Home Blog Page 142

बुर्तिवाङमा प्राविधिक धारका विद्यार्थीलाई ट्राफिक सचेता कार्यक्रम

0

बिनोद विश्वकर्मा,बुर्तिबाङ

ईलाका प्रहरी कार्यालय बुर्तिवाङको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बुधबार ढोरपाटन टेक्निकल क्वालेजमा अध्यनरत विद्यार्थीलाई ट्राफिक सचेतना संम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ढोरपाटन टेक्निकल क्वालेजको आयोजना तथा अस्थायी ट्राफिक पोष्ट बुर्तिवाङको संयोजनमा अध्यनरत विद्यार्थीलाई सचेतना गराईएको हो ।

कार्यक्रमको अवसरमा बागलुङ जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा समेत रहेको बुर्तिवाङ बजारमा सवारीलाई नियमन तथा सवारी पार्किङमा चुनौति रहेको समयमा क्वलेजले त्यसखालको कार्यक्रम आयोजना गर्नु सकरात्मक रहेको कार्यक्रम प्रशिक्षक शहायक प्रहरी निरिक्षक विशाल दर्जीले बताउनु भयो । प्रशिक्षक परियारले विद्यार्थीलाई ट्राफिक चिन्ह,जेब्रा क्रस,तथा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेमा हुने जोखिम कानुन तथा व्याक्तिगत व्यावसायका सवारीमा चढेर दुर्घटना हुने क्षतिको विषयमा जानकारी गराउनु भएको थियो ।

“बजारमा भित्र धेरै ठूला सवारीलाई प्रवेसमा रोक लागाउने विषयमा धेरै कोषिस गरियो स्थानिय सरोकारवाला तथा प्रशासनले खासै चासो देखाएन, हामि मात्रै तयार भएर केही हुदैन निरिक्षक परियारले भन्नु भयो । यस विषयमा स्थानिय निकायले समेत दरियो नियम कानुन तथा सचेतना गरनउन जरुरी छ” परियारले भन्नु भयो ।

निरिक्षक परियारले बुर्तिबाङ बजारमा व्यवस्थित पार्किङमा स्थानियको साथ नहुनदा बजार व्यावस्थापनमा समस्या भएको बताएका छन् यस क्षेत्रमा रातो नम्बर प्लेटका सवारी साधनमा धेरैले यात्रा गरिरहेको र यस खालका सवारीलाई कालो प्लेटमा दर्ता गरी चलाएमा सवारी तथा चालकलाई समेत सहज हुने बताउनु भएको छ । कार्यक्रमको अवसरमा क्वलेजका प्रवन्ध निर्देशक हरी सावत, प्रिन्सिपल दिप दर्शन कुवँर, पत्रकार विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक परियार र विद्यार्थी बीचमा सवारी नियम सम्बन्धि प्रश्नउत्तर समेत भएको हो ।

शाइन रेसुंगा बैंक बुर्तिवाङ शाखा द्धारा देविस्थान माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण

0

बिनोद विश्वकर्मा बुर्तिवाङ

शाइन रेसुंगा विकास बैंक बुर्तिवाङ शाखा द्धारा देविस्थान माध्यमिक विद्यालयका ५९ छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

मंगलबार निसीखोला गाउँपालिका वडा नं १ स्थित विद्यालयमा पुगेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा कक्षा १ देखी कक्षा ३ सम्मका ५९ छात्र छात्रालाई न्यानो कपडा अन्र्तगतको प्रति विद्यार्थी १ थान सुइटर वितरण गरिएको छ ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चन्द्रसिंह रामजालिले बैंकले गरेको कामलाई धन्यावाद दिनु भयो,अध्यक्ष रामजालिले सकरात्मक कार्यलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ,यसखालको कामले विद्यार्थीलाई पढाईमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बैंकको तर्फबाट बुर्तिवाङ शाखाका शाखा प्रवन्धक प्रेमनाथ पौडेलले बैंकको बारेमा सेवासुविधा तथा बैकंको गतिविधिको जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रधानध्यापक झग बहादुर क्षेत्री, विद्यालय व्यावस्थापन समिति सदस्य राम बहादुर रसाईली,समितिका आर्थिक संयोजक खिम बहादुर कार्की, शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक पूर्ण प्रसाद सपकोटाको स्वागत शिक्षक विनोद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । बैंकले बिभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यक्रम गदै आएको छ । यस भन्दा अगाडी प्रभा माध्यामिक विद्यालय बोहरागाउँमा बृक्षरोपण देविस्थान माध्यामिक विद्यालयमा कक्षा कोठामा भित्तेलखन तथा बृक्षरोपण र ढोरपाटन नगरपालिकाको बिद्याविकास माध्यमिक विद्यालयमा बृक्षरोपण लगाएतको कार्यक्रम गरेको शाइन रेशुंगा बैंक बुर्तिवाङ शाखाका शाखा प्रबन्धक प्रेमनाथ पौडेलले जानकारी दिनु भयो ।

रुपन्देही जिल्लामा प्रधान कार्यलय रहेको बैंकले ८७ स्थानमा शाखा १ वटा एक्सटेन्शन र १६ वटा स्थानमा एटि एम मार्फत सेवा दिरहेको छ ।

प्रधानमन्त्रीका लागि दाबी पेस गर्न राष्ट्रपतिद्वारा आह्वान

0

काठामाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिनुभएको जानकारी गराएको छ ।

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि एक सय ३८ सांसदको आवश्यकता पर्छ ।

प्रधानमन्त्रीका लागि दाबी पेस गर्न राष्ट्रपतिद्वारा आह्वान

0

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिनुभएको जानकारी गराएको छ ।

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि एक सय ३८ सांसदको आवश्यकता पर्छ ।

ढोरपाटन उद्योग वाणिज्य संघ : आर्थिक पारदर्शिता पनि छैन, पद छोड्ने पनि होइन

0

बुर्तिबाङ पौष ३
२०७७ साल मंसिर महिनामा स्थापना भएको ढोरपाटन उद्योग वाणिज्य संघ गुमनाम जस्तै वनेको ३ बर्ष पुगिसकेको छ । यहाँका व्यवसाहीको हक अधिकार स्थापित गर्ने व्यवसायिक क्षेत्रलाई प्रोत्सान र नियमन गर्ने र विभिन्न रचनात्मक काम गर्ने जस्ता उदेश्यका साथ स्थापना भएको संस्थाको समितीको लापरवाहीका कारण आजको मिती सम्म न आर्थिक चुस्त दुरुस्त छ नत अडिट छ नत कुनै बैठक भेला ,साधारण सभा ,अधिवेशन केहि छैन कोही जिम्मेवार वन्नै खोज्दैन ।
बुर्तिबाङ्ग बजारका भ्रद, जान्ने, मान्ने सम्मका व्यक्ति समितीमा छन तर तिनै व्यक्ति गैर जिम्मेवार वन्दा संस्थाको यस्तो हालत वनेको छ यस विषयमा व्यसाहीको गुनासो निरन्तर बद्दै गएको छ । उनिहरुले नत आफुले पाएको पद छोड्न खोज्छन नत केही काम नै गर्छन व्यवसाहीले पटक पटक ध्यानाकर्षण गराइरहेका छन तर पछिल्लो समय समिती कानमा तेल हालेर सुतेको छ व्यवसाहीका समस्या सुन्दै सुन्दैन स्थानिय केयरसिंह गुरुङले भने ।
समितीका अध्यक्ष चिन्तामणी कंडेल स्थाई वसोवास सहित काठमान्डौमा छन गत मंसिर ४ को निर्वाचन अगाडी बुर्तिबाङ्गमा देखिएका उनी निर्वाचन सकिए लगत्तै आर्थिक हिसाव पनी मिलाउने र समिती समेत नयां गठन गर्ने आश्वासन व्यवसाहीलाई दिएका थिए तर निर्वाचन सकिए लगत्तै छलफल र बैठक नै नवसी काठमान्डौ फर्किएको र हालसम्म व्यवसाहीको कुनै माग सुनुवाई हुन नसकेको व्यवसाही ढालेन्द्र छन्त्यालले बताए ।
समितीलाई पटक पटक ताकेता दिँदा समेत मौन वस्नु आफैमा गैर जिम्मेवार र कुनै न कुनै तवरले आर्थिकमा समेत अपारदर्सिता रहेको व्यवसाहीको आरोप छ । हाल ढोरपाटन उद्योग वाणिज्य संघमा ६ सय ५० बढि सदस्य रहेको र जसमध्ये ५६ जना आजिवन सदस्य रहेको सँस्थाका कोषाध्यक्ष फारम बहादुर कुवंरले बताए ।
उनका अनुसार सदस्य र आजिवन सदस्यबाट संकलन भएको रकम मध्ये १३ लाख रुपैयाँ बुर्तिबाङ्ग बजारकै त्रिवेणी सहकारीमा राखिएको थियो जसमध्ये दुई लाख रुपैयाँ खर्च भई करिव एघार लाख रुपैयाँ बाँकी रहेको बताउँछन । सँस्थाको नाममा नेपाल बैँक बुर्तिबाङ्ग शाखामा समेत खाता खालिएको छ थोरै मात्र रकम बैँकमा राखेर बाँकी रहेको रकम सहकारीमा राखिएको कोषाध्यक्ष कुवंरको भनाई रहेको हो ।
तर व्यवसाहीले भने समितीको खातामा १७ लाख बढि रकम हुनुपर्ने माग गर्दे समितीले आर्थिक विवरण तत्काल देखाउनु पर्ने माग राख्दै आएका छन । गत कात्तिक १९ गते बजारका व्यवसाही, वस्तुगत समितीका पदादिकारी लगाएतको बैठकले १ हप्ता सम्म आर्थिक हिसाव मिलाएर मार्ग प्रसस्त गर्न अल्टिमेटम समेत दिएको थियो तर समितीले त्यसको वास्तै गरेको पाइएन ।
कोषाध्यक्ष फारम कुवंरका अनुसार समितीका जिम्मेवार व्याक्तिबाटै बाँकी रकम उठ्न बाँकी रहेका कारण सबै रकम संस्थाको खातामा नरहेको बताइएको छ ।
संस्था स्थापना भएको ३ बर्ष वित्दै गर्दा हालसम्म अडिट हुन सकेको छैन पदको लागी मरिहत्ते गर्ने पदलुप्ताहरु काम गर्न प्रस्ट हिसाव राख्न र सँस्थालाई चलायमान वनाउन चाँही किन पछि पर्दे होलान व्यवसाहीको भनाई यस्तै सुनिँदै आएको छ । समितीका केहि सदस्य भने आर्थिक पारदर्सितालाई चुस्त बनाएर हालको समितीले नयाँ टिमलाई जिम्मेवार सुम्पिनु पर्ने बताउँदै आएका छन । हाल सम्म समितीका उपाध्यक्ष निमलाल पाण्डे लगाएतको सक्रियतामा वस्तुगत समिती संग सम्मोन्य गर्दे शनिवार बजार वन्द गर्ने नियम चल्दै व्यवसाही टिकाराम पाण्डेले बताए ।
२०७७ साल मंसिरमा दर्ता भएको उक्त सँस्थाको अधिवेशन गर्ने तयारी रहेपनी कोभिड १९ का कारण भन्दै सारिएको थियो त्यस लगत्तै हालसम्म सँस्था मौन रहेको पाइएको छ ।

पिकअप जिपले किच्दा निसीखोलामा ३ बर्षीय बालकको मृत्यु

0

बिनोद विश्वकर्मा ,बुर्तिवाङ,

जिल्लाको निसीखोला गाउँपालिका २ मा पिकअप जिपको चक्काले किच्दा एक बालकको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका २ बायखोलाका ३ बर्षका सुभम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता गंगा बहादुर थापाले जानकारी दिनु भएको छ ।

सनिबार बिहान ८ बजेको समयमा लु १ ज ४५२० नम्बरको पिकअप जिपले मृतक कार्कीको घर अगाडी गाडी रोकी सामान लोड गरिराखेको समयमा बच्चा अचानक गाडीको पछाडीको चक्कामा भएको थाहाँ नभै गाडी अगाडी बढाउदा आचानक पछाडीको चक्काले किच्दा घटना स्थलमै मृत्यु भएको निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।

घटना पश्चात् सवारी चालक निसीखोला २ का ३९ बर्षिय हुम बहादुर भन्डारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रबक्ता गंग बहादुर थापाले जानकारी दिनु भयो ।

सिवाईसी साकोसको १३ औँ बार्षिक साधारण सभा: सेवा प्रवाहलाई उत्कृष्ट बनाउँदै ३० हजार सेयर सदस्य ४५ करोड सेयर पुँजी पु¥याउने लक्ष्य

0

बुर्तिबाङ्ग पौष १
सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाको १३ औँ वार्षिक साधारण सभा शुक्रबारदेखि सुरु भएको छ । आगामीपौष ५ गतेसम्म शाखा स्तरमा कार्यक्रम सम्पन्न गर्ने उदेश्य सहित शुक्रबार बुर्तिबाङ्ग सेवा केन्द्र लगाएत विभिन्न सात सेवा केन्द्रको एकै समयमा उद्धघाटन गर्दे साधारण सभा सम्पन्न गरीएको हो ।
बुर्तिबाङ्गमा आयोजित साधारण सभालाई सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाका केन्द्रिय अध्यक्ष एवं नेफ्सकुनका केन्द्रिय सदस्य चण्डी प्रसाद सर्माले उद्धघाटन गर्नुभयो सर्माले कार्यक्रममा वोल्दै सहकारी हुने खाने र हुँदा खाने वर्ग विचको खाडल पुर्ने र पुँजिको बृद्धि गर्दे आर्थिक उर्पाजनमा टेवा पु¥याउने माध्यम भएको बताउनु भयो सहकारी संस्थाको माध्यमबाट सेयर सदस्यको हितहुने गरी रचनात्मक काम गर्ने सदस्यलाई आई पर्ने शुख दुःख मा सहकार्य गर्ने माध्यम सहकारी रहेको बताउनु भयो ।
देशभर ३४ हजार ७ सय बढि सहकारी सँस्था हुँदै गर्दा सिवाईसी वचत तथा ऋण सहकारी सँस्थाले १२ बर्षसम्म सेयर सदस्यको सेवाभाव संग रहेर विभिन्न योजना र रचनात्मक कार्यक्रम गर्दे देशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित भइसकेको बताउँदै देशमा आर्थिक संकट आउँदा होस वा सेवाग्राही लाई छिटो र सहज रुपमा सिवाईसी सहकारीले सेयर धनीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
सहकारीम ाहाल २४ हजार ३ सय ४२ सयेर सदस्य, बाल वचतकर्ता ४ हजार १ सय ४० शेयर पुँजी ३९ करोड ६३ लाख७हजार ५ सय रुपैयाँ, वचत रकम १ अर्व ४७ करोड, ८६ लाख, १९ हजार ९७५ रुपैयाँ ऋण लगानी १ अर्व ५४ करोड ५३ लाख, ९४ हजार ४८६ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरीएको छ ।
त्यस्तै १० करोड ९१ लाख, ७१ ह्जार ५४६ रुपैयाँ कोषहरु र दायित्व रहित कोष ७ करोड ६० लाख, ५८ हजार ६४४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ । कुल २६ शाखाबाट सेवाप्रवाह गरेको सँस्थाले आर्थिक वर्ष २०७९÷०८० मा पोखरा सम्म आफनो सेवा विस्तार गर्ने, ३० हजार सेयर सदस्य, शेयर पुँजी ४५ करोड पु¥याउने लक्ष्यका साथ सहकारी अगाडी बढेको अध्यक्ष चण्डी प्रसाद सर्माले बताउनु भयो । हाल सहकारीको २५ शाखाबाट सेवा प्रवाह भइरहेको हो
आयोजित कार्यक्रमका अवसरमा त्रिवेणी वचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष उत्तम बहादुर महतले वोल्दै बागलुङ्गमा सहकारी क्षेत्रको विकास र विस्तार गर्ने सिवाईसी सहकारी रहेको बताउँदै सिवाईसीका अध्यक्ष चण्डीप्रसाद सर्माले सहकारी क्षेत्रमा खेलेको भुमिका अतुलनिय रहेको बताउनु भयो । पछिल्लो समय देशमा आर्थिक सँकट हुँदै गर्दा बैँकले सहकारीलाई विभेद गर्ने गरेको बताउनु भयो बैँकहरु धनी व्यक्तिको मा पुग्ने, बढि पुँजी भएका व्यक्तिलाई मात्र लगानी गर्ने जस्ता परिपाटिका कारण आर्थिक रुपमा पछि परेका व्यक्तिका निम्ती सहकारी सँस्थाले सहजिकरणको रुपमा महत्वपूर्ण भुमिका खेलिरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा बुर्तिबाङ्ग सेवा केन्द्र सञ्चालन समिती कोषाध्यक्ष केशकुमारी बुढा द्धारा आर्थिक प्रतिवेदन,सँस्थाका प्रमुख गंगा देवी थापा द्धारा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ कार्यक्रमका अवसरमा उत्कृष्ट ऋणी र उत्कृष्ट वचतकर्ता सम्मान समेत गरीएको हो ।
कार्यक्रममा सँस्थाका परामर्सदाता हिरालाल पौडेल, पत्रकार छविलाल पाण्डे, शेयर सदस्य निल बहादुर पुन लगाएतको सुभकामना मन्तव्य रहेको कार्यक्रम बुर्तिबाङ्ग सेवाकेन्द्र सञ्चालन समिती अध्यक्ष कृष्ण के.सीको अध्यक्षता, सञ्चालन समिती सदस्य शान्ता घर्ति थापाको स्वागत सचिव चुणमणी भुषालको सञ्चालनमा सम्पन्नभएको हो । शुक्रबार बुर्तिबाङ सेवाकेन्द्र, भिमगिठे सेवाकेन्द्र, निसीखोला सेवा केन्द्र, हटिया केन्द्र, खर्वाङ केन्द्र , तमानखोला केन्द्र काँडेवास सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी निसीखोला सेवा केन्द्रमा गण्डकी प्रदेशका निवर्तमान सांसद खिम विक्रम बाहीले प्रमुख अतिथीको रुपमा उद्धघाटन गनुभएको हो । आयोजित कार्यक्रममा सँस्थाका केन्द्रिय उपाध्यक्ष एवं वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

जिल्लाको समस्या लिएर प्रधानमन्त्री संग पुगे बागलुङका सांसद

0

बुर्तिबाङ मंसिर २९

बागलुङबाट गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित प्रदेश सभा र प्रतिनिधी सभाका सांसदहरु बागलुङ जिल्लाको विभिन्न विकास निर्माणका समस्या र पछि परेका योजना लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग भेट गरेका छन ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल, प्रदेश सभा सांसद दोर्ण कुमार कुवंर, जित बहादुर शेरचन, दिपेन्द्र थापा लगाएत नेताहरुको उपश्थितीमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गर्दे बागलुङ घोँडाबाँडे मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती, उत्तरगंगा जलाशय यूक्त आयोजना निर्माण, अर्नाकोट एर्यपोट निर्माण, निसीभुजी जनता क्याम्पसलाई आ.गिक क्याम्प बनाउनु पर्ने माग, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती लगाएत बागलुङ जिल्लाका अन्य विकास र आयोजनाकाृ विषयमा ध्यानाकर्षण सहित जानकारी गराइएको हो ।

साँसद दोर्ण कुवंरको एक्सन: सडक,विधुत खानेपानी देखि पुल निर्माण सम्मका समस्या लिएर मन्त्रालयमा

0

बुर्तिबाङ मंसिर २९

गत मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ (२) प्रदेश सभाबाट निर्वाचित दोर्ण कुमार कुवंर आफु माननिय भएको केहि दिनदेखि नै यस क्षेत्रका समस्या लिएर विभिन्न मन्त्रालय देखि प्रधानमन्त्री सम्म पुग्नु भएको छ ।
पश्चिम बागलुङका नागरीकले लामो समय देखि समस्या झेल्दै आएको मध्यपहाडी लोकमार्ग बागलुङ–घोँडाबाँडे सडक निर्माण, ढोरपाटन ५ मा अलपत्र वनेको मोटरेवल प्ुल निर्माण , केन्द्रिय विधुत विस्तार लगाएतका योजना र समस्या लिएर मन्त्रालय देखि मन्त्री तथा अधिकृतलाई जानकारी गराउने, दुर्त गतिमा काम हुनुपर्ने माग सहित साँसद कुवँर सहितको टोलीले भेटघाटलाई तिव्रता दिँदै ध्यानाकर्षण गराएको छ ।
मध्यपहाडी लोकमार्ग बागलुङ– बिहुँ घोँडाबाँदे खण्डमा सडक कालोपत्रेको काम लामो समयदेखि अलपत्र रहेको बताउँदै तत्काल पुरानो ठेक्का सम्झौता टोडेर नयाँ ठेक्का सम्झौता गरि काम तिव्र गतिमा गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई अनुरोध गरेका छन ।
त्यसैगरी आफनो क्षेत्रमा पर्ने निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका २२ वटै वडामा पुग्ने गरी तत्काल केन्द्रिय विधुतको पहुँच पु¥याउन अनुरोध सहित नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग छलफल गर्नुभएको छ । हाल पश्चिम बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा मात्र विधुत पहुँच पुगेको हो ।
ढोरपाटन नगरपालिका ५ अधिकारीचौर स्थित अस्तु ओडारबोट मोटरेवल पुलको ठेक्का खारेज गरि तत्काल नयाँ ठेक्का प्रकृया सुरु गरेर काम गर्न अनुरोध गरेसंगै गत वुधबार नै उक्त पुलको ठेक्का रद्ध भएको सुचना प्रकाशित भइसकेको हो । उक्त पुल विगत ६ बर्षदेखि निर्माण अलपत्र वनेको थियो ।
त्यसैगरी निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका अन्र्तगत विभिन्न वडामा रहेको खानेपानी समस्याको सम्वोधन गरीदिन माग सहित खानेपानी विभाग र आयोजना प्रमुख रामचन्द्र काफ्ले संग अनुरोध गर्नुभएको छ । ढोरपाटन नगरपालिकाको वडा नंं. २,५ र ७ नम्वर निसीखोला गाउँपालिकाको २,४,५ र ६ नम्वर वडामा खानेपानीको पहुँच पु¥याउनका निम्ती आवस्यक डिपिआरका निम्ती निर्दशन भएका कारण प्रकृया अगाडी बढ्ने सांसद कुवंरले बताउनु भयो ।
सांसद कुवंर सहित गण्डकी प्रदेश सभाका समानुपातीक सांसद दिलमाया पौवी, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगाएतको टोलिले विभिन्न मन्त्रालय तथा आयोजना कार्यालयमा पुगेर जनताका समस्याको सम्वोधन गर्न ध्यानाकर्षण सहित काम अगाडी बढाउन आग्रह गरेका छन । आफुले जनताका माझमा गरेका प्रतिबद्धता पुरा गर्नकै लागी जनताका समस्या लिएर सम्वन्धीत निकायमा पुगेको सांसद कुवंरले बताए ।

माटोको ढिस्कोले पुरिएर म्याग्दीमा निर्माण व्यवसायीको ज्यान गयो

0

म्याग्दीको बेनी नगरपालिका ८ बेनीमा आज (बुधवार) माटोको ढिस्को खसेर पुरिँदा एक जना निर्माण व्यवसायीको ज्यान गएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणस्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका ६ घारका कृष्ण बरुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दी क्याम्पसको भवन निर्माणका लागि खनिएको जगको नाप÷जाँच गर्न पुगेका निर्माण व्यवसायी बरुवालको जगभन्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार माटोको ढिस्कोले पुरिएका बरुवालको डोजरको सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरी बेनी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । निर्माण व्यवसायी बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुनुहुन्छ ।