बागलुङ २ प्रत्यक्षमा तिनहजार पचहत्तर ,प्रदेशसभा(२) एक हजार दुईसय दश मत बदर

बुर्तिबाङ
भर्खरै सकिएको निर्वाचनमा बागलुङ क्षेत्र नं. २ तर्फ कुल खसेको मतको ३०३७ मत वदर भएको छ । ९५ हजार ५३१ मतदाता रहेको यस क्षेत्रमा ५१ ह्जार १सय ३१ मत खसेको थियो । जसमध्ये ४८ हजार ०६० मत सदर र ३ हजार ०७५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ ले जनाएको छ ।
त्यस्तै प्रदेश सभा २ तर्फ ४१ ह्जार २ सय २७ मतदाता मध्ये २३ हजार १ सय ९४ मत खसेको थियो जसमा २१ ह्जार ९ सय ८४ मत सदर र १ हजार २१० मत बदर भएको हो । प्रदेश सभा २ तर्फ जम्मा ८ सय ६४ मत वदर भएको हो । मतदाता शिक्षाको कमि र गठवन्धन भएका कारण मतदाता अलमलमा परेको हुन सक्ने निर्वाचन अधिकृत बावुराम पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित