Home Blog Page 145

साँघुबाट खोला तर्ने क्रममा चिप्लिएर अकालमै गयो सुनिताको ज्यान

0

बुर्तिबाङ कात्तिक ३० गते
बागलुङको ढोरपाटन नगरपालिका २ पाखुते भन्ने स्थानमा साँघु तर्ने क्रममा खोलामा खस्दा १९ बर्षिय सुनिता महत खत्रीको बुधबार निसीखोलाले वगाएर ज्यान गएको छ ।
निसीखोला गाउँपालिका २ घर भई बुर्तिबाङ बजारमा वस्दै आएकी सुनिता बुधबार आफन्त कहाँ जाने क्रममा ढोरपाटन २ पाखुतेमा रहेको साँघु तर्दे गर्दा चिप्लीएर निसीखोलाले वगाएको हो ।
साँघु तर्दे गर्दा सुनिता संगै निजका २ बर्षिय छोरा सुलभ खत्री र फुपु लाई समेत खोलाले वगाएको थियो स्थानीयको सक्रियतामा बच्चा र फुपुलाई लाई सकुशल उद्धार गरीएपनी सुनितालाई बचाउन नसकिएको स्थानीय गोविन्द खत्रीले बताउनु भयो ।
तिन जना एकै पटक खोलामा खस्दा खोलामा पानीको बहाब बढि रहेको र उद्धार गर्ने प्रयास गर्दा गर्दे खोलाले बगाएको स्थानीयले बताए । उद्धार गरीएका बच्चा सहित दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
मृतकको शव घटना स्थलदेखि करिव ५०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्मा अधिकारीले बताउनु भयो ।

बडिगाड न्वागी मेला ः निर्वाचनको कारण मंसिर ५ देखीको कार्यक्रम स्थगित

0

बिनोद विश्वकर्मा , बुर्तिबाङ

मङ्सिर ५ गतेबाट हुने भनिएको न्वागी मेला मङ्सिर १० गतेबाट हुने भएको छ ।

बालुङ्ग जिल्लाको बडिगाड गाउपालिकाको वडानम्बर ५ स्थित खारमा हुने यस वर्षको मेलाको यसअघि पत्रकार सम्मेलन गरि कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको पौदी न्वागी मेला तथा संस्कृति ससंरक्षण समितिले सोमबार पुनः अर्को बैठक बसि मङ्सिरको १० गतेबाट मेला आयोजना गर्ने निर्णय गरेको समितिका सहसचिव टिका पाइजाले जानकारी दिनुभयो ।

आउदै गरेको मङ्सिर ४ गतेको निर्वाचनमा स्थानिय स्तरमा रहेका राष्ट्रसेवक कर्मचारीहरु समेत निर्वाचनमा होमिनुपर्ने भएकोले र सुरक्षाका दृष्टिले सुरक्षा निकायका कर्मचारीसमेत निर्वाचनमा खटिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको कारण मेला सार्नुपरेको आयोजकले जनाएको छ ।

न्वागि मेला १० गतेबाट हुने भएपनि न्वागि खाने कार्यक्रम भने ५ गते नै हुने पाइजाले बताउनुभयो । १० गतेबाट हुने कार्यक्रमको तालिका भने २÷३ दिनमै सार्वजनिक गर्ने तयारी रहेको र सम्पुर्ण कार्यक्रमका लागि दर्ताका कामहरु ९ गतेसम्म भैसक्नुपर्ने पनि समितिले जनाएको छ ।

प्रायजसो मेला तथा महोत्सवहरु कार्यतालिकाअनुसार सन्चालन, सुरु र समापन नहुने समस्या रहेकोले यस पटकको न्वागि मेला भने समयको पालना गरि सभ्य र भव्यताका साथ गर्ने जनाइएको छ । कार्यक्रममा स्थानिय झाँकी, उत्पादन, कला, सस्कृतिसङ्गै राष्ट्रीय कलाकारहरुको प्रस्तुति रहनेछ । उपस्थितिको लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

बगलुङ २ मा एमाले उम्मेदवारको घरदैलो ः जनताका चाहनाअनुसार काम गर्ने प्रतिबद्धता

0

बुर्तिबाङ,
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले घरदैलो कार्यक्रम जारी राखेको छ ।

बागलुङ क्षेत्र नं। २ अन्तरर्गत मंगलबार गल्कोट नगरपालिका ७, ८ र ९ नम्बर वडा को विभिन्न टोलमा पुगेर उम्मेदवारले मत मागेका छन् । बागलुङ क्षेत्र नम्बर २ का ने क पा (एमाले)का उम्मेदवार मञ्जु शर्मा चालिसे र क्षेत्र नम्बर २ (क) का उम्मेदवार प्रकाश घर्ति मगर, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बाबुराम नेपाली लगाएतका नेता, कार्यकर्ताहरु चुनावी सभा र घरदैलोमा मत माग्न ब्यस्त रहेका छन् । चुनावको बेला सबैले आश्वासन मात्र दिने तर जितेपछि जनताको घर–आगनमा नेताहरु नफर्कने नागरिकको गुनासो थियो ।

सो अवसरमा नेकपा एमालेका उम्मेदवारहरुले जनताका चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । मतदाता सँग पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ, रोजगारी, कृषि उपजको बजारीकरण लगायतका बिकासका योजनासँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता उनीहरुको छ । योजनाबद्ध रुपमा काम गर्दा बिकास निर्माणका कामहरु गर्न सकिने बताउँदै उम्मेदवारहरुले व्यवसायिक कृषि, गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी बाटोघाटो निर्माण तथा पशुपालनलाई प्रोत्साहन मिल्ने गरी आवश्यक नीति, नियम समेत बनाइने बताए हुन् ।

यस्तै नदी तथा खोलाबाट हुने भूक्षय नियन्त्रण गर्न तटबन्धन सहितका पूर्वाधार निर्माण गर्ने, वनजंगल, पर्यटकिय स्थल लगायतका प्राकृतिक सम्पदाको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गरिने उनीहरुले जनाएका छन् ।

यसैगरी बागलुङ क्षेत्र नम्बर २ (ख) का उम्मेदवार लक्ष्मण पुन मगर सहितको टोलिले पश्चिम बागलुङको निसिखोला ,तमानखोेला,गाउँपालिकाका र ढोरपाटन नगरपालिकाका बिभिन्न स्थानमा जभेटघाट गरिरहेको एमाले जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिएका छन् ।

“बा” प्रवृत्तिविरुद्ध गठबन्धन – मन्त्री पौडेल ।

0

बुर्तिबाङ ,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताउनुभएको छ ।
मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओली “बा” प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभएको हो ।

“केपी ओली प्रतिगमनकारी हुन्,” उहाँ भन्नुभयो, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली “बा” प्रवृत्तिविरुद्ध पाँच दलिय गठबन्धन भएको हो ।” तत्कालिन प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उहाले आरोप लगाउनुभयो । ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलय माथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चने लगायतका काम गरेको उहाँको आरोप छ ।

ओलीले न्यायलय माथि गरेको हस्तक्षेप कारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताउनुभयो । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताउनुभयो । उहाँले शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौं रकम भित्र्याएको बताउनुभएको छ ।
“बागलुङ जिल्लामा विद्यालयका भवनका लागि बजेट हाल्दा विपक्षीले मेरो आलोचना गरे,” उहाँले भन्नुभयो, “ओली प्रधानमन्त्री हुँदा झापामा टावर हाल्दा उनको आलोचना नहुने मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुनपर्ने ?” पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।

देशमा बामपंथी र लोकतान्त्रिक शक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गर्र्नुभयो । ५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाएपनि जनताकै पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । संविधान सभा सदस्य नरबहादुर पुन निरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताउनुभयो ।

राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहँु खण्डको सडक कालोपत्रेमा ढिलाई भएको बताउँदै आफूहरुको अगुवाईमा चाँडै सडक कालोपत्रे हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सभा सदस्य उम्मेवदार जीतबहादुर शेरचनले देशको व्यापार घाटा ८७ प्रतिशत रहेको बताउँदै लयमा ल्याउन गठबन्धनले अपरिहार्य जित्नुपर्ने तर्क गर्नुभयो ।

समाजमा जगडिएको प्रवृत्तिको अन्त्यका लागि नेता सच्चिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ५ वर्षको अवधिमा गल्ती कमजोरीलाई अब नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीति भनेको गरिबको जीवनस्तर उकास्न गरिने बताउँदै विजयी भएपछि जनताको मतको कदर गर्ने बताउनुभयो ।

बागलुङको कुश्मीशेराबाट नेकपा मशालका १४ जना नेता कार्यकर्ता पक्राउ

0

निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिस्कारका लागि आयोजना भएको कोणसभामा प्रहरी चौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलिले नेकपा मशालका पोलिट व्युरो सदस्य कृष्णराज पौडेलसहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।

पक्राऊ पर्नेहरुमा नेकपा ९मशाल०का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देब बहादुर लामिछाने, नेकपा ९मशाल० बागलुङका सचिब नारायण सापकोटा, प्रवक्ता रेशम गिरि, रक्तिम सास्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष दल बहादुर बिक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सुर्य थापा, नेकपा ९मशाल० कास्कीका प्रवक्ता बिक्रम थापा, युवा वाम नेताहरु सागर कुवर, आकाश गौतम, बिनोद बिष्ट, रमाकान्त शर्मा र नेकपा ९मशाल ० काठमाडौंका नेता यम प्रसाद शर्मा लगायत रहेका छन् ।उनीहरुलाई प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ । ‘निर्वाचन बिरोधी गतिबिधि गरेको सूचना आधारमा पक्राउ गरिएको हो, कुन पार्टीका हुन भन्ने हामिलाई जानकारी छैन्’ जिल्ला प्रहरी प्रमुख दयानिधी ज्ञवालीले भने‘प्रचार सामग्री सहित फेला परेकाले अनुसन्धान भैरहेको छ, मुद्धा चलाउने वा कागज गरेर छोड्ने अनुसन्धान पछि थाहा हुन्छ, घटनाको प्रकृति र उनिहरुको कृयाकलापको बिषयमा हामिले पहिले जानकारी लिन्छौं ।’

कोणसभाका मुख्य वक्ता पोलिटब्युरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरिले सबैलाई पक्राउ गरेको थियो । मशालका नेता कार्यकर्ता र प्रहरी बीच केहिबेर घम्साघम्सी भएको प्रतक्षदर्शीले बताए । प्रहरीले उनीहरुसँगै माइक र पर्चा लगायतका प्रचार सामाग्रीहरु पनि जफत गरेको छ ।

प्रतिगमनकारीलाई परास्त पार्न गठवन्धनलाई मतदान गर्न निसीखोलाका नेताको मतदातालाई अपिल

0

कात्तिक २९ गते निसीखोला
वाम ÷लोकतान्त्रीक गठवन्धनको चुनावी अभियान निसीखोला गाउँपालिकाको वडा नंं ३ र ४ का विभिन्न स्थानमा सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुन लागीरहेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको तयारी स्वरुप गठवन्धनका नेताहरुले देशको रक्षा, संविधान, लोकतनत्र र हालसम्म प्राप्त उपलब्धी जोगाएर राख्न गठवन्धनको जित आवस्यक रहेको बताएका छन् ।

जनताले करिव दुई तिहाई मत दिएर पठाएपनी नेकपा एमालेले आफनै सरकार भताभुङ पारेर संसद विघटन गर्ने र जनताको रगत पसिनाबाट ल्याइएको जनताको हक अधिकार गुमाउन खोजेको आरोप लगाउँदै प्रतिगमनकारी तत्वलाई भोट दिएर देशलाई दुर्घटनामा पार्ने काम अव जनताले गर्न नहुने बताएका हुन् ।
फरक प्रसंगमा वोल्दै नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष तारानाथ पौडेल, राजमो प्रदेश उपाध्यक्ष खिम विक्रम शाही, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्ति, नेकपा माओबादी केन्द्र निसीखोला गाउँपालिका अध्यक्ष कुविर विश्वकर्मा, नेपाली कांग्रेस निसीखोला सभापती सुर्य बहादुर घर्ति लगाएतले वोल्दै ढोरपाटन नगरपालिकालाई विधी पद्धती भन्दा बाहिर लगेर त्यहाँका जनताको निम्ती कुनै काम गर्न नसक्ने नगर प्रमुख देव कुमार नेपालीले निसीखोला गाउँपालिकामा आएर जनतालाई झुठो आश्वासन दिएर भ्रमको खेती नगर्न चेतावनी दिएका हुन ।
उनिहरुले वोल्दै जनताको काम गर्ने, विकास गर्ने र समृद्धि ल्याउने स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार रहेको प्रस्ट पार्दे मासु भातमा व्याक्तिको पछि लागेर आफनो इज्जत र पहिचान नवेच्न मतदातालाई अपिल गरे ।
प्रदेश सभा उमेद्वार दोर्ण कुमार कुवंर सहित नेता कार्यक्रताको उपश्थितीमा निसीखोला गाउँपालिका वडा नंं ४ को थापागाउँ, झिवाखोला, वडा नंं ३ को धाडखर्क, जुग्जाखोला लगाएतका स्थानमा मतदाता भेटघाट तथा चुनावी सभा सम्पन्न भएको हो ।
आयोजित सभालाई सम्वोधन गर्दे गठवन्धनका प्रदेश सभा उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यालाई सम्वोधन गर्नका निम्ती आफु साझा गठवन्धनको तर्फदेखी प्रदेश सभामा उमेद्वारको रुपमा जनताको घरदैलोमा आएको बताउँदै यस क्षेत्रको विकास निर्माण र जनताको हक अधिकार स्थापित गर्न प्रदेश सभामा आफुलाई र प्रतिनिधी सभा तर्फ देवेन्द्र पौडेललाई विजयी गराउन अपिल गर्नुभयो ।
जनताका समस्या धेरै छन गर्नुपर्ने विकास निर्माणका काम धेरै बाँकी छन ति अधुरा काम पुरा गर्नका निम्ती गठवन्धनको सरकार र गठवन्धनका उमेद्वारको जित आवस्यक रहेको बताउँदै सक्षम व्याक्तिलाई रोज्न मतदातालाई अपिल गनुभयो ।

आफुले निर्वाचन जितेर गएपछि जग्जाखोला, धाडकखर्क, छापाखोनी , प्युठान सडक निर्माण, छापाखानी, वोहोरागाउँ झिवाखोला सडक कालोपत्रे, झिवाखोला – थापागाउँ सडक कालोपत्रे लगाएत यस क्षेत्रमा जनताको समस्याको रुपमा रहेको शिक्षा, स्वास्थ्य, कृर्षि , प्रर्यटन लगाएत विकास निर्माणमा तिनै तहको सरकार मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

घोसा– बिसमोर जोड्ने झलुङगे पुलको उमेद्वार कुवंरद्धारा सिलन्यास ,एक घण्टाको बाटो दुई मिनेटमा पार हुने

0

कात्तिक २८
नेपाली कांग्रेसका नेता तथा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले ढोरपाटन नगरपालिका ३ विसमोर देखि घोसा जोड्ने झोलुङगे पुलको सिलन्यास गर्नुभएको छ ।
नेता कुवँरको पहलमा संघिय सरकारबाट पुल बन्ने योजना परेसंगै २४३ मिटर लामो झोलुङगे पुलको सोमबार सिलन्यास गर्नुभएको हो ।
आगामी चार महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उक्त पुल दुई करोड २० लाख लागतमा थानी निर्माण सेवा काठमान्डौले ठेक्का लिएको हो । तमानखोला देखि ६० मिटर उचाइमा रहेको उक्त पुल निर्माण सम्पन्न भएमा ढोरपाटन नगरपालिका ३ पुर्काट र घोसा सामा गाउँका स्थानियलाई वारपार गर्न ३० मिनेटको समय छोटिने भएको हो ।

उमेद्वार दोर्ण कुमार कुवंर सहित नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापती सागर छन्त्याल, महाधिवेशन प्रतिनिधी सिँह बहादुर राना, दिपेन्द्र श्रेष्ठ, नेकपा माओबादी केन्द्रका हेमेन्द्र घर्ति लगाएतको उपश्थिती रहेको थियो ।

पौंदी न्वागी मेला मंसिर ५ गते बाट सञ्चालन हुने ।

0

बिनोद विश्वकर्मा,बुर्तिबाङ

जिल्लाको वडिगाड गाउँपालिका ५ खाराबजारमा सञ्चालन हुदै आएको पौंदी न्वागी मेला यस वर्ष पनि सञ्चालन हुने भएको छ ।

सनिबार बडिगाड गाउँपालिकाको खारा बजारमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सञ्चान हुने बारे जानकारी गराईइएको थियो । वि.स.१७ सय ३४ बाट सञ्चालन गरिदै आएको उक्त मेलालाई विभिन्न कालखण्डमा बिभिन्न संघसंस्थाले मेला सञ्चालन गदै आएका थिए ।

विगत केहीवर्ष देखी पौंदी न्वागीमेला तथा संस्कृति संरक्षण समिति गठन गरेर मेला सञ्चालन गरिदै आएको छ । यस वर्ष समितिले केही नयाँ कार्यक्रम सहित १४ बिधाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल प्रतियोगिता जिल्ला स्तरिय कराते प्रतियोगिता ,लोक भजन प्रतियोगिता,लोक भजन नृत्य प्रतियोगिता ,आमा समूह कुर्शीदौड प्रतियोगिता,एकल तथा सामुहिक नृत्य प्रतियोगिता,सोरठी भैलो ,सराय नाच,संस्थागत खुल्ला साँस्कृतिक कार्यक्रम लोक दोहोरी गीत प्रतियोगिता,हास्यव्यांग कार्यक्रम तथा बृहत कृषि प्रर्दशी लगाएतको कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जानकारी गराईको छ ।

कार्यक्रममा पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरे,सचिव विष्णु प्रसाद आचार्य,संरक्षक कृष्ण बहादुर घिमिरे,कोषाध्यक्ष प्रदिप खरेल कराते संयोजक राजन कुमार पाईजा लगाएतले पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रमको मुख्य प्रबद्र्धकको रुपमा बडिगाड गाउँपालिका वडा नं ५ र मुख्य प्रायोजकको रुपमा प्रभु बैंक रहेको छ ।
गत वर्ष बडिगाड महोत्सवलाई समेत समेट्दै कार्यक्रम गरेको समितिले यस वर्ष बिभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम गर्न लागेको जानकारी गराईएको थियो । कार्यक्रम मंसिर ५ गते देखी १० गते सम्म सञ्चालन हुने छ ।

जनताको सेवक हुँ जनभावना अनुसार काम गर्छु : प्रदेश सभा उमेद्वार कुवंर

0

बुर्तिबाङ कात्तिक २५
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफु पाँच वर्षसम्म सारथी वनेर उभिने प्रतिबद्धता जनाएका छन ।
शुक्रबार बुर्तिबाङ बजारमा आयोजित चुनावी घरदैलो पश्चात कोण सभालाई सम्बोधन गर्दे जनताको आवस्यकता र समस्यामा संधै हातेमालो गरेर अगाडी बढ्ने बताए ।
आफुले यस क्षेत्रको विकास र समृद्धिका निम्ती धेरै सपना देखेका कारण ति सपना पुरा गर्नका निम्ती आफनो र गठवन्धनका उमेद्वारको जित आवस्यक रहेको बताए ।
“कुवंरले वोल्दै भने म सरकारको कुनै पदमा नहरँदा पनी यहाँका नागरीक संग सहकार्य गरेर धेरै विकास निर्माणका काम गरेको छु अवको पाँच बर्षमा जनतालाई दिएका प्रतिबद्धता पुरा गरेर छोड्ने छु ”
प्रर्यटकिय सम्भावना वोकेको ढोरपाटन क्षेत्रको विकास गर्न, ढोरपाट उत्तरगंगा जालशय आयोजना स्थानीय समुदाय संग सम्मोन्य गरेर प्रकृया अगाडी बढाउन, सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत बुर्तिबाङ–ढोरपाटन सडक कालोपत्रे गर्न, निसीखोला मध्यपहाडी लोकमार्ग बैकल्पीक सडक मार्ग कालोपत्रे गर्न ,बुर्तिबाङ–तमान– म्याग्दी सडक कालोपत्रे गर्न, झलुङगे पुल निर्माण, मोटरेवल पुल निर्माण लगाएत यहाँको कृर्षि, प्रर्यटन, शिक्षा र भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकता दिएर प्रदेश र संघ सरकार मार्फत काम गरीने बताए ।
स्वास्थ्य तर्फ जनताको आवस्यकताको रुपमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १०० शैयाको अस्पत्ताल बनाउने, निसीभुजी जनता क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्तरउन्नती गर्ने, सबै गाउँ वस्तिमा केन्द्रिय विधुतको पहुँच पु¥याउने बताउँदै जनताको हक अधिकार स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । प्रशासनिक समस्याको समाधान गर्न पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनका निम्ती आफनो महत्वपूर्ण उदेश्य रहने प्रतिबद्धता जनाउनु भयो । अर्नाकोट एर्यरपोर्ट निर्माण लगाएत यहाँका तमान समस्या र आवस्यकता र सम्भावना पनी छन जनताको आशालाई नमर्ने गरी आफुले काम गर्ने बताए ।
आफुले गरेको कर्म र लक्ष्यमा जनताले समेत साथ दिने बताउँदै निर्वाचनमा आफनो र प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेलको जित सुनिश्चत भइसकेका कारण भारी मतान्तरले प्रति पक्षलाई पराजय गर्ने गरी निर्वाचनमा खटिन नेता कार्यक्रतालाई अपिल समेत गरे ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यावाहक सभापती सागर छन्त्याल, जिल्ला उपसभापती तारानाथ पौडेल, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, नेकपा माओबादी केन्द्र प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, नेपाल समाजवादी पार्टीका चित्र सापकोटा, राजमो जिल्ला सचिव भिमलाल पोख्रेल, नेकपा समाजवादी पार्टी जिल्ला उपाध्यक्ष तथा समानुपातीक उमेद्वार केशर छन्त्याल लगाएतले वोल्दै गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्नका निम्ती गठवन्धन भएको बताए ।
राजालाई व्युताउने राजाबादी तत्वसंग साँठगाठँ गर्ने प्रतिगमनकारी तत्व नेकपा एमालेका विरुद्धमा गठवन्धन भएको बताउँदै गठवन्धनका साझा उमेद्वारलाई भारी मतले विजयी गराउने अभियानमा सबै नेता कार्यक्रता खटिनुपर्ने बताए । कार्यक्रम नेकपा माओबादी केन्द्र जिल्ला अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, नेपाली कांग्रेस प्रदेश सभापती जोकलाल बुढाको सञ्चालनमा सम्पन्न भएको हो ।

राजा ल्याउन खोज्ने प्रतिगमनकारी तत्वलाई परास्त गर्न गठवन्धन : मन्त्री पौडेल

0

बुर्तिबाङ कात्तिक २५
देशलाई सुशासनको दिशामा अघि लैजान र जनताको हक अधिकार स्थापित गर्न पाँच दलिय गठवन्धन सरकारको आवस्यकता रहेको क्षेत्र नं. २ बागलुङका प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेलले बताउनु भयो ।
शुक्रबार ढोरपाटन नगर पालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान पश्चात कोण सभालाई सम्बोधन गर्दे शिक्षा विज्ञान तथा प्रविधी मन्त्री समेत रहेको पौडेलले देशलाई बचाउन र प्रतिगमनकारी तत्वलाई परास्त गर्न साझा बाम÷लोकतान्त्रीक गठवन्धनको जित आवस्यक रहेको प्रस्ट पार्नुभयो ।
नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले आफनो स्वार्थमा संविधान मिचेर करिव दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गरेको प्रस्ट पार्दे गठवन्धनको सरकारले देशलाई प्रतिगमनको दिशामा जानबाट बचाएको बताउनु भयो ।
अहिले नेकपा एमाले राजाबादी तत्वसंग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलिदानीबाट प्राप्त उपलब्धी गुमाउने गरी लागि परेका कारण जनता समयमा सचेत हुनुपर्ने बताउनु भयो ।
फरक प्रसंगमा वोल्दै उमेद्वार पौडेलले बागलुङमा गठवन्धनको जित सुनिश्चत भइसकेको बताउँदै आफु यसै जिल्लाको नागरीक भएको र पहिलो पटक संसदमा पुग्दै गर्दा धेरै विकासका काम गरीसकेको बताउनु भयो ।
अवको पाँच बर्षमा प्रदेश सभा तर्फ गठवन्धनका उमेद्वार प्रदेश सभा (क) तर्फ जित शेरचन र (ख) तर्फ दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा मैले सम्मोन्य गर्दे यहाँको विकास निर्माण र समृद्धिका निम्ती अगाडी बढ्ने बताउनु भयो ।
मध्यपहाडी लोकमार्ग निर्माण पुरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल ,केन्द्रिय विधुत प्रसारण लाईन गाउँगाउँमा पु¥याउने, शिक्षा, सडक, स्वास्थ्य लगाएत धेरै विकास निर्माण मध्ये केही काम भइसकेको र अवको पाँच बर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे, ढोरपाटन क्षेत्रको प्रर्यटनकीय सम्भावनाको विकास, सवै क्षेत्रमा केन्द्रिय विधुतको पहुँच बृद्धि, कृर्षि सडक कालोपत्रे लगाएत दर्जनौँ विकास निर्माणमा आफुहरु होमीने प्रतिबद्धता जनाउनु भयो ।