बागलुङमा निर्वाचनको तयारी पुरा

मंसिर ३ गते
भोली मंसिर ४ गते हुन लागीरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको बागलुङ जिल्लामा तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले सहजरूपमा मतदान गर्नको लागि मतदान स्थल मतदान गर्ने ठाउँ, मतदाता लाइन बस्ने ठाउँ बाँसको घेराबन्दी बनाउने काममा निर्वाचन बाट खटिएका कर्मचारी प्रहरी,म्यादी प्रहरी खटिएकोले तयारी पूरा गरिएको बालमन्दिर मतदान केन्द्र बागलुङ नगरपालिका २ का मतदान अधिकृत कुश्मराज उपाध्यायले बताउनु भयो ।
मतदान स्थालमा आवश्यक फारम भर्ने काम, उम्मेदवारका प्रतिनिधिको फोटो तथा फर्म शंकलनको काम सकेर अव भोलिलिको तयारीमा रहेको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्र बागलुङ नगरपालिका ३ का मतदान अधिकृत धनप्रसाद पोख्रेलले बताउनु भयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङमा स्थानीय तहको भन्दा कम मत झर्ने अनुमान गरिएको छ । अध्ययन तथा व्यापार व्यवसायको लागि जिल्ला बहिरा रहेका व्यक्ति कम मात्रमा आएकोले स्थानिय निकायको निर्वाचनमा भन्दा कम मत खस्ने आकलन गरिएको छ । गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको थियो । निर्वाचित सांसदहरुले जनअपेक्षा अनुसारको काम नगरेको कारणले पनि मतदाताहरुमा उत्साह घटेको स्थानिय मतदाता बताउछन् ।

बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् । क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता छन् ।
प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को ९क०मा ५० हजार ५ सय ८० जना र ९ख० मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को ९क०मा ५४ हजार ३ सय ३४ र ९ख०मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।

बागलुङमा २ हजार ४८ जना अस्थायी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। जिल्ला कारागारका ५२ जना कैदी बन्दी र निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी गरी २ हजार ४८ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचन आयोगले यस वर्षदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अस्थायी मतदाताहरूको संख्या संकलन गरी मतदानमा सहभागि गराउने निर्णय गरेको थियो ।

निर्वाचनका लागि जिल्लाभर दुई हजार कर्मचारी, एक हजार एक सय म्यादी प्रहरी, सात सय नेपाल प्रहरी र सात सय नेपाली सेना तथा सशस्त्र प्रहरी खटिएका छन्। जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ।

विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थल वर्गीकरण गरिएको हो। अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्थस्थापन गरेको प्रजिअ ढकालले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले मङ्सिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । निर्वाचनको दिनसम्म कहीँकतै मदिरा बिक्री वितरण गर्न नपाइने र मतदान सकिएपछि मतगणना नसकिएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण गर्न निषेध गरिएको छ ।दुई निर्वाचन क्षेत्र र ४ प्रदेश सभा रहेको बागलुङमा सबै मतदान केन्द्रको तयारी पुरा भइसकेको क्षेत्र नंं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत वावुराम पाण्डेले बताउनु भयो ।

क्षेत्र नंं २ को ढोरपाटन नगरपालिका वडा नं. २ स्थित नयाँ शहरी आयोजनाको भवनमा मत गणना हुने भएको हो । ५८ मतदान स्थल र ११६ मतदान केन्द्र रहेको बागलुङ क्षेत्र नं. २ मा ९५ हजार ५ सय ६१ म्तदाता रहेका छन । निर्वाचनलाई सान्तीपूर्ण र मर्यादित बनाउन सुरक्षाको सबै तयारी पुरा भइसकेको बताइएको हो । ससत्र प्रहरी, जनपथ प्रहरी र नेपाली शेनाको टोलीलाई सुरक्षामा खटाइएको छ ।
भोली विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान भइसकेपछी बसै मतपेटीका मतगणना स्थलमा ल्याइसकेपछि सर्वदलीय बैठक वसेर मात्र मतगणना सुरु हुने निर्वाचन अधिकृत पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित