नेपाली कांग्रेसका दोर्ण कुमार कुवँर बागलुङ २ प्रदेशसभा (२) मा निर्वाचित

बुर्तिबाङ मंसिर ६
पाँच दलिय साझा गठवन्धनको तर्फदेखि उमेद्वार वनेका नेपाली कांग्रेसका दोर्ण कुमार कुवँरले प्रदेश सभा निर्वाचनमा क्ष्ोत्र नंं. २ प्रदेश सभा (२) तर्फ तिन हजार सात सय ३७ मतान्तरले नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई पछि पार्दे जित हासिल गरेका छन ।
कुवँरले बाह्र हजार चार सय ८ मत प्राप्त गर्दा नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनले आठ हजार ६ सय ७१ मत प्राप्त गरेका हुन । प्रदेश सभामा स्वतन्त्र उमेद्वार नर बहादुर गुरुङले ३४१, नेपाल दलित पार्टीका टेक बहादुर कामी २७७, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका तारा बहादुर घर्ति मगरले २३७ प्राप्त गरेका छन ।
नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनलाई सर्मथन गरेका जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती र स्वतन्त्र उमेद्वार दुर्गा देवी घर्ती मगरको क्रमश ४४ र ६ मत प्राप्त भएको हो । कुल ४१ हजार दुई सय २७ मतदाता रहेको प्रदेश सभा (ख) तर्फ २३ हजार ३ सय ३८ मत खसेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित