पौंदी न्वागी मेला मंसिर ५ गते बाट सञ्चालन हुने ।

बिनोद विश्वकर्मा,बुर्तिबाङ

जिल्लाको वडिगाड गाउँपालिका ५ खाराबजारमा सञ्चालन हुदै आएको पौंदी न्वागी मेला यस वर्ष पनि सञ्चालन हुने भएको छ ।

सनिबार बडिगाड गाउँपालिकाको खारा बजारमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सञ्चान हुने बारे जानकारी गराईइएको थियो । वि.स.१७ सय ३४ बाट सञ्चालन गरिदै आएको उक्त मेलालाई विभिन्न कालखण्डमा बिभिन्न संघसंस्थाले मेला सञ्चालन गदै आएका थिए ।

विगत केहीवर्ष देखी पौंदी न्वागीमेला तथा संस्कृति संरक्षण समिति गठन गरेर मेला सञ्चालन गरिदै आएको छ । यस वर्ष समितिले केही नयाँ कार्यक्रम सहित १४ बिधाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल प्रतियोगिता जिल्ला स्तरिय कराते प्रतियोगिता ,लोक भजन प्रतियोगिता,लोक भजन नृत्य प्रतियोगिता ,आमा समूह कुर्शीदौड प्रतियोगिता,एकल तथा सामुहिक नृत्य प्रतियोगिता,सोरठी भैलो ,सराय नाच,संस्थागत खुल्ला साँस्कृतिक कार्यक्रम लोक दोहोरी गीत प्रतियोगिता,हास्यव्यांग कार्यक्रम तथा बृहत कृषि प्रर्दशी लगाएतको कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जानकारी गराईको छ ।

कार्यक्रममा पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरे,सचिव विष्णु प्रसाद आचार्य,संरक्षक कृष्ण बहादुर घिमिरे,कोषाध्यक्ष प्रदिप खरेल कराते संयोजक राजन कुमार पाईजा लगाएतले पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रमको मुख्य प्रबद्र्धकको रुपमा बडिगाड गाउँपालिका वडा नं ५ र मुख्य प्रायोजकको रुपमा प्रभु बैंक रहेको छ ।
गत वर्ष बडिगाड महोत्सवलाई समेत समेट्दै कार्यक्रम गरेको समितिले यस वर्ष बिभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम गर्न लागेको जानकारी गराईएको थियो । कार्यक्रम मंसिर ५ गते देखी १० गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित