
बुर्तिबाङ मंसिर १३
गत मंसिर ४ को निर्वाचनमा निर्वाचित प्रदेश सभा र प्रतिनिधी सभाका प्रतिनिधीलाई बागलुङ क्षेत्र नंं. २ को निर्वाचन कार्यालयद्धारा प्रमाणपत्र हस्तान्त्रण गरीएको छ ।
क्षेत्र नंं. २ बाट प्रतिनिधी सभा तर्फ गठवन्धनको तर्फदेखि नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षा, विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रदेश सभा १ मा नेपाली कांग्रेस जिल्ला सभापती जीत बहादुर शेरचन र प्रदेश सभा २ तर्फ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवंरलाई निर्वाचन अधिकृत बावुराम पाण्डेद्धारा बधाई तथा थप सफलताको शुभकामना सहित औपचारिक रुपमा विजयी भएको प्रमाणपत्र हस्तन्त्रण गर्नुभएको हो । अधिकृत पाण्डेले निर्वाचनलाई सफल पार्न सहयोग गर्ने राजनैतिक दल, सुरक्षा निकाय र पत्रकार लगाएत यस क्षेत्रका उमेद्वार र मतदातालाई समेत धन्यबाद ज्ञापन गर्नुभयो ।
आयोजित कार्यक्रममा प्रनिनिधी सभाका सांसद देवेन्द्र पौडेल तथा प्रदेश सभाका सांसद द्धय दोर्ण कुमार कुवंर र जीत बहादुर शेरचनले वोल्द्यै निर्वाचनलाई शान्त, मर्यादित र निश्पक्ष रुपमा सम्पन्न गराउने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएत आम मतदातालाई धन्यबाद ज्ञापन गर्दे जनताको सिर उचो हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालको सञ्चालनमा सम्पन्न भएको हो ।