Home Blog Page 141

बागलुङ क्षेत्र नंं.२ (ख)मा जसपाका उम्मेदवार घर्तीे द्धारा ऐमालेका पुनलाई समर्थन ।

0

बिनोद विश्वकर्मा ,बुर्तिवाङ

बागलुङ क्षेत्र नंं.२ (ख) का जसपाका उम्मेदवार गंगा बहादुर घर्तीले नेकपा एमालेका उम्मेदवार लक्ष्मण पुनलाई समर्थन गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन मार्फत घर्तीले केन्द्रमा पनि एमाले र जसपाको तालमेल भएको कारण पनि समर्थन गरेको बताएका थिए । घर्तीले अहिलेको चुनाव ग्याङ्ग फाईट भएको कारण पनि एमाले र जसपाले तालमेल गर्न पर्ने अवस्था सृजना भएको बताएका छन् ।

एमालेका उम्मेदवार लक्ष्मण पुनले घर्तीको समर्थनले आफ्नो जित सुनिश्चित भएको दावी समेत गरेका छन् ।

 

हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा बागलुङ र रुकुममा शैक्षिक भ्रमण

0

कात्तिक ७ गते
हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा शैक्षिक भ्रमण अन्र्तगत बागलुङ र रुकुम जिल्लाका विभिन्न प्रर्यटकिय स्थलको भ्रमण गरेको छ ।
विद्यालयका विद्यार्थी र शिक्षक सहितको टोलीद्धारा बागलुङको प्रर्यटकिय स्थल कालिका मन्दिर , ढोरपाटन सिकार आरक्ष, ढोरवराह मन्दिर तथा पश्चिम बागलुङका विभिन्न प्रर्यटकिय स्थलको स्थलगत भ्रमण गर्नुका साथै रुकुम जिल्लाको कलमदह ताल लगाएत विभिन्न प्रर्यटकिय क्षेत्रको अध्ययन भ्रमण संगै यहाँको अवस्था, स्थानीय रहनसहन र प्रर्यटकिय सम्भावनाका विषयमा अनुसन्धान गरीएको शिक्षक हेविन्द्र खड्काले बताउनु भयो ।
शिक्षक, विद्यार्थी सहितको शैक्षिक भ्रमणले यस क्षेत्रको प्रर्यटन प्रर्वधन र प्रचार प्रसारमा टेवा पुग्ने देखिएको विद्यालयका प्रिन्सीपल दिवाकर जोसीले बताउनु भयो ।

बागलुङमा गठवन्धनको जित सुनिश्चत भइसक्यो, सानदार परिणाम ल्याउने गरी खट्नुहोस मन्त्री देवेन्द्र पौडेल

0

बुर्तिबाङ कात्तिक ७ गते
पाँचदलिय साझा गठवन्धनको चुनावी भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम निसीखोला गाउँपालिका ४ मा सोमवार सम्पन्न भएको छ ।
आशन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई सफल पार्न वडा स्तरीय कार्यक्रमलाई प्राथमिकता दिएको गठवन्धनको चुनावी भेलालाई शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गर्दे बागलुङमा गठवन्धनको जित भइसककेको बताउँदै भारी मतले विजयी गराउने अभियानमा होमीन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
देशलाई नेकपा एमालले प्रतिमगनको दिशामा लगिसकेको अवस्थामा पाँच दलिय गठवन्धन गरेर संविधानको रक्षा र हालसम्म प्राप्त उपलब्धी जोगाउन सफल भएको बताउँदै देश विकास समृद्धि र जनताको हकअधिकार स्थापित गर्न तथा संविधानको रक्षार्थ साझा गठवन्धनको विकल्प नभएको बताउनु भयो ।
मन्त्री पौडेलले थप वोल्दै बागलुङ जिल्लाका दुई निर्वाचन क्ष्ोत्र र चार प्रदेशसभामा गठवनधनका उमेद्वारको जित सुनिश्चत भइसकेको बताउँदै विपक्षसंग भारी मत अन्तरले जितको अग्रता कायम राख्न मंसिर ४ सम्म सक्रिय पूर्वक खटिन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फको उमेद्वार दोर्ण कुमार कुवंरले वोल्दै नेकपा एमालेले आफु सरकारमा रहँदा पनी जनतालाई भ्रमित पार्ने आश्वासन मात्र दिएको तर कुनै काम गर्न नसकेको उल्टै हालसम्म प्राप्त उपलब्धी र संविधान माथी प्रहार गरेका कारण देश विकास र जनताको हक अधिकार स्थापित गर्न तथा जनताको अवस्था वदल्न गठवन्धनको जीत आवस्यक रहेका कारण प्रतिनिधी सभा तर्फ क्षेत्र नंं २ बागलुङमा देवेन्द्र पौडेल र प्रदेश सभामा आफुलाई विजयी गराउन मतदातालाई आब्ह्वान गर्नुभयो । यस क्ष्ोत्रको विकास निर्माण र समृद्धिका निम्ती आफु र माननीय देवेन्द्र पौडेलले सम्मोन्य र सहकार्य गरेर काम गर्ने बताउंदै आफुहरुसंग ज्ञमता, र भिजन भएको हुँदा सरकारमा रहेर जनताको काम गर्ने आफुहरुको चाहाना पुरा गरीदिन समेत अपिल गर्नुभयो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता जिल्ला उपसभापती तारानाथ पौडेल, क्षेत्रीय सभापती जोकलाल बुढा, प्रदेश सभापती मेशलाल सर्मा नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य प्रेम घर्तिमगर, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे , गण्डकी प्रदेश उपाध्यक्ष खिम विक्रम शाही लगाएत नेताको आतिथ्यता र मन्तव्य रहेको थियो ।
नेताहरुले वोल्दै देशलाई बचाउन, संविधानको रक्षा गर्न र देशलाई प्रतिगठनको दिशामा लैजाने नेकपा एमालेलाई परास्त गर्नका निम्ती साझा गठवन्धन भएको बताउँदै यस पटकको निर्वाचनमा कुनै अलमल नपरी गठवन्धनका साझा उमेद्वारलाई विजयी बनाउने अभियानमा होमीन आफना कार्यक्रतालाई नेताहरुले आग्रह गरेका हुन् ।

तपाइँहरुकै सेवक हुँ, विकास र समृद्धि मार्फत जनताको सेवा गर्ने अवसर दिनुहोस नेता दोर्ण कुवँर

0

बुर्तिबाङ कात्तिक ६ गते
नेपाली काँग्रेसका युवा नेता तथा क्षेत्र नं. २ बागलुङ प्रदेश सभा (ख) का उमेद्वार दोर्ण कुमार कुवंरले आगामी मंसिर ४ गतेको निर्वाचनमा यस क्षेत्रको विकास र समृद्धिका निम्ती पाँचदलिय साझा गठवन्धनको जित आवस्यक रहेको बताउनु भयो ।
चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम संगै निर्वाचन सम्पर्क कार्यालय उद्घाटन निसीखोला गाउँपालिका ७ राजकुटमा सम्पन्न गर्दे नेता कुवंरले आफु कुनै पदमा रहँदा वा नरहँदा पनी यस क्षेत्रको विकास र समृद्धिका निम्ती जनतासंग हातेमालो गर्दे आइरहेको बताउँदै आफुले यस क्षेत्रको विकास जनताको हक अधिकार तथा यहाँको आवस्यकता र विकासलाई राम्रोसंग नियाली सकेका कारण यकपटक सत्तामा रहेर काम गर्ने अवसर दिन जनतालाई अपिल गर्नुभयो ।

यतिवेला आफनो र सँयूक्त गठवन्धनको जित आवस्यक रहेको बताउँदै देशको समृद्धि, विकास निर्माण तथा प्रतिगमनकारी तत्ववाट जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो ।

म तपाइँहरुकै सेवक हुँ सेवा गर्ने अवसर दिनुहोस मैले देखेका जनताको समस्या र विकास निर्माणमा देखेका सपना पुरा गरेर छोड्छु नेता कुवंरले भन्नु भयो ।
नेकपा एमालेले करिव दुई तिहाई सरकार पाउँदा पनी देशलाई बर्वादी तर्फ धकेलेको बताउँदै संविधानको रक्षा गर्न, हालसम्म प्राप्त उपवल्धीलाई जोगाउन पनी गठवन्धनको जीत आवस्यक रहेको प्रस्ट्याउनु भयो । कार्यक्रममा पाँचदलीय साझा गठवन्धनका नेता कार्यक्रताको उपश्थिती रहेको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. १ ले वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने ।

0

बिनोद विश्वकर्मा,बुर्तिवाङ

ढोरपाटन नगरपालिका वडा नं. १ ले आफ्नो वडा भित्र टोल विकास संस्था निमार्ण गर्ने भएको छ ।

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७४, मा रहेर वडाका नागारीक बिचमा भएका समस्याको समाधान तथा पहिचाको लागि वडा कार्यालय र टोल विकास संस्थाले समन्वयकारी भुमिका रहने गरी टोल विकास संस्था निमार्ण गर्न लागेको ढोरपाटन नगरपालिका वडा नं १ का वडा सदस्य गोपाल महतले जानकारी दिए ।

वडाले गत शुक्रबार वडा भित्रका बौद्धिक वर्ग ,विभिन्न पार्टीका प्रतिनिधि समाजसेवी,अगुवा कर्मीलाई भेला गरेर संस्था निमार्णको लागि सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले टोल विकास संस्थाको सिमा निर्धारण गर्दा भुगोल,घरधुरी संख्या र जातिय सन्तुलनलाई मिलाई सडक, खोला, खोल्सा तथा सार्वजनिक स्थलहरुलाई अन्तिम बिन्दु बनाएर सिमा निर्धारण गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा समाजसेवी गुन्ज बहादुर भन्डारी,हिरालाल पौडेल,कमल भुषाल,पदम बहादुर वि.क.चुनमान दर्जी,झक प्रसाद वि.क.,हेम प्रसाद वि.क.,नर बहादुर कुमाल,सरण पाण्डे,खगीसरा पण्डे लगाएतले आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा आएका सुझावलाई वडा समितिले छलफल गरी कार्यन्वयनमा लग्ने वडा सदस्य गोपाल महतले जानकारी दिए ।

करीव ६० जना स्थानियको सहभागिता रहेको थियो । वडाले पहिलो पटक सस्था निमार्णको अभ्यास गर्न लागेको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताए ।

कार्यक्रम वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव देवेन्द्र बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेकपा एमालेको चुनावी अभियान तमानखोला गाउँपालिकामा

0
Exif_JPEG_420

बुर्तिबाङ कात्तिक ६ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश शभा निर्वाचनको तयारीमा जुटेका दल तथा स्वतन्त्र उमेद्वारले आफनो प्रचार प्रसार कार्यक्रमलाई व्यापक बनाउँदै लगेका छन ।
यस सन्दर्भमा नेकपा एमालले क्षेत्र नं. २ बागलुङले वडा स्तरमा जभेटघाट तथा चुनावी प्रचार प्रसारका कार्यक्रमलाई अगाडी बढाएको हो ।
निसीखोला गाउँपालिकाको सात वटै वडामा घरदैलो र जनभेटघाट कार्यक्रम अगाडी बढाएसंगै उमेद्वार सहितको टोलीले तमानखोला गाउँपालिकामा चुनावी अभियान अगाडी बढाएको तमानखोला गाउँपालिका १ वोङगादोभान बजारमा पालिका स्तरको चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेर साविक गाविस स्तरीय जभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम भइरहेको नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो । साविक गाविस स्तरमा अभियान सञ्चालन गरीएको बताउँदै तमानखोला गाउँपालिकाका सवै क्षेत्रमा पुग्ने र ढोरपाटन नगरपालिकामा अभियान सुरु हुने कंडेलले बताउनु भयो
प्रतिनिधी सभाका उमेद्वार मन्जु सर्मा र प्रदेश सभा (ख) तर्फका उमेद्वार लक्ष्मण पुन , ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, नेकपा एमाले ढोरपाटन नगर अध्यक्ष गणेश कुमार थापा, उपाध्यक्ष ज्ञान प्रसाद कंडेल, लगाएतको टोलिद्धारा मतदातालाई भेट गर्दे नेकपा एमालेका उमेद्वारलाई मंसिर ४ को निर्वाचनमा मतदान गरी विजयी गराउन अपिल गरेका छन ।

