गाउँगाउँमा पुगेर मतदातालाई धन्यबाद दिँदै जनताका समस्या बुझ्दै प्रदेश सभा सांसद दोर्ण कुवंर

मंसिर १०
मंसिर ४ गतेको निर्वाचनमा साझा गठवन्धनको तर्फदेखि गण्डकी प्रदेश सभामा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता दोर्ण कुमार कुवंर र प्रदेश सभा नेपाली कांग्रेसका समानुपातीक सांसद दिलमाया पौवीले आफु निर्वाचित भएसंगै गाउँगाउँमा पुगेर मतदातालाई धन्यबाद दिँदै जनताका समस्या वुझ्न थाल्नुभएको छ ।
आफनो निर्वाचन क्षेत्र अन्र्तगत निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत २२ वटै वडामा पुगेर मतदातालाई धन्यबाद दिने जनताका समस्या वुझ्ने गरी अभियान सुरु गरीएको सांसद दोर्ण कुमार कुवरले बताउनु भयो ।
यतिवेला निसीखोला गाउँपालिकाको वडा नं.३,४,५ र ६ नम्वर वडामा कार्यक्रम सम्पन्न भइसकेको बताउँदै आफुहरुले सबैको सहभागिता र अपनत्व हुने गरी पाँच बर्षमा जनमतको कदर गर्दे यस क्ष्ोत्रको विकाश र समृद्धिमा जोडिने बताउनु भयो ।
जनताका समस्या आफुले र गठवन्धनका निर्वाचित साँसदले प्रदेश र सँघ सरकार मार्फत विकास निर्माणका कार्यमा अगाडी बढ्ने बताउनु भयो । आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती तारानाथ पौडेल, राष्ट्रिय जनमोर्चाका नेता खिम विक्रम शाही, नेपाली कांग्रेस प्रदेश सभापती मेशलाल सर्मा, नेकपा माओबादी केन्द्रका निसीखोला अध्यक्ष कुविर विश्वकर्मा लगाएत नेता कार्यक्रताको आतिथ्या एवं उपश्थितीमा मतदातालाई धन्यबाद सहित निर्वाचित प्रतिनिधीलाई शुभकामना मन्तव्य राख्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित