spot_img

बागलुङमा गठवन्धनका उमेद्वारको अग्रता

बागलुङ मंसिर ६
बागलुङमा पछिल्लो मत परिणाम अनुसार गठवन्धनका उमेद्वारको मत परिणाम अगाडी देखिएको छ । दुई निर्वाचन क्ष्ोत्र रहेको जिल्लामा प्रतिनिधी सभा तर्फ बागलुङमा प्रतिनिधी सभा तर्फ पाँच दलिय साझा गठवन्धन र नेकपा एमाले विच बढि प्रतिस्प्रर्धा हुने देखिएको छ ।
क्षेत्र नं. १ तर्फ गठवन्धनको तर्फदेखि राजमोका अध्यक्ष चित्र बहादुर के.सी. र नेकपा एमालेका सुर्य पाठक विच बढि प्रतिस्प्रर्धा देखिएको हो । के.सी.को २५१६ मत प्राप्त हुँदा पाठकको २१९३ मत प्राप्त भएको छ ।
तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल रहेका छन उनको १४४४ मत प्राप्त भएको छ । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मि प्रसाद सापकोटा, नेपाली कांग्रेस वि.पी. का शिवलाल सापकोटा, र स्वतन्त्र उमेद्वार चन्द्र बहादुर क्षेत्रीको उमेद्वार रहेको हो ।
क्षेत्र नं. २ तर्फ गठवन्धनको तर्फदेखि नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेल र नेकपा एमालेका उमेद्वार मञ्जु सर्मा विच बढि प्रतिस्प्रर्धा देखिएको छ । हालसम्म प्राप्त मत अनुसार पौडेलको ४१३५ र सर्माको ३५२७ मत प्राप्त भएको हो । राष्ट्रिय जनमुक्ती पार्टीका चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीका टेक प्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री,स्वतन्त्रमा तुल्सीराम अर्याल र डिल बहादुर कार्की निर्वाचनमा होमीनु भएको हो ।
क्षेत्र नंं. २ प्रदेश सभा (क) तर्फ गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका जित बहादुर शेरचन र नेकपा एमालेको सर्मथनमा स्वतन्त्र उमेद्वार प्रकाश घर्तिविच प्रतिस्प्रर्धा भएको छ । शेरचनको ४४३८ हुँदा घर्तिको ४३०७ मत प्राप्त भएको छ ।
क्षेत्र नंंं २ प्रदेश सभा (ख) तर्फ गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका दोर्ण कुमार कुवंर र नेकपा एमालेका लक्ष्मण पुन विच बढि प्रतिस्प्रर्धा देखिएको हो कुवंरको ४९४३ मत प्राप्त हुँदा पुनको ४००७ मत प्राप्त भएको छ । त्यस्तै प्रदेश सभा तर्फ मंगोल नेशनल अर्गनाइजेशनका तारा बहादुर घर्ति मगर,नेपाल दलित पार्टीका टेक प्रसाद कामी र स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङ , समेत चुनावी मैदानमा होमीनु भएको हो ।
प्रदेश सभा तर्फ स्वतन्त्र उमेद्वार दुर्गादेवी घर्ति र जनता समाजवादी पार्टीका गंगा बहादुर घर्तिले नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई समर्थन गर्नुभएको हो । हालसम्म प्रदेश सभा ख तर्फ ढोरपाटन नगरपालिका ५,६,७,८ र९ निसीखोला गाउँपालिका १,३,६ र ७ वडाको मतगणना भएको हो ।
क्षेत्र नंं १ प्रदेश सभा (क) तर्फ नेकपा एमालेका हिरा बहादुर खत्री गठवन्धनको तर्फदेखि नेपाली कांग्रेसका दिपेन्द्र थापा विच बढि प्रतिस्प्रर्धा देखिन्छ । यस प्रदेशमा भने के.सी झिनो मतले अगाडी देखिनु भएको छ । के.सी. को २८२१ हुँदा थापाको २५९२ मत प्राप्त भएको छ । राष्ट्रिय प्रजान्त्र पार्टीका डिल्ली प्रसाद आर्चाय, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.र स्वतन्त्र दिपेन्द्र हमाल चुनावी मैदानमा होमीनु भएको हो ।
प्रदेश (ख) तर्फ नेकपा एमालेका नवराज पौडेल, गठवन्धनका डिल्ली राम सुवेदी विच बढि प्रतिस्प्रर्धा छ । जसमा सुवेदीको ४०९२ हुँदा पौडेलको २८९४ मत प्राप्त भएको हो । मंगोल नेशनल अर्गनाईजेशनका सहविर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा चुनावी मैदानमा होमीनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित