Home Blog Page 144

नेपाली कांग्रेसका दोर्ण कुमार कुवँर बागलुङ २ प्रदेशसभा (२) मा निर्वाचित

0

बुर्तिबाङ मंसिर ६
पाँच दलिय साझा गठवन्धनको तर्फदेखि उमेद्वार वनेका नेपाली कांग्रेसका दोर्ण कुमार कुवँरले प्रदेश सभा निर्वाचनमा क्ष्ोत्र नंं. २ प्रदेश सभा (२) तर्फ तिन हजार सात सय ३७ मतान्तरले नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई पछि पार्दे जित हासिल गरेका छन ।
कुवँरले बाह्र हजार चार सय ८ मत प्राप्त गर्दा नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनले आठ हजार ६ सय ७१ मत प्राप्त गरेका हुन । प्रदेश सभामा स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङले ३४१, नेपाल दलित पार्टीका टेक बहादुर कामी २७७, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका तारा बहादुर घर्ति मगरले २३७ प्राप्त गरेका छन ।
नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई सर्मथन गरेका जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती र स्वतन्त्र उमेद्वार दुर्गा देवी घर्ती मगरको क्रमश ४४ र ६ मत प्राप्त भएको हो । कुल ४१ हजार दुई सय २७ मतदाता रहेको प्रदेश सभा (ख) तर्फ २३ हजार ३ सय ३८ मत खसेको हो ।

बागलुङमा गठवन्धनका उमेद्वारको अग्रता

0

बागलुङ मंसिर ६
बागलुङमा पछिल्लो मत परिणाम अनुसार गठवन्धनका उमेद्वारको मत परिणाम अगाडी देखिएको छ । दुई निर्वाचन क्ष्ोत्र रहेको जिल्लामा प्रतिनिधी सभा तर्फ बागलुङमा प्रतिनिधी सभा तर्फ पाँच दलिय साझा गठवन्धन र नेकपा एमाले विच बढि प्रतिस्प्रर्धा हुने देखिएको छ ।
क्षेत्र नं. १ तर्फ गठवन्धनको तर्फदेखि राजमोका अध्यक्ष चित्र बहादुर के.सी. र नेकपा एमालेका सुर्य पाठक विच बढि प्रतिस्प्रर्धा देखिएको हो । के.सी.को २५१६ मत प्राप्त हुँदा पाठकको २१९३ मत प्राप्त भएको छ ।
तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल रहेका छन उनको १४४४ मत प्राप्त भएको छ । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मि प्रसाद सापकोटा, नेपाली कांग्रेस वि.पी. का शिवलाल सापकोटा, र स्वतन्त्र उमेद्वार चन्द्र बहादुर क्षेत्रीको उमेद्वार रहेको हो ।
क्षेत्र नं. २ तर्फ गठवन्धनको तर्फदेखि नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेल र नेकपा एमालेका उमेद्वार मञ्जु सर्मा विच बढि प्रतिस्प्रर्धा देखिएको छ । हालसम्म प्राप्त मत अनुसार पौडेलको ४१३५ र सर्माको ३५२७ मत प्राप्त भएको हो । राष्ट्रिय जनमुक्ती पार्टीका चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीका टेक प्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री,स्वतन्त्रमा तुल्सीराम अर्याल र डिल बहादुर कार्की निर्वाचनमा होमीनु भएको हो ।
क्षेत्र नंं. २ प्रदेश सभा (क) तर्फ गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका जित बहादुर शेरचन र नेकपा एमालेको सर्मथनमा स्वतन्त्र उमेद्वार प्रकाश घर्तिविच प्रतिस्प्रर्धा भएको छ । शेरचनको ४४३८ हुँदा घर्तिको ४३०७ मत प्राप्त भएको छ ।
क्षेत्र नंंं २ प्रदेश सभा (ख) तर्फ गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका दोर्ण कुमार कुवंर र नेकपा एमालेका लक्ष्मण पुन विच बढि प्रतिस्प्रर्धा देखिएको हो कुवंरको ४९४३ मत प्राप्त हुँदा पुनको ४००७ मत प्राप्त भएको छ । त्यस्तै प्रदेश सभा तर्फ मंगोल नेशनल अर्गनाइजेशनका तारा बहादुर घर्ति मगर,नेपाल दलित पार्टीका टेक प्रसाद कामी र स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङ , समेत चुनावी मैदानमा होमीनु भएको हो ।
प्रदेश सभा तर्फ स्वतन्त्र उमेद्वार दुर्गादेवी घर्ति र जनता समाजवादी पार्टीका गंगा बहादुर घर्तिले नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई समर्थन गर्नुभएको हो । हालसम्म प्रदेश सभा ख तर्फ ढोरपाटन नगरपालिका ५,६,७,८ र९ निसीखोला गाउँपालिका १,३,६ र ७ वडाको मतगणना भएको हो ।
क्षेत्र नंं १ प्रदेश सभा (क) तर्फ नेकपा एमालेका हिरा बहादुर खत्री गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका दिपेन्द्र थापा विच बढि प्रतिस्प्रर्धा देखिन्छ । यस प्रदेशमा भने के.सी झिनो मतले अगाडी देखिनु भएको छ । के.सी. को २८२१ हुँदा थापाको २५९२ मत प्राप्त भएको छ । राष्ट्रिय प्रजान्त्र पार्टीका डिल्ली प्रसाद आर्चाय, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.र स्वतन्त्र दिपेन्द्र हमाल चुनावी मैदानमा होमीनु भएको हो ।
प्रदेश (ख) तर्फ नेकपा एमालेका नवराज पौडेल, गठवन्धनका डिल्ली राम सुवेदी विच बढि प्रतिस्प्रर्धा छ । जसमा सुवेदीको ४०९२ हुँदा पौडेलको २८९४ मत प्राप्त भएको हो । मंगोल नेशनल अर्गनाईजेशनका सहविर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा चुनावी मैदानमा होमीनु भएको थियो ।

 

बागलुङमा शिक्षा मन्त्री पौडेलको शुरुवाती अग्रता

0

बागलुङमा शिक्षा मन्त्री पौडेलको शुरुवाती अग्रता
मंसिर ५
बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भीक अग्रता लिनुु भएको छ । ११०५ मत गणना हुँदा पौडेलले ६६५ मत पाउनु भएको छ । एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (क) मा ११०८ मत गणना गर्दा स्वतन्त्र उम्मेदर प्रकाश घर्ती मगरले अग्रता लिनु भएको छ । घर्ती मगरले ५४२ मत ल्याउनु भएको छ भने कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्ण कुमार कुँवरले अग्रता लिनु भएको छ । कुँवरले ४४८ मत ल्याउनु भएको छ भने एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गर्नु भएको छ । जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्तीले दई, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगरले सात, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मीले पाँच, स्वतन्त्र नर बहादुर गुरुङले ५ ल्याउनु भएको छ भने दुर्गादेवी घर्ती मगरले मत पाउनु भएको छैन ।

बागलुङमा शिक्षा मन्त्री पौडेलको शुरुवाती अग्रता

0

मंसिर ५
बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भीक अग्रता लिनुु भएको छ । ११०५ मत गणना हुँदा पौडेलले ६६५ मत पाउनु भएको छ । एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (क) मा ११०८ मत गणना गर्दा स्वतन्त्र उम्मेदर प्रकाश घर्ती मगरले अग्रता लिनु भएको छ । घर्ती मगरले ५४२ मत ल्याउनु भएको छ भने कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्ण कुमार कुँवरले अग्रता लिनु भएको छ । कुँवरले ४४८ मत ल्याउनु भएको छ भने एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गर्नु भएको छ । जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्तीले दई, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगरले सात, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मीले पाँच, स्वतन्त्र नर बहादुर गुरुङले ५ ल्याउनु भएको छ भने दुर्गादेवी घर्ती मगरले मत पाउनु भएको छैन ।

प्रदेश सभामा दोर्ण कुंवरको अग्रता

0

मंसिर ५
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ ८९५ मत गणना गर्दा लोकतान्त्रीक÷वाम गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले अग्रता लिएका छन । कुवंरको ४४८ मत प्राप्त हुँदा नेकपा एमालेका लक्ष्मण पुनको ३७७ मत प्राप्त भएको छ ।

ढोरपाटन नगरपालिका ७ मा भएको मतगणना अनुसार कुवंरले पुनलाई ७१ मतान्तरले अग्रता लिएका हुन। त्यसैगरी नेशनल मंगोल अर्गनाइजेशनका तारा बहादुर घर्ति मगरको ८, नेपाल दलित पार्टीका टेक बहादुर कामी ५, स्वतन्त्र नर बहादुर गुरुङ ५ र गंगा बहादुर घर्तिको २ मत प्राप्त भएको हो । ५० मत वदर भएको छ ।

बागलुङमा ५३.५६ प्रतिशत मतदान

0

बागलुङ जिल्लामा आइतबार भएको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा कुल ५३.५६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताएउनु भयो ।
गत स्थानीय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको भएपनी यस पटकको निर्वाचनमा मतदाताको कम उपश्थितीका कारण कम मत खसेको मुख्य निर्वाचन भएको हो ।
यसैगरी क्षेत्र नं. २ बागलुङमा करिव ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत वावुराम पाण्डेले बताउनु भयो । सबै मतदान केन्द्रमा शान्त र मर्यादित रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान स्थलबाट मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सुरु भएको र राती ११ बजेसम्म मतपेटीका ल्याई पु¥याएपछि विहान ८ बजे सर्वदलिय , सर्वपक्षिय बैठक वसेर मात्रै मत गणना सुरु हुने निर्वाचन अधिकृत पाण्डेले बताउनु भयो ।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने छ ।
बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए ।
क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता रहेका छन ।
प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को क मा ५० हजार ५ सय ८० जना र ख मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को क मा ५४ हजार ३ सय ३४ र ख मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।
क्षेत्र नं २ प्रदेश सभा क तर्फ २८,२१४ अर्थात ५५ दशमलव ७८ प्रतिशत मत खसेको पाइएको छ ।

प्रदेश सभा सभा ख तर्फ ४१ ह्जार २ सय २७ मतदाता रहेकोमा तमानखोला गाउँपालिकामा ७७३२ मतदाता मध्ये ४६२१ अर्थात ५९.३० प्रतिशत मतदान भएको बताइएको छ ढोरपाटन नगरपालिकामा १६८०६ मतदाता मध्ये १०१९८ अर्थात ५७.७७ प्रतिशत र निसीखोला गाउँपालिकामा १५,७८२ मतदाता मध्ये ८५१९ अर्थात ५३ दशमलव ९७ प्रतिशत मत खसेको बताइएको छ ।

देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे,

0

आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँकाे भनाइ छ । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताउनुभयो ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाण्डाै, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेकाे हाे । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताउनुभयो ।

बागलुङमा ३५ प्रतिशत मत खस्यो ५५ प्रतिशत खस्ने आँकलन

0

बुर्तिबाङ मंसिर ४ गते
बागलुङ जिल्लामा आइतबार दिउँसो १ बजेसम्म ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले बताउनु भयो ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३५ प्रतिशत मत खसेपनी साँझसम्म ५५ प्रतिशत मत खस्ने आँकलन गरीएको भट्टको भनाई छ । गत स्थानीय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको भएपनी यस पटकको निर्वाचनमा मतदाताको कम उपश्थितीका कारण कम मत खस्ने आँकलन गरीएको छ । जिल्लामा दुई सय ३१ म्तदान केन्द्रबाट मतदान भइसकेको हो ।
हालसम्म शान्तपूर्ण र मर्यादित रुपमा मतदान भइरहेको बताइएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १ लाख ९२ हजार २ सय २७ मतदाता रहेका छन । क्षेत्र नं. २ मा समेत यसपटकको निर्वाचनमा मत कम खस्ने आँकलन गरीएको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
बिहान १० बजेसम्म मतदाताको संख्या न्युन देखिएपनी दिउँसो दुई बजेसम्म मतदाता बद्दै गएको पाइएको हो । अब करिव तिन घण्टाको समय बाँकी रहेका कारण मतदान बढ्ने देखिएको हो ।

बागलुङमा निर्वाचनको तयारी पुरा

0

मंसिर ३ गते
भोली मंसिर ४ गते हुन लागीरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको बागलुङ जिल्लामा तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले सहजरूपमा मतदान गर्नको लागि मतदान स्थल मतदान गर्ने ठाउँ, मतदाता लाइन बस्ने ठाउँ बाँसको घेराबन्दी बनाउने काममा निर्वाचन बाट खटिएका कर्मचारी प्रहरी,म्यादी प्रहरी खटिएकोले तयारी पूरा गरिएको बालमन्दिर मतदान केन्द्र बागलुङ नगरपालिका २ का मतदान अधिकृत कुश्मराज उपाध्यायले बताउनु भयो ।
मतदान स्थालमा आवश्यक फारम भर्ने काम, उम्मेदवारका प्रतिनिधिको फोटो तथा फर्म शंकलनको काम सकेर अव भोलिलिको तयारीमा रहेको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्र बागलुङ नगरपालिका ३ का मतदान अधिकृत धनप्रसाद पोख्रेलले बताउनु भयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङमा स्थानीय तहको भन्दा कम मत झर्ने अनुमान गरिएको छ । अध्ययन तथा व्यापार व्यवसायको लागि जिल्ला बहिरा रहेका व्यक्ति कम मात्रमा आएकोले स्थानिय निकायको निर्वाचनमा भन्दा कम मत खस्ने आकलन गरिएको छ । गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको थियो । निर्वाचित सांसदहरुले जनअपेक्षा अनुसारको काम नगरेको कारणले पनि मतदाताहरुमा उत्साह घटेको स्थानिय मतदाता बताउछन् ।

बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् । क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता छन् ।
प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को ९क०मा ५० हजार ५ सय ८० जना र ९ख० मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को ९क०मा ५४ हजार ३ सय ३४ र ९ख०मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।

बागलुङमा २ हजार ४८ जना अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। जिल्ला कारागारका ५२ जना कैदी बन्दी र निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी गरी २ हजार ४८ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचन आयोगले यस वर्षदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अस्थायी मतदाताहरूको संख्या संकलन गरी मतदानमा सहभागि गराउने निर्णय गरेको थियो ।

निर्वाचनका लागि जिल्लाभर दुई हजार कर्मचारी, एक हजार एक सय म्यादी प्रहरी, सात सय नेपाल प्रहरी र सात सय नेपाली सेना तथा सशस्त्र प्रहरी खटिएका छन्। जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ।

विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो। अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले मङ्सिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । निर्वाचनको दिनसम्म कहीँकतै मदिरा बिक्री वितरण गर्न नपाइने र मतदान सकिएपछि मतगणना नसकिएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण गर्न निषेध गरिएको छ ।दुई निर्वाचन क्षेत्र र ४ प्रदेश सभा रहेको बागलुङमा सबै मतदान केन्द्रको तयारी पुरा भइसकेको क्षेत्र नंं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत वावुराम पाण्डेले बताउनु भयो ।

क्षेत्र नंं २ को ढोरपाटन नगरपालिका वडा नं. २ स्थित नयाँ शहरी आयोजनाको भवनमा मत गणना हुने भएको हो । ५८ मतदान स्थल र ११६ मतदान केन्द्र रहेको बागलुङ क्षेत्र नं. २ मा ९५ हजार ५ सय ६१ म्तदाता रहेका छन । निर्वाचनलाई सान्तीपूर्ण र मर्यादित बनाउन सुरक्षाको सबै तयारी पुरा भइसकेको बताइएको हो । ससत्र प्रहरी, जनपथ प्रहरी र नेपाली शेनाको टोलीलाई सुरक्षामा खटाइएको छ ।
भोली विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान भइसकेपछी बसै मतपेटीका मतगणना स्थलमा ल्याइसकेपछि सर्वदलीय बैठक वसेर मात्र मतगणना सुरु हुने निर्वाचन अधिकृत पाण्डेले बताउनु भयो ।

कर्मले परिचित बनेका दोर्ण कुवंर

0

कात्तिक ३० गते
करिव १५ बर्षदेखि जनताको सुख दुखमा संगै हातेमालो गर्दे आएका दोर्ण कुमार कुवंर यतिवेला जनताको रोजाइमा पर्दे गएका छन ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट साझा गठवन्धनको उमेद्वार वनेका दोर्ण कुवंर यतिवेला पाँच दलिय साझा गठवन्धनका साझा उमेद्वार हुन ।
२०६५ सालतिरै दोर्ण कुवंरको नाम चर्चित थियो विभिन्न सामाजिक कार्यमा सक्रिय कुवंर जव २०६७ सालमा निसी भुजी तमान ढोरपाटन क्षेत्रलाई चिनाउन र यहाँका समस्या जनताको चासो सम्वन्धित निकायमा पु¥याउन भन्दै यहाँका सामाजिक र वौद्धिक व्यक्तित्व संग सहकार्य गर्दे सञ्चार उद्यमको विकास सुरु गरे जहाँ उनको योगदान महत्वपूर्ण थियो क्रमश विभिन्न निकाय र मन्त्रालय, कर्मचारी, बौद्धिक सामाजिक व्यक्तित्व संग सम्मोन्य गर्दे जनताका आधारभुत आवस्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक , खेलकुद पुल लगाएत विभिन्न सामाजिक कार्यमा निस्वार्थ काम गर्दे आएका उनी क्रमश जनताको घरदैलोमा पुग्ने, उनिहरुको समस्या बुझ्ने र कुनै पदमा नरहँदा पनी मन्त्रालय, अफिस, संघसंस्थामा पुगेर जनताको माग तुरुन्त सम्वोधन गर्ने अभियानमा लागिरहने व्यक्ति हुन ।
पश्चिम बागलुङमा पटक पटक भुकम्प ,बाढी, पहिरो, तथा कोभिड जस्ता समस्याले जनतलाई निकै सास्ति दिइरह्यो यस्तो अवस्थामा उनि कहिल्यै रमिते बनेनन् जनताको समस्यामा जसरी हुन्छ मल्हम लगाउने प्रण राख्दै अगाडी बढेका कुवंर सबै जनतालाई समान व्यवहार गर्ने र सबैको कुरा सुन्ने मध्येका एक हुन ।
विरामी परेर ओच्छ्यानमा छट्पटाउँदा होस या कोभिडका कारणले विरामीले वेड नपाउँदा, सिटामोल, अक्सिजन नपाएर अकालमा ज्यान गुमाउनु पर्ने वाध्यात्मक अवस्था अथवा बाढि पहिरोले तहस नहस हुँदा तत्काल राहात र उद्धारमा खटिँदै आएका कुवंर उनले गरेक कर्मकै कारण यतिवेला जनताको मन मनमा रहेका छन । तल्लो तहदेखि केन्द्र सम्म सहज पहुँच राख्ने कुवंर प्रदेश र संघमा उनको राम्रै सम्पर्क रहेको पाइन्छ ।
कुवंरले गरेका कर्मकै कारण यतिवेला उनी युवा महिला र जेष्ठ नागरीकको मन मनमा रहँदै आएका छन ।
सत्ता वा कुनै पदमा नहुँदा पनी जनताको सेवाका खट्दै आएका उनले यस पटकको प्रदेश सभा निर्वाचनमा जनताले आफुलाई चुनेर पठाएपछि जनताका निम्ती आफुले गनुपर्ने अधुरा काम पुरा गर्ने र पश्चिम बागलुङको विकास, समृद्धि र जनताको साझा समस्या पुरा गर्ने वचन बद्धता लिएका छन । निर्वाचनमा यतिवेला जनताको घरघरमा पुग्दै गरेका कुवंरले आफुले जनताकै हक अधिकार र उनिहरुकै आवस्कतालाई बुझेर विकास निर्माण र समस्यामा मल्हम लगाउने काममा आफुले कुनै कन्जुस्याँइ नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन ।