spot_img

बागलुङका दुई निर्वाचन क्षेत्रमा गठवन्धनका उमेद्वारको अग्रता कायम

मंसिर ७

प्रदेश सभाको प्रत्यक्ष तर्फ मतगणना सकिएको बागलुङमा दुई निर्वाचन क्षेत्रमा गठवन्धनकै अग्रता कायम रहेको छ । क्षेत्र नंं. १ मा जनमोर्चाका चित्र बहादुर के.सी.ले १३ हजार ६ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेका सुर्य प्रसाद पाठकको १२ हजार ७ सय १६ मत प्राप्त भएको हो । अहिले सम्मको परिणाम अनुसार के.सी ८ सय ९८ मतान्तरले अगाडी रहनु भएको छ ।
क्षेत्र नं. २ तर्फपनी नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेलको अग्रता कायम छ । पौडेलको १३ हजार ४ सय १३ मत प्राप्त हुँदा नेकपा एमालेका मन्जु सर्माको ११ हजार १ सय ५२ मत प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित