बुर्तिबाङ मंसिर १६
वडिगाड गाउँपालिकामा चौठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शनिवार देखि सुरु भएको छ । पालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीको खेलक्ष्ोत्र मार्फत क्षमता प्रस्फुटन गर्ने उदेश्य स्वरुप सञ्चालित प्रतियोगिता आगामी मंसिर १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद ”भन्ने नारासहित वडिगाड गाउँपालिकाको आयोजना, खार माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको शनिवार गाउँपालिका प्रमुख गण्डकी थापा(अधिकारी) ले प्रमुख अतिथीको रुपमा कार्यक्रमको विधिवत उद्धघाटन गर्दे विद्यार्थीको सिकाईलाई थप विस्तार गर्न र उनिहरुको खेलक्षेत्र प्रतिको आर्कषणलाई पुरा गर्नका निम्ती खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै गाउँपालिकाले शैक्षिक क्षेत्र संगै खेलकुदका क्षेत्रमा समेत विकाश गर्दे जाने प्रतिवद्धता जनाउनु भयो ।
विद्यार्थीको अनुसाशन वृद्धि गर्न, उनिहरुमा रहेको प्रतिभा वाहिर ल्याउन खेलकुद र अतिरिक्त कृयाकलापले थप सहयोग गर्ने वताउनु भयो । उहाँले थप वोल्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा धेरै सुधार गरीसकेका कारण खेलकुद तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने कार्यक्रमलाई प्राथमिकताका साथ कार्यक्रम लिएर अगाडी बढिने बताउनु भयो ।
वडिगाड गाउँपालिका अन्र्तगत विभिन्न १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्र ÷छात्रा भलीवल, कराँते, एथ्लेटिक्स, एक सय, दुई सय, तिन सय र चार सय मिटरको डौड, १ सय गुण ४ सय र ४ सय गुणा ४ सय रिले डौड लगाएतका प्रस्तुती रहने गाउँपालिकाले जनाएको छ । आयोजित उद्घाटन सत्रको कार्यक्रम वडा नं. ५ का अध्यक्ष विष्णु आर्चायको अध्यक्षता, पालिका उपाध्यक्ष भिमशेन वनको विशिष्ठ आतिथ्यता, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, कर्मचारी लगाएतको आतिथ्यता रहेको थियो ।
वडिगाड गाउँपालिकामा चौठो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
सांसद दोर्ण कुवंरद्धारा सरकारी कार्यालयको अनुगमन :नागरीकलाई सेवा प्रवाहमा सहज हुने गरी काम गर्न सुझाव
बुर्तिबाङ मंसिर १५
गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंरले जनताका समस्या र गुनासो लाई मध्यनजर राख्दै विभिन्न सरकारी कार्यालयमा पुगेर जनसुनासो सहित कार्यालयको समस्या बुझ्ने अभियान सुरु गर्नुभएको छ ।
नागरीकलाई दिइने सेवा अन्र्तगत छिटो छरितो र सहज तरिकाले सेवा प्रवाह भए नभइको अवस्था र कार्यालयमा रहेका समस्याका विषयमा बुझन् विहिबार इलाका प्रशासन कार्यालय बुर्तिबाङ पुग्नुभएका साँसद कुवंरले कार्यालय प्रमुख लोक बहादुर कुवंर संग करिव ३० मिनेट छलफल गर्दे जनताका समस्या र सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन आग्रह सहित प्रशासनिक समस्यामा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले थप वोल्दै जनताले सेवा प्रवाहको सन्र्दभमा बढि भिँडभाडका कारण सास्ति खेप्नु परेको,समयमा काम नहुने जस्ता गुनासो नागरीकबाट आएका कारण त्यसलाई व्यवस्थापन गरेर जान सुझाव दिनुभयो । हाल १० जना कर्मचारीको दरवन्दी रहेको प्रशासन कार्यालयमा नागरीकता, राष्ट्रिय परिचय पत्र, पासपोर्ट फाँटमा गरी ९ जना कर्मचारी रहेको पाइएको छ । प्रशासन कार्यालयमा रहेको कर्मचारी समस्या र कर्मचारी बुर्तिबाङमा वस्न नखोजी तत्काल सरुवा हुने प्रचलनलाई रोक्ने गरी सम्वोधन गर्न साँसद कुवंरले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई फोन मार्फत जानकारी गराउनु भएको हो ।
इलाका प्रशासन बुर्तिबाङमा हाल ४ जना करार र ५ जना स्थाई कर्मचारी रहेको कार्यालय प्रमुख लोक बहादुर कुवंरले बताउनु भयो । उहाँले कार्यालयबाट प्रवाह हुने काममा नागरीकलाई कुनै सास्ति दिने काम कर्मचारीबाट नभएको बताउँदै आफु स्थानीय नागरीक समेत भएका कारण पनी नागरीकको सेवामा कुनै स्वार्थ नराखी काम गरेको प्रस्ट पार्नुभयो ।
उहाँले दरवन्धी अनुसारको कर्मचारी व्यवस्थापन र निजी प्रशासनिक भवनको समस्या रहेका कारण उक्त समस्याको सम्वोधन गरीदिन साँसद कुवंरलाई अनुरोध गर्नुभयो ।
सांसद कुवंरले विद्यालयको शैक्षिक र भौतिक अवस्थाको विषयमा अनुसन्धान अवलोकन गर्न विभिन्न विद्यालयमा पुग्दै आउनु भएको छ । अन्य सरकारी कार्यालयमा समेत क्रमश पुग्ने र त्यहाँको सेवा प्रवाहको अवस्था, कर्मचारी व्यवस्थापन लगाएतका विषयमा अनुगमन गरीने बताउनु भयो ।
निर्वाचन कार्यालय द्धारा निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्त्रण
बुर्तिबाङ मंसिर १३
गत मंसिर ४ को निर्वाचनमा निर्वाचित प्रदेश सभा र प्रतिनिधी सभाका प्रतिनिधीलाई बागलुङ क्षेत्र नंं. २ को निर्वाचन कार्यालयद्धारा प्रमाणपत्र हस्तान्त्रण गरीएको छ ।
क्षेत्र नंं. २ बाट प्रतिनिधी सभा तर्फ गठवन्धनको तर्फदेखि नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षा, विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रदेश सभा १ मा नेपाली कांग्रेस जिल्ला सभापती जीत बहादुर शेरचन र प्रदेश सभा २ तर्फ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवंरलाई निर्वाचन अधिकृत बावुराम पाण्डेद्धारा बधाई तथा थप सफलताको शुभकामना सहित औपचारिक रुपमा विजयी भएको प्रमाणपत्र हस्तन्त्रण गर्नुभएको हो । अधिकृत पाण्डेले निर्वाचनलाई सफल पार्न सहयोग गर्ने राजनैतिक दल, सुरक्षा निकाय र पत्रकार लगाएत यस क्षेत्रका उमेद्वार र मतदातालाई समेत धन्यबाद ज्ञापन गर्नुभयो ।
आयोजित कार्यक्रममा प्रनिनिधी सभाका सांसद देवेन्द्र पौडेल तथा प्रदेश सभाका सांसद द्धय दोर्ण कुमार कुवंर र जीत बहादुर शेरचनले वोल्द्यै निर्वाचनलाई शान्त, मर्यादित र निश्पक्ष रुपमा सम्पन्न गराउने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएत आम मतदातालाई धन्यबाद ज्ञापन गर्दे जनताको सिर उचो हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालको सञ्चालनमा सम्पन्न भएको हो ।
अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई
कौरव खत्री गुल्मी ११ मंसिर
गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को अध्यक्षमा भट्टराई सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यस्तै अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)कार्य समितिको उपाध्यक्ष सुधीर शाक्य,कुसुम पोखरेल,सचिव तिलक पोखरेल,कोषाध्यक्ष अर्जुन ढकाल,सह–कोषाध्यक्ष अनन्त पौडेल चयन भएका छन् ।
त्यस्तै कार्य समिति सदस्यहरुमा मनोज घिमिरे,दिपक आचार्य,भीम न्यौपाने,सुमिता मल्ल भण्डारी,ज्योति सिंखडा चयन भएका छन् । त्यस्तै आइतबार अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)को साधारण सभापछिको पहिलो कार्य समिति बैठकले सह सचिवमा आत्मा रिजाल र कार्य समितिसदस्यहरुमा कल्पना बस्याल,टोनु घोठाने,नारायण ज्ञवालीलाई मनोनित गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो । गुल्मीको गुल्मी चन्द्रकोट गाँउपालिका वडा नं. ८ तुराङ्ग स्थायी घर भई हाल अष्ट्रेलियाको मेलबर्नमा विगत पन्ध्र देखि रोजगारीको शिलशिलमा कार्यरत रहेका भट्टराई पछिल्ला केही बर्ष यता निरन्तर सामाजिक कर्ममा सक्रिय रुपमा काम गदै आइरहेका छन् ।
त्सस्तै अध्यक्ष भट्टराईले अष्ट्रेलियामा नेपालीहरुको कला,संस्कृतिको जर्गेना र संरक्षण एंवम् प्रर्वद्धन गदै यसको प्रचार प्रसारमा ठूलो योगदान पु¥याउदै आएका भट्टराई विभिन्न संघ संस्थामा आवद्ध भई विभिन्न पद र नेतृत्व गदै सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गदै आएका छन् । साथै अध्यक्ष भट्टराईले भने,भावी दिनमा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)संस्थाको गर्विलो इतिहासलाई जोगाएर नेपालीको मौलिक पहिचानलाई अझ शसक्त,बलियो बनाउदै एकताबद्ध र अष्ट्रेलियामा रहेका सबै नेपालीहरुले गर्व महसुस गर्ने खालको कर्ममा आफू निरन्तर लागि पर्ने अध्यक्ष भट्टराईले बताउनु भयो ।
साथै यस भन्दा अगाडी नेपाली सामुदायिक केन्द्र प्रालिले सन् २००८ देखि मन्दिर र सामुदायिक केन्द्र निर्माण गर्न एक सय जना व्यक्तिहरु मिलेर मेलबर्नको दक्षिण पूर्वी क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिरका लागि कोष संकलन गरेर सन् २०१४ मा अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी) स्थापना गरि सन् २०१५ मा नेपाली सामुदायिक केन्द्र प्रालिको पचहत्तर अष्ट्रेलियन डलर हस्तान्तरण गरि सदस्यता प्राप्त लिई हाल अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)मा आवद्ध भएर निरन्तर सामजिक सेवा विकासमा सहयोग पु¥याउदै आएको छ ।
गाउँगाउँमा पुगेर मतदातालाई धन्यबाद दिँदै जनताका समस्या बुझ्दै प्रदेश सभा सांसद दोर्ण कुवंर
मंसिर १०
मंसिर ४ गतेको निर्वाचनमा साझा गठवन्धनको तर्फदेखि गण्डकी प्रदेश सभामा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता दोर्ण कुमार कुवंर र प्रदेश सभा नेपाली कांग्रेसका समानुपातीक सांसद दिलमाया पौवीले आफु निर्वाचित भएसंगै गाउँगाउँमा पुगेर मतदातालाई धन्यबाद दिँदै जनताका समस्या वुझ्न थाल्नुभएको छ ।
आफनो निर्वाचन क्षेत्र अन्र्तगत निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत २२ वटै वडामा पुगेर मतदातालाई धन्यबाद दिने जनताका समस्या वुझ्ने गरी अभियान सुरु गरीएको सांसद दोर्ण कुमार कुवरले बताउनु भयो ।
यतिवेला निसीखोला गाउँपालिकाको वडा नं.३,४,५ र ६ नम्वर वडामा कार्यक्रम सम्पन्न भइसकेको बताउँदै आफुहरुले सबैको सहभागिता र अपनत्व हुने गरी पाँच बर्षमा जनमतको कदर गर्दे यस क्ष्ोत्रको विकाश र समृद्धिमा जोडिने बताउनु भयो ।
जनताका समस्या आफुले र गठवन्धनका निर्वाचित साँसदले प्रदेश र सँघ सरकार मार्फत विकास निर्माणका कार्यमा अगाडी बढ्ने बताउनु भयो । आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती तारानाथ पौडेल, राष्ट्रिय जनमोर्चाका नेता खिम विक्रम शाही, नेपाली कांग्रेस प्रदेश सभापती मेशलाल सर्मा, नेकपा माओबादी केन्द्रका निसीखोला अध्यक्ष कुविर विश्वकर्मा लगाएत नेता कार्यक्रताको आतिथ्या एवं उपश्थितीमा मतदातालाई धन्यबाद सहित निर्वाचित प्रतिनिधीलाई शुभकामना मन्तव्य राख्नु भएको हो ।
ढोरपाटन ७ का तेजिन्द्र बुढा मगरको परिवारलाई तिन लाख बढि आर्थिक सहयोग
बुर्तिबाङ मंसिर ९
ढोरपाटन नगरपालिका ७ का तेजिन्द्र बुढामगरको परिवारलाई युवाहरुको सक्रियतामा संकलित आर्थिक सहयोग हस्तान्त्रण गरीएको छ ।
क्यान्सर रोगका कारण ग्रसित वनेका तेजिन्द्रको उपचारका निम्ती युवाहरुको सक्रियतामा आर्थिक संकलन अभियान सुचारु गरीएको थियो उपचारकै क्रममा निजको मृत्यु भएपछि संकलित रकम परिवारका सदस्यलाई हस्तान्त्रण गरीएको स्थानीय गगन पुनले बताउनु भयो ।
तेजिन्द्र बचाऔँ अभियान सञ्चालन गरेर स्वदेश तथा विदेशबाट आर्थिक संकलन सुरु गरीएको थियो उपचारकै क्रममा उहाँको मृत्यु भएपछि घरमै पुगेर परिवारका सदस्यलाई तिन लाख पन्द्र हजार ७ सय ५२ रुपैयाँ हस्तान्त्रण गरीएको स्थानीय अस्मिता भण्डारीले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ६ घर भई हाल प्रचुगलमा रहनुभएका हरि पुन र उहाँको श्रीमती सर्मिला पुनको सक्रियतामा संकलित २ लाख ६० हजार रुपैयाँ, अस्मिता भण्डारीको सक्रियतामा संकलित ४० हजार ७ सय ५२ रुपैयाँ र रमाइलो चौतारी समुहबाट पन्द्र हजार रुपैयाँ गरी कुल तिन लाख पन्द्र हजार ७ सय ५२ रुपैयाँ हस्तान्त्रण गरीएको बताइएको हो ।
आयोजित कार्यक्रम हिरा बुढाको अध्यक्षता, विमल पुन,राज कुमार बुढामगर, अस्मिता भण्डारी, गगन पून लगाएतको उपश्थितीमा उक्त रकम हस्तन्तरण गरीएको हो ।
बागलुङ २ प्रत्यक्षमा तिनहजार पचहत्तर ,प्रदेशसभा(२) एक हजार दुईसय दश मत बदर
बुर्तिबाङ
भर्खरै सकिएको निर्वाचनमा बागलुङ क्षेत्र नं. २ तर्फ कुल खसेको मतको ३०३७ मत वदर भएको छ । ९५ हजार ५३१ मतदाता रहेको यस क्षेत्रमा ५१ ह्जार १सय ३१ मत खसेको थियो । जसमध्ये ४८ हजार ०६० मत सदर र ३ हजार ०७५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ ले जनाएको छ ।
त्यस्तै प्रदेश सभा २ तर्फ ४१ ह्जार २ सय २७ मतदाता मध्ये २३ हजार १ सय ९४ मत खसेको थियो जसमा २१ ह्जार ९ सय ८४ मत सदर र १ हजार २१० मत बदर भएको हो । प्रदेश सभा २ तर्फ जम्मा ८ सय ६४ मत वदर भएको हो । मतदाता शिक्षाको कमि र गठवन्धन भएका कारण मतदाता अलमलमा परेको हुन सक्ने निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।
अहिलेको गठवन्धन स्थिर रहन्छ: जनताको मुद्धालाई साझा रुपमा लिएर सम्वोधन गछौँ
बुर्तिबाङ मंसिर ७
बागलुङ क्षेत्र नं. २ तर्फ निर्वाचित प्रदेश सभा र प्रतिनिधी सभाका उमेद्वारले जनताका समस्यालाई साझा मुद्धाका रुपमा लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन ।
प्रतिनिधी सभा तर्फ नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेल प्रदेश सभा तर्फ १ मा जीत बहादुर शेरचन र २ तर्फ दोर्ण कुमार कुवंरद्धारा सँयूक्त रुपमा पत्रकार भेटघाटमा वोल्दै आफुहरुले प्रदेश र संघ मार्फत जनताले दिएका जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने प्रतिबद्धता जनाएका हुन ।
क्षेत्र नं. २ मा जनताको मुल समस्या सडक, कृर्षि, शिक्षा र स्वास्थ्य रोजगारीको क्षेत्रमा सक्दो काम गर्ने बताउँदै आफुहरु संग निर्वाचनमा प्रतिस्प्रर्धा गर्ने साथिहरुको मुद्धालाइ समेत उठान गरेर जाने बताएका हुन ।
मध्यपहाडी लोकमार्ग स्तरउन्नती, स्थानीय समुदाय संग सम्मोन्य गरेर उत्तरगँगा जलाशय यूक्त आयोजना निर्माण प्रकृया अगाडी बढाउन पहल गर्ने, बुर्तिबाङ—ढोरपाटन सडक खण्डक कालोपत्रे अगाडी बढाउन तत्काल पहल गर्ने, कृषि क्षेत्रमा आधुनिकिरण र विस्तार, यूवा स्वरोजगार, ग्रामिण क्ष्ोत्रका सडकको स्तरउन्ती र कालोपत्रे जस्ता महत्वपूर्ण विकासका काममा आफुहरुले काम गर्ने प्रतिबद्धता जनाएका हुन । शिक्षा मन्त्री समेत रहेका देवेन्द्र पौडेलले वोल्दै शिक्षा क्षेत्रमा केही प्रगती भइसकेको बताउँदै शिक्षाको गुणस्तर बृद्धि र भौतिक पूर्वाधारका क्षेत्रमा आमुल परिवर्तन आउने गरी काम गरीने बताउनु भयो । उहाँले यो गठवन्धन अझै पाँच बर्षसम्म रहिरहने बताउनु भयो ।
प्रदेश सभामा जित हासिल गर्नुभएका दोर्ण कुमार कुवंरले वोल्दै निसीभुजी जनता क्याम्पसलाई आंज्ञीक क्याम्पसको रुपमा स्तरउन्नोती, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १०० शैयाको अस्पत्तालमा स्तरोन्ती, बुर्तिबाङ—तमान सडक कालोपत्रे, मोटरेवल पुल, झलुङ्गे पुल निर्माण जस्ता जनताका अति आवस्यक रहेका विकास निर्माणका कार्यमा सक्रिय पूर्वक काम गर्न बताउनु भयो । त्यस्तै प्रदेश सभा १ बाट विजयी हुनुभएका जीत बहादुर शेरचनले बोल्दै ताराखोला देखि ढोरपाटन सम्म ६ वटै पालिकाका समस्या आफुहरुले मिले सम्वोधन गर्ने बताउँदै जनताको वास्तविक समस्यालाई सम्वोधन गर्न सकेमात्रै जनताले दिएको अमूल्य मतको कदर हुने बताउनु भयो ।
भ्रष्ट्राचार नियन्त्रण गर्न सकेमात्रै धेरै विकास हुने बताउँदै आफुहरुले इमान्दारी पूर्वक काम गर्ने बताउनु भयो । बागलुङका दुई निर्वाचन क्षेत्र र ४ प्रदेश सभामा गठवन्धनले जित हासिल गरेको हो । क्षेत्र नं. १ मा राजमोका अध्यक्ष चित्र बहादुर के.सी. क्षेत्र नंं. २ मा नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेल र ४ वटै प्रदेश सभामा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका हुन । विजयी भएपश्चात आ—आफनो निर्वाचन क्षेत्रमा विजयी ¥याली समेत सुरु गरेका छन ।प्रतिनधिी सभामा पौडलले नेकपा एमालेका उमेदर मञ्जु सर्मालाई ४ हजार ५ सय ९९ मतान्तरले जित हासिल गर्नुभएको हो । पौडेलको २४ ह्जार ७ सय ७९ मत प्राप्त हुँदा सर्माको २० हजार १ सय ८० मत प्राप्त भएको हो ।
बागलुङका दुई निर्वाचन क्षेत्रमा गठवन्धनका उमेद्वारको अग्रता कायम
मंसिर ७
प्रदेश सभाको प्रत्यक्ष तर्फ मतगणना सकिएको बागलुङमा दुई निर्वाचन क्षेत्रमा गठवन्धनकै अग्रता कायम रहेको छ । क्षेत्र नंं. १ मा जनमोर्चाका चित्र बहादुर के.सी.ले १३ हजार ६ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेका सुर्य प्रसाद पाठकको १२ हजार ७ सय १६ मत प्राप्त भएको हो । अहिले सम्मको परिणाम अनुसार के.सी ८ सय ९८ मतान्तरले अगाडी रहनु भएको छ ।
क्षेत्र नं. २ तर्फपनी नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेलको अग्रता कायम छ । पौडेलको १३ हजार ४ सय १३ मत प्राप्त हुँदा नेकपा एमालेका मन्जु सर्माको ११ हजार १ सय ५२ मत प्राप्त भएको हो ।
बागलुङका ४ वटै प्रदेश सभामा नेपाली कांग्रेसका उमेद्वार विजयी
दुई प्रतिनिधी सभा र चार प्रदेश सभा रहेको बागलुङमा प्रत्यक्ष तर्फको प्रदेश सभाको मत परिणाम सार्वजनिक भएको छ । जसन्र्तग क्षेत्र नंं. २ प्रदेश सभा १ तर्फ साझा गठवन्धनको तर्फदेखि उमेद्वार रहनुभएको नेपाली कांग्रेसका जित बहादुर शेचनले जीत हासिल गर्नुभएको छ ।
उहाँले नेकपा एमालेको सर्मथनमा उमेद्वार वन्नु भएको प्रकाश घर्तिलाई पछि पार्दे जित हासिल गर्नुभएको हो । शेरचनले कुल पन्द्र हजार १सय ८ मत प्राप्त गर्दा प्रकाश घर्ति मगरका १२ हजार ८ मत प्राप्त भएको छ । शेरचनले तिन हजार १ सय मत अग्रता सहित जित हासिल गर्नुभएको हो । प्रदेश सभा २ तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले नेकपा एमालेका उमेद्वार लक्ष्मण पुनसंग तिन हजार ७ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।
उता क्षेत्र नंं. १ प्रदेश सभा १ तर्फ नेपाली कांग्रेसका दिपेन्द्र थापा विजयी हुनुभएको छ । कुल १३ हजार ८ सय ८४ मत लिएर जित हासिल गर्नुभएको थापाका प्रतिस्प्रधी नेकपा एमालेका हिरा बहादुर खत्रीले १२ हजार ४ सय ५ मत प्राप्त गर्नुभएको हो । थापाले १ हजार चार सय ८२ मतान्तरले जित हासिल गर्नुभएको हो ।
बागलुङ क्षेत्र नं १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन् । सुवेदीले नेकपा एमालेका नेता नवराज पौडेललाई पराजीत गर्दै गण्डकी प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । सुवेदीले १३ हजार ३ सय २० ल्याएर बिजयी हुँदा पौडेलले ७ हजार २ सय ५३ मत पाए सुवेदीले ६ हजार ६७ मतले अग्रत सहित जित हासिल गरेका हुन ।










