बागलुङमा शिक्षा मन्त्री पौडेलको शुरुवाती अग्रता

मंसिर ५
बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भीक अग्रता लिनुु भएको छ । ११०५ मत गणना हुँदा पौडेलले ६६५ मत पाउनु भएको छ । एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (क) मा ११०८ मत गणना गर्दा स्वतन्त्र उम्मेदर प्रकाश घर्ती मगरले अग्रता लिनु भएको छ । घर्ती मगरले ५४२ मत ल्याउनु भएको छ भने कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत ल्याउनु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्ण कुमार कुँवरले अग्रता लिनु भएको छ । कुँवरले ४४८ मत ल्याउनु भएको छ भने एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गर्नु भएको छ । जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्तीले दई, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगरले सात, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मीले पाँच, स्वतन्त्र नर बहादुर गुरुङले ५ ल्याउनु भएको छ भने दुर्गादेवी घर्ती मगरले मत पाउनु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित