कर्मले परिचित बनेका दोर्ण कुवंर

कात्तिक ३० गते
करिव १५ बर्षदेखि जनताको सुख दुखमा संगै हातेमालो गर्दे आएका दोर्ण कुमार कुवंर यतिवेला जनताको रोजाइमा पर्दे गएका छन ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट साझा गठवन्धनको उमेद्वार वनेका दोर्ण कुवंर यतिवेला पाँच दलिय साझा गठवन्धनका साझा उमेद्वार हुन ।
२०६५ सालतिरै दोर्ण कुवंरको नाम चर्चित थियो विभिन्न सामाजिक कार्यमा सक्रिय कुवंर जव २०६७ सालमा निसी भुजी तमान ढोरपाटन क्षेत्रलाई चिनाउन र यहाँका समस्या जनताको चासो सम्वन्धित निकायमा पु¥याउन भन्दै यहाँका सामाजिक र वौद्धिक व्यक्तित्व संग सहकार्य गर्दे सञ्चार उद्यमको विकास सुरु गरे जहाँ उनको योगदान महत्वपूर्ण थियो क्रमश विभिन्न निकाय र मन्त्रालय, कर्मचारी, बौद्धिक सामाजिक व्यक्तित्व संग सम्मोन्य गर्दे जनताका आधारभुत आवस्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक , खेलकुद पुल लगाएत विभिन्न सामाजिक कार्यमा निस्वार्थ काम गर्दे आएका उनी क्रमश जनताको घरदैलोमा पुग्ने, उनिहरुको समस्या बुझ्ने र कुनै पदमा नरहँदा पनी मन्त्रालय, अफिस, संघसंस्थामा पुगेर जनताको माग तुरुन्त सम्वोधन गर्ने अभियानमा लागिरहने व्यक्ति हुन ।
पश्चिम बागलुङमा पटक पटक भुकम्प ,बाढी, पहिरो, तथा कोभिड जस्ता समस्याले जनतलाई निकै सास्ति दिइरह्यो यस्तो अवस्थामा उनि कहिल्यै रमिते बनेनन् जनताको समस्यामा जसरी हुन्छ मल्हम लगाउने प्रण राख्दै अगाडी बढेका कुवंर सबै जनतालाई समान व्यवहार गर्ने र सबैको कुरा सुन्ने मध्येका एक हुन ।
विरामी परेर ओच्छ्यानमा छट्पटाउँदा होस या कोभिडका कारणले विरामीले वेड नपाउँदा, सिटामोल, अक्सिजन नपाएर अकालमा ज्यान गुमाउनु पर्ने वाध्यात्मक अवस्था अथवा बाढि पहिरोले तहस नहस हुँदा तत्काल राहात र उद्धारमा खटिँदै आएका कुवंर उनले गरेक कर्मकै कारण यतिवेला जनताको मन मनमा रहेका छन । तल्लो तहदेखि केन्द्र सम्म सहज पहुँच राख्ने कुवंर प्रदेश र संघमा उनको राम्रै सम्पर्क रहेको पाइन्छ ।
कुवंरले गरेका कर्मकै कारण यतिवेला उनी युवा महिला र जेष्ठ नागरीकको मन मनमा रहँदै आएका छन ।
सत्ता वा कुनै पदमा नहुँदा पनी जनताको सेवाका खट्दै आएका उनले यस पटकको प्रदेश सभा निर्वाचनमा जनताले आफुलाई चुनेर पठाएपछि जनताका निम्ती आफुले गनुपर्ने अधुरा काम पुरा गर्ने र पश्चिम बागलुङको विकास, समृद्धि र जनताको साझा समस्या पुरा गर्ने वचन बद्धता लिएका छन । निर्वाचनमा यतिवेला जनताको घरघरमा पुग्दै गरेका कुवंरले आफुले जनताकै हक अधिकार र उनिहरुकै आवस्कतालाई बुझेर विकास निर्माण र समस्यामा मल्हम लगाउने काममा आफुले कुनै कन्जुस्याँइ नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित