बुर्तिबाङ कात्तिक ३० गते
बागलुङको ढोरपाटन नगरपालिका २ पाखुते भन्ने स्थानमा साँघु तर्ने क्रममा खोलामा खस्दा १९ बर्षिय सुनिता महत खत्रीको बुधबार निसीखोलाले वगाएर ज्यान गएको छ ।
निसीखोला गाउँपालिका २ घर भई बुर्तिबाङ बजारमा वस्दै आएकी सुनिता बुधबार आफन्त कहाँ जाने क्रममा ढोरपाटन २ पाखुतेमा रहेको साँघु तर्दे गर्दा चिप्लीएर निसीखोलाले वगाएको हो ।
साँघु तर्दे गर्दा सुनिता संगै निजका २ बर्षिय छोरा सुलभ खत्री र फुपु लाई समेत खोलाले वगाएको थियो स्थानीयको सक्रियतामा बच्चा र फुपुलाई लाई सकुशल उद्धार गरीएपनी सुनितालाई बचाउन नसकिएको स्थानीय गोविन्द खत्रीले बताउनु भयो ।
तिन जना एकै पटक खोलामा खस्दा खोलामा पानीको बहाब बढि रहेको र उद्धार गर्ने प्रयास गर्दा गर्दे खोलाले बगाएको स्थानीयले बताए । उद्धार गरीएका बच्चा सहित दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
मृतकको शव घटना स्थलदेखि करिव ५०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्मा अधिकारीले बताउनु भयो ।
साँघुबाट खोला तर्ने क्रममा चिप्लिएर अकालमै गयो सुनिताको ज्यान

