स्वतन्त्र उमेद्वार दुर्गादेवी घर्ति समुहले निर्वाचनमा एमालेलाई सघाउने

बुर्तिबाङ कात्तिक २१
राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरेको तिलक पुन समुहले आगामी मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा नेकपा एमालेलाई सघाउने भएको छ ।
पत्रकार सम्मेलन मार्फत क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ स्वतन्त्र उमेद्वार दिएकी दुर्गादेवी घर्तिले नेकपा एमालेका उमेद्वारलाई समर्थन गर्दे निर्वाचनमा होमीने बताएकी हुन । आफुले स्वतन्त्रमा उमेद्वारी दिएपनी नेकपा एमाले संग सहकार्य गर्नुपर्छ भन्ने मान्यता र आफुपनी जनजातीको छोरी, लक्ष्मण पुन पनी जनजातीको छोरा रहेको र एमालेसंग धेरै विषयमा आफुहरुको एजेन्डा मिल्ने भएका कारण पनी यस पटकको निर्वाचनमा सहयोग गर्ने निर्णय गरीएको बताइन ।
घर्तिले भनीन हामी राष्ट्रिय जनमोर्चामै छौँ जनमोर्चाको विद्रोही हौँ तरपनी पार्टी भित्र देखिएका केही असन्टुष्टीका कारण आफुहरुले विद्रोह गरेको बताइन । हाम्रो समहुको पनी मत धेरै छ तर निर्वाचनमा जित्ने सम्भावना कम रहेका कारण एमालेलाई समर्थन गरेको बताइन । यसैविच तिलक पुनले वोल्दै स्थानीय तहको निर्वाचनमा समेत नेकपा एमाmे संग सहकार्य गरीएको र आफुहरु पार्टीबाट भिन्न भएपनी आफुहरुको समुह मजबुद रहेको बताउँदै यस पटकको निर्वाचनमा एमालेलाई सर्मथन गर्ने बताए ।
निर्वाचन पछि एमालेमै समाहित हुने हो वा कुनै दलमा आवद्ध रहने भन्ने प्रश्नमा पुनले आफुहरु अझैसम्म त्यस्तो कुनै निश्कर्षमा पुगि नसकेको बताए । एमाले संग धेरै मुद्धा मिल्ने भएका कारणपनी एमालेलाई समर्थन गर्नुपरेको बताए । आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव विष्णु भुसाल र विद्रोही समुहबाट तिलक पुनको हस्ताक्षर रहेको प्रेश विज्ञप्तीमा हस्ताक्षर गर्दे दुई पक्षविच सहमती भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित