बागलुङमा ३५ प्रतिशत मत खस्यो ५५ प्रतिशत खस्ने आँकलन

बुर्तिबाङ मंसिर ४ गते
बागलुङ जिल्लामा आइतबार दिउँसो १ बजेसम्म ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले बताउनु भयो ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३५ प्रतिशत मत खसेपनी साँझसम्म ५५ प्रतिशत मत खस्ने आँकलन गरीएको भट्टको भनाई छ । गत स्थानीय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको भएपनी यस पटकको निर्वाचनमा मतदाताको कम उपश्थितीका कारण कम मत खस्ने आँकलन गरीएको छ । जिल्लामा दुई सय ३१ म्तदान केन्द्रबाट मतदान भइसकेको हो ।
हालसम्म शान्तपूर्ण र मर्यादित रुपमा मतदान भइरहेको बताइएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १ लाख ९२ हजार २ सय २७ मतदाता रहेका छन । क्षेत्र नं. २ मा समेत यसपटकको निर्वाचनमा मत कम खस्ने आँकलन गरीएको निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
बिहान १० बजेसम्म मतदाताको संख्या न्युन देखिएपनी दिउँसो दुई बजेसम्म मतदाता बद्दै गएको पाइएको हो । अब करिव तिन घण्टाको समय बाँकी रहेका कारण मतदान बढ्ने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित