बागलुङमा ५३.५६ प्रतिशत मतदान

बागलुङ जिल्लामा आइतबार भएको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा कुल ५३.५६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताएउनु भयो ।
गत स्थानीय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको भएपनी यस पटकको निर्वाचनमा मतदाताको कम उपश्थितीका कारण कम मत खसेको मुख्य निर्वाचन भएको हो ।
यसैगरी क्षेत्र नं. २ बागलुङमा करिव ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत वावुराम पाण्डेले बताउनु भयो । सबै मतदान केन्द्रमा शान्त र मर्यादित रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान स्थलबाट मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सुरु भएको र राती ११ बजेसम्म मतपेटीका ल्याई पु¥याएपछि विहान ८ बजे सर्वदलिय , सर्वपक्षिय बैठक वसेर मात्रै मत गणना सुरु हुने निर्वाचन अधिकृत पाण्डेले बताउनु भयो ।
निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने छ ।
बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए ।
क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता रहेका छन ।
प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को क मा ५० हजार ५ सय ८० जना र ख मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को क मा ५४ हजार ३ सय ३४ र ख मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।
क्षेत्र नं २ प्रदेश सभा क तर्फ २८,२१४ अर्थात ५५ दशमलव ७८ प्रतिशत मत खसेको पाइएको छ ।

प्रदेश सभा सभा ख तर्फ ४१ ह्जार २ सय २७ मतदाता रहेकोमा तमानखोला गाउँपालिकामा ७७३२ मतदाता मध्ये ४६२१ अर्थात ५९.३० प्रतिशत मतदान भएको बताइएको छ ढोरपाटन नगरपालिकामा १६८०६ मतदाता मध्ये १०१९८ अर्थात ५७.७७ प्रतिशत र निसीखोला गाउँपालिकामा १५,७८२ मतदाता मध्ये ८५१९ अर्थात ५३ दशमलव ९७ प्रतिशत मत खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित