देशको विकास र अर्थतन्त्रको बृद्धि गर्न नेकपा एमालेको सरकार आवस्यक ः केपी ओली

बुर्तिबाङ कात्तिक १९
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचमा नेकपा एमाले क्षेत्र नं. २ ले आयोजना गरेको चुनावी सभालाई प्रमुख अतिथीको रुपमा वोल्दै नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले देशको विकास, समृद्धि र देश बचाउनका निम्ती नेपाल कम्युनिष्ट पार्टी एमालेको सरकार बनाउन सबै जनाले एमालेलाई जिताउनु पर्ने बताउनु भयो ।
ओलीले गठवन्धनले देशलाई उँधोगती तर्फ तर्फ लैजाँदै गएको आरोप लगाउनु भयो । बागलुङ क्षेत्र नं.२ को बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दे पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले चार तर्फ फर्किएको प्रमादेसी गठवन्धन सरकारले १६ महिना सम्म देशमा कुनै पनी राम्रो काम गर्न नसकि केवल सत्ता मोहमा तल्लिन देखिएको आरोप लगाउनु भयो ।
वर्तमान सरकारले देशको अर्थतन्त्रलाई धरासायी बनाएको, विकास निर्माण र समृद्धिको निम्ती कुनै पनी काम गर्न नसकेको बताउँदै यस पटकको निर्वाचनमा नेकपा एमालेलाई जिताएर एकल सरकार बनाउनुको विकल्प नरहेको प्रस्ट पार्नुभयो । गठवन्धन सरकार वनेपछि सरकार संग मात्र नभई बैँक संग पनी पैसा नभएको बताउँदै देशलाई आर्थिक रुपमा समेत कमजोर पारेको बताउनु भयो ।
यस पटकको निर्वाचनमा टुरिस्ट उमेद्वारलाई हटाएर आफनै गाउँ ठाउँको उमेद्वारलाई विजयी गराउन मतदातालाई आब्ह्वान गर्नुभयो कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं.१ र २ का नेता , उमेद्वार कार्यक्रताको उपश्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img