spot_img

ढोरपाटन उद्योग वाणिज्य संघ : आर्थिक पारदर्शिता पनि छैन, पद छोड्ने पनि होइन

बुर्तिबाङ पौष ३
२०७७ साल मंसिर महिनामा स्थापना भएको ढोरपाटन उद्योग वाणिज्य संघ गुमनाम जस्तै वनेको ३ बर्ष पुगिसकेको छ । यहाँका व्यवसाहीको हक अधिकार स्थापित गर्ने व्यवसायिक क्षेत्रलाई प्रोत्सान र नियमन गर्ने र विभिन्न रचनात्मक काम गर्ने जस्ता उदेश्यका साथ स्थापना भएको संस्थाको समितीको लापरवाहीका कारण आजको मिती सम्म न आर्थिक चुस्त दुरुस्त छ नत अडिट छ नत कुनै बैठक भेला ,साधारण सभा ,अधिवेशन केहि छैन कोही जिम्मेवार वन्नै खोज्दैन ।
बुर्तिबाङ्ग बजारका भ्रद, जान्ने, मान्ने सम्मका व्यक्ति समितीमा छन तर तिनै व्यक्ति गैर जिम्मेवार वन्दा संस्थाको यस्तो हालत वनेको छ यस विषयमा व्यसाहीको गुनासो निरन्तर बद्दै गएको छ । उनिहरुले नत आफुले पाएको पद छोड्न खोज्छन नत केही काम नै गर्छन व्यवसाहीले पटक पटक ध्यानाकर्षण गराइरहेका छन तर पछिल्लो समय समिती कानमा तेल हालेर सुतेको छ व्यवसाहीका समस्या सुन्दै सुन्दैन स्थानिय केयरसिंह गुरुङले भने ।
समितीका अध्यक्ष चिन्तामणी कंडेल स्थाई वसोवास सहित काठमान्डौमा छन गत मंसिर ४ को निर्वाचन अगाडी बुर्तिबाङ्गमा देखिएका उनी निर्वाचन सकिए लगत्तै आर्थिक हिसाव पनी मिलाउने र समिती समेत नयां गठन गर्ने आश्वासन व्यवसाहीलाई दिएका थिए तर निर्वाचन सकिए लगत्तै छलफल र बैठक नै नवसी काठमान्डौ फर्किएको र हालसम्म व्यवसाहीको कुनै माग सुनुवाई हुन नसकेको व्यवसाही ढालेन्द्र छन्त्यालले बताए ।
समितीलाई पटक पटक ताकेता दिँदा समेत मौन वस्नु आफैमा गैर जिम्मेवार र कुनै न कुनै तवरले आर्थिकमा समेत अपारदर्सिता रहेको व्यवसाहीको आरोप छ । हाल ढोरपाटन उद्योग वाणिज्य संघमा ६ सय ५० बढि सदस्य रहेको र जसमध्ये ५६ जना आजिवन सदस्य रहेको सँस्थाका कोषाध्यक्ष फारम बहादुर कुवंरले बताए ।
उनका अनुसार सदस्य र आजिवन सदस्यबाट संकलन भएको रकम मध्ये १३ लाख रुपैयाँ बुर्तिबाङ्ग बजारकै त्रिवेणी सहकारीमा राखिएको थियो जसमध्ये दुई लाख रुपैयाँ खर्च भई करिव एघार लाख रुपैयाँ बाँकी रहेको बताउँछन । सँस्थाको नाममा नेपाल बैँक बुर्तिबाङ्ग शाखामा समेत खाता खालिएको छ थोरै मात्र रकम बैँकमा राखेर बाँकी रहेको रकम सहकारीमा राखिएको कोषाध्यक्ष कुवंरको भनाई रहेको हो ।
तर व्यवसाहीले भने समितीको खातामा १७ लाख बढि रकम हुनुपर्ने माग गर्दे समितीले आर्थिक विवरण तत्काल देखाउनु पर्ने माग राख्दै आएका छन । गत कात्तिक १९ गते बजारका व्यवसाही, वस्तुगत समितीका पदादिकारी लगाएतको बैठकले १ हप्ता सम्म आर्थिक हिसाव मिलाएर मार्ग प्रसस्त गर्न अल्टिमेटम समेत दिएको थियो तर समितीले त्यसको वास्तै गरेको पाइएन ।
कोषाध्यक्ष फारम कुवंरका अनुसार समितीका जिम्मेवार व्याक्तिबाटै बाँकी रकम उठ्न बाँकी रहेका कारण सबै रकम संस्थाको खातामा नरहेको बताइएको छ ।
संस्था स्थापना भएको ३ बर्ष वित्दै गर्दा हालसम्म अडिट हुन सकेको छैन पदको लागी मरिहत्ते गर्ने पदलुप्ताहरु काम गर्न प्रस्ट हिसाव राख्न र सँस्थालाई चलायमान वनाउन चाँही किन पछि पर्दे होलान व्यवसाहीको भनाई यस्तै सुनिँदै आएको छ । समितीका केहि सदस्य भने आर्थिक पारदर्सितालाई चुस्त बनाएर हालको समितीले नयाँ टिमलाई जिम्मेवार सुम्पिनु पर्ने बताउँदै आएका छन । हाल सम्म समितीका उपाध्यक्ष निमलाल पाण्डे लगाएतको सक्रियतामा वस्तुगत समिती संग सम्मोन्य गर्दे शनिवार बजार वन्द गर्ने नियम चल्दै व्यवसाही टिकाराम पाण्डेले बताए ।
२०७७ साल मंसिरमा दर्ता भएको उक्त सँस्थाको अधिवेशन गर्ने तयारी रहेपनी कोभिड १९ का कारण भन्दै सारिएको थियो त्यस लगत्तै हालसम्म सँस्था मौन रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित