राजा ल्याउन खोज्ने प्रतिगमनकारी तत्वलाई परास्त गर्न गठवन्धन : मन्त्री पौडेल

बुर्तिबाङ कात्तिक २५
देशलाई सुशासनको दिशामा अघि लैजान र जनताको हक अधिकार स्थापित गर्न पाँच दलिय गठवन्धन सरकारको आवस्यकता रहेको क्षेत्र नं. २ बागलुङका प्रतिनिधी सभा उमेद्वार देवेन्द्र पौडेलले बताउनु भयो ।
शुक्रबार ढोरपाटन नगर पालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान पश्चात कोण सभालाई सम्बोधन गर्दे शिक्षा विज्ञान तथा प्रविधी मन्त्री समेत रहेको पौडेलले देशलाई बचाउन र प्रतिगमनकारी तत्वलाई परास्त गर्न साझा बाम÷लोकतान्त्रीक गठवन्धनको जित आवस्यक रहेको प्रस्ट पार्नुभयो ।
नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले आफनो स्वार्थमा संविधान मिचेर करिव दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गरेको प्रस्ट पार्दे गठवन्धनको सरकारले देशलाई प्रतिगमनको दिशामा जानबाट बचाएको बताउनु भयो ।
अहिले नेकपा एमाले राजाबादी तत्वसंग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलिदानीबाट प्राप्त उपलब्धी गुमाउने गरी लागि परेका कारण जनता समयमा सचेत हुनुपर्ने बताउनु भयो ।
फरक प्रसंगमा वोल्दै उमेद्वार पौडेलले बागलुङमा गठवन्धनको जित सुनिश्चत भइसकेको बताउँदै आफु यसै जिल्लाको नागरीक भएको र पहिलो पटक संसदमा पुग्दै गर्दा धेरै विकासका काम गरीसकेको बताउनु भयो ।
अवको पाँच बर्षमा प्रदेश सभा तर्फ गठवन्धनका उमेद्वार प्रदेश सभा (क) तर्फ जित शेरचन र (ख) तर्फ दोर्ण कुमार कुवंर र प्रतिनिधी सभामा मैले सम्मोन्य गर्दे यहाँको विकास निर्माण र समृद्धिका निम्ती अगाडी बढ्ने बताउनु भयो ।
मध्यपहाडी लोकमार्ग निर्माण पुरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल ,केन्द्रिय विधुत प्रसारण लाईन गाउँगाउँमा पु¥याउने, शिक्षा, सडक, स्वास्थ्य लगाएत धेरै विकास निर्माण मध्ये केही काम भइसकेको र अवको पाँच बर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे, ढोरपाटन क्षेत्रको प्रर्यटनकीय सम्भावनाको विकास, सवै क्षेत्रमा केन्द्रिय विधुतको पहुँच बृद्धि, कृर्षि सडक कालोपत्रे लगाएत दर्जनौँ विकास निर्माणमा आफुहरु होमीने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित