
बुर्तिबाङ मंसिर १५
गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंरले जनताका समस्या र गुनासो लाई मध्यनजर राख्दै विभिन्न सरकारी कार्यालयमा पुगेर जनसुनासो सहित कार्यालयको समस्या बुझ्ने अभियान सुरु गर्नुभएको छ ।
नागरीकलाई दिइने सेवा अन्र्तगत छिटो छरितो र सहज तरिकाले सेवा प्रवाह भए नभइको अवस्था र कार्यालयमा रहेका समस्याका विषयमा बुझन् विहिबार इलाका प्रशासन कार्यालय बुर्तिबाङ पुग्नुभएका साँसद कुवंरले कार्यालय प्रमुख लोक बहादुर कुवंर संग करिव ३० मिनेट छलफल गर्दे जनताका समस्या र सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन आग्रह सहित प्रशासनिक समस्यामा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले थप वोल्दै जनताले सेवा प्रवाहको सन्र्दभमा बढि भिँडभाडका कारण सास्ति खेप्नु परेको,समयमा काम नहुने जस्ता गुनासो नागरीकबाट आएका कारण त्यसलाई व्यवस्थापन गरेर जान सुझाव दिनुभयो । हाल १० जना कर्मचारीको दरवन्दी रहेको प्रशासन कार्यालयमा नागरीकता, राष्ट्रिय परिचय पत्र, पासपोर्ट फाँटमा गरी ९ जना कर्मचारी रहेको पाइएको छ । प्रशासन कार्यालयमा रहेको कर्मचारी समस्या र कर्मचारी बुर्तिबाङमा वस्न नखोजी तत्काल सरुवा हुने प्रचलनलाई रोक्ने गरी सम्वोधन गर्न साँसद कुवंरले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई फोन मार्फत जानकारी गराउनु भएको हो ।
इलाका प्रशासन बुर्तिबाङमा हाल ४ जना करार र ५ जना स्थाई कर्मचारी रहेको कार्यालय प्रमुख लोक बहादुर कुवंरले बताउनु भयो । उहाँले कार्यालयबाट प्रवाह हुने काममा नागरीकलाई कुनै सास्ति दिने काम कर्मचारीबाट नभएको बताउँदै आफु स्थानीय नागरीक समेत भएका कारण पनी नागरीकको सेवामा कुनै स्वार्थ नराखी काम गरेको प्रस्ट पार्नुभयो ।
उहाँले दरवन्धी अनुसारको कर्मचारी व्यवस्थापन र निजी प्रशासनिक भवनको समस्या रहेका कारण उक्त समस्याको सम्वोधन गरीदिन साँसद कुवंरलाई अनुरोध गर्नुभयो ।
सांसद कुवंरले विद्यालयको शैक्षिक र भौतिक अवस्थाको विषयमा अनुसन्धान अवलोकन गर्न विभिन्न विद्यालयमा पुग्दै आउनु भएको छ । अन्य सरकारी कार्यालयमा समेत क्रमश पुग्ने र त्यहाँको सेवा प्रवाहको अवस्था, कर्मचारी व्यवस्थापन लगाएतका विषयमा अनुगमन गरीने बताउनु भयो ।