाएर आफनै गाउँ ठाउँको उमेद्वारलाई विजयी गराउन मतदातालाई आब्ह्वान गर्नुभयो कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं.१ र २ का नेता , उमेद्वार कार्यक्रताको उपश्थिती रहेको थियो ।

स्वतन्त्र उमेद्वार दुर्गादेवी घर्ति समुहले निर्वाचनमा एमालेलाई सघाउने

0

बुर्तिबाङ कात्तिक २१
राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको तिलक पुन समुहले आगामी मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा नेकपा एमालेलाई सघाउने भएको छ ।
पत्रकार सम्मेलन मार्फत क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ स्वतन्त्र उमेद्वार दिएकी दुर्गादेवी घर्तिले नेकपा एमालेका उमेद्वारलाई समर्थन गर्दे निर्वाचनमा होमीने बताएकी हुन । आफुले स्वतन्त्रमा उमेद्वारी दिएपनी नेकपा एमाले संग सहकार्य गर्नुपर्छ भन्ने मान्यता र आफुपनी जनजातीको छोरी, लक्ष्मण पुन पनी जनजातीको छोरा रहेको र एमालेसंग धेरै विषयमा आफुहरुको एजेन्डा मिल्ने भएका कारण पनी यस पटकको निर्वाचनमा सहयोग गर्ने निर्णय गरीएको बताइन ।
घर्तिले भनीन हामी राष्ट्रिय जनमोर्चामै छौँ जनमोर्चाको विद्रोही हौँ तरपनी पार्टी भित्र देखिएका केही असन्टुष्टीका कारण आफुहरुले विद्रोह गरेको बताइन । हाम्रो समहुको पनी मत धेरै छ तर निर्वाचनमा जित्ने सम्भावना कम रहेका कारण एमालेलाई समर्थन गरेको बताइन । यसैविच तिलक पुनले वोल्दै स्थानीय तहको निर्वाचनमा समेत नेकपा एमाmे संग सहकार्य गरीएको र आफुहरु पार्टीबाट भिन्न भएपनी आफुहरुको समुह मजबुद रहेको बताउँदै यस पटकको निर्वाचनमा एमालेलाई सर्मथन गर्ने बताए ।
निर्वाचन पछि एमालेमै समाहित हुने हो वा कुनै दलमा आवद्ध रहने भन्ने प्रश्नमा पुनले आफुहरु अझैसम्म त्यस्तो कुनै निश्कर्षमा पुगि नसकेको बताए । एमाले संग धेरै मुद्धा मिल्ने भएका कारणपनी एमालेलाई समर्थन गर्नुपरेको बताए । आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव विष्णु भुसाल र विद्रोही समुहबाट तिलक पुनको हस्ताक्षर रहेको प्रेश विज्ञप्तीमा हस्ताक्षर गर्दे दुई पक्षविच सहमती भएको हो ।

बुर्तिबाङमा हुन लागेको नेकपा एमालेको चुनावी सभालाई केपी ओलीले सम्वोधन गर्ने

0

बुर्तिबाङ कात्तिक २१
नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली सोमवार बुर्तिबाङ आउने भएका छन । बुर्तिबाङमा हुन लागेको चुनावी सभालाई सम्वोधन गर्नका निम्ती सोमवार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली बुर्तिबाङ आउने तयारी रहेको चुनावी प्रचार प्रसार समिती सम्योजक मिलन हमालले बताए । ओली आउने भएसंगै प्रचार प्रसार तथा सभा व्यवस्थापनको आवस्यक तयारी पुरा भएको बताइएको छ । नेकपा एमालेले यस पटकको निर्वाचनमा क्षेत्र नंं. २ तर्फ प्रतिनिधी सभामा मन्जु सर्मा प्रदेश सभा ९ख० तर्फ लक्ष्मण पुन र प्रदेश सभा ९क० मा स्वतन्त्रबाट प्रकाश घर्तिलाई समर्थन गर्दे चुनावी अभियानमा होमिएको हो ।

ढोरपाटनमा गठवन्धनको बैठक ः निर्वाचनलाई प्रभावकारी बनाउन सक्रिय पूवर्क जुटन आग्रह ।

0

सँयूक्त वाम÷लोकतान्त्रीक गठवन्धनका उमेदवारलाई जिताउन ढोरपाटनमा निर्वाचन परिचालन समितीलाई प्रशिक्षण दिइएको छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनमा पाँचदलीय गठवन्धनका उमेद्वारलाई शानदार सहित विजयी गराउन सबै तह तप्काबाट नेता कार्यक्रता परिचालित हुने र आ–आफनो जिम्मेवारीमा सक्रिय पूर्वक लाग्ने निर्णय भएको निर्वाचन परिचालन समितीले जनाएको छ । जनताले ल्याएको संविधान र गणतन्त्रलाई लत्याउन , लोकतन्त्रलाई परास्त पार्न र पुनह देशमा राजा ल्याउन खोज्ने प्रतिगमनकारी नेकपा एमालेलाई परास्त नगरे सम्म देशले विकास र समृद्धिको दिशामा गति लिन नसक्ने र संविधान र लोकतन्त्रको रक्षा हुन नसक्ने बताउँदै राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले यस पटकको निर्वाचनमा हार्ने छुट गठवन्धनलाई नरहेको बताउनु भयो ।
हुँदा खाँदाको दुई तिहाई सरकारलाई भताभुङ्ग पारेर सडकमा ओर्लिएका केपि ओलीलाई फेरी पनी सत्ता दिए देशलाई कंगालको दिशामा लैजाने पाण्डेको ओरोप थियो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा (ख) सभापती मेशलाल सर्माले वोल्दै निर्वाचनलाई परिणाम मुखि बनाउन सबै नेता कार्यक्रता जनताको घरदैलोमा जाने, गठवन्धन र उमेद्वारका विषयमा जानकारी गराउने र मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने अभियानमा जुट्न नेता कार्यक्रतालाई अपिल गर्नुभयो ।
नेपाली कांग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायतले वोल्दै गठवन्धनका नेता कार्यक्रता कोही निश्कृय भएर वस्ने छुट यसपटकको निर्वाचनमा नरहेको बताउँदै गठवन्धनका प्रदेश सभा र प्रतिनिधी सभाका दुबै उमेद्वारलाई भारी मत सहित जिताउने अभियानमा लाग्न सबै जना खटिनुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा नेपाल समाजबादी पार्टीको तर्फदेखि संकर कुवंर, नेकपा समाजवादीको तर्फदेखि हरि बहादुर घर्ति लगाएतले आफनो धारणा राख्नु भएको हो ।
नगर समिती, वडा समिती तथा सक्रिय कार्यक्रताको उपश्थितीमा भएको बैठकले तत्काल वडा निर्वाचन परिचालन समितीको बैठक राखी जिम्मेवारी वाँडफाँड गर्ने, प्रत्यक टोलमा मतपत्र सहित मतदाता शिक्षा कार्यक्रम अगाडी बढाउने, आ–आफनो पार्टीको मत संरक्षण गर्न सबै पार्टी जिम्मेवार बन्ने, वडा र टोल स्तरीय प्रचार प्रसार अभियानलाई थप सशक्त बनाउने लगाएतका निर्णय गरीएको सचिवालय सदस्य गोपाल महतले बताउनु भयो ।