सिटिजन लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखा द्धारा सरसफाई संगै फोहोर व्यवस्थापन सामाग्री हस्तान्त्रण

0

बुर्तिबाङ कात्तिक ५ गते
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको पाँचौ बार्षिक उत्सवको अवसरमा बुर्तिबाङ बजारमा सरसफाई कार्यक्रम संगै वडा कार्यलयलाई फोहोर व्यवस्थापन गर्ने सामाग्री हस्तान्त्रण गरीएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. १ ले आयोजना गर्दे आइरहेको साप्ताहीक सरसफाई कार्यक्रमलाई सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले समेत सम्मोन्य गर्दे बुर्तिबाङ बजारका विभिन्न स्थान तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकी आसपासका क्षेत्रमा सरसफाई गरीएको हो साथै कम्पनीको तर्फदेखि वडा कार्यालयलाई फोहोर राख्ने वाल्टिन समेत उपलब्ध गराइएको छ ।
वडा अध्यक्ष वान वहादुर छन्त्याल वडा सदस्य गोपाल महत, वडा सदस्य अन्जु विश्वकर्मा, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रवन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सी, इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली , म्यादी प्रहरी , महिला स्वास्थ्य स्वयम सेवीका लगाएत पचास जना बढिको उपश्थितीमा सरसफाई कार्यक्रम गरीएको हो ।

आयोजित औपचारीक कार्यक्रममा प्रमुख अतिथीका रुपमा वडा अध्यक्ष वान वहादुर छन्त्यालले वोल्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत सहकार्य र सम्मोन्य गर्दे यस्ता रचनात्मक कार्यक्रम गर्न अपिल गर्नुभयो ।

उहाँले थप वोल्दै वीमा क्षेत्रको दायरालाई थप फराकिलो वनाउन ग्रामिण क्षेत्रका नागरीक संग पहुँच बढाई उनिहरुको बचत गर्ने बानिको विकास र वीमाको मध्यमबाट जोखिम बहन गर्ने अभियानमा चेतनामुलक कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रममा वडा सदस्य गोपाल महतले वोल्दै सिटिजन लाईफ इन्योरेन्स कम्पनीले यस क्षेत्रका नागरीकको सुरक्षा र वचत गर्ने बानिको विकास संगै समुदाय संग सम्मोन्य गर्दे विभिन्न रचनात्मक कार्यक्रम गर्दे आइरहेकोमा धन्यबाद ज्ञापन गर्दे वीमा क्षेत्रमा अझैपनी विश्वस्सनीयताको अभाव छ भन्ने भ्रम रहेको बताउँदै त्यसलाई चिर्नका निम्ती यस्ता कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

कम्पनीका एजेन्सी म्यानेजर शिवलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शाखा प्रवन्धक छविलाल पाण्डेले वोल्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले पाचौँ बार्षिक उत्सवको अवसरमा देशभरका शाखा कार्यलयमा विभिन्न कार्यक्रम गर्दे गर्दा बुर्तिबाङ शाखाले समेत सरसफाई कार्यक्रम र फोहोर व्यवस्थापन सामाग्रि हस्तान्त्रण गरीएको बताउँदै आगामी दिनमा समेत यस्ता अभियान र कार्यक्रममा सहभागिता जनाउने बताउनु भयो ।

विगतका वर्षमा समेत विभिन्न विद्यालयमा विद्यार्थीलाई स्टेशनरीका सामाग्रि हस्तान्त्रण, असहाय गरीव विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्दे आइरहेको बताउँदै कम्पनीले सेवा मुखी कार्यक्रम समेत गर्दे जाने बताउँदै यस अभियानमा सम्मोन्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम विनोद विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिगमनकारी तत्वबाट देशलाई बचाउन गठवन्धनको जित आवस्यक रहेको वक्ताहरुको जोड

0

बुर्तिबाङ कात्तिक ४ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारीका क्रममा मतदातासँग साझा गठवन्धनका नेताहरुले वोल्दै प्रतिगमनकारी नेकपा एमालेलाई यस पटकको निर्वाचनबाट पाखा लगाउनुको विकल्प नरहेको बताएका छन ।
जनताको बलिदान र रगतबाट ल्याइएको संविधान र हालसम्म प्राप्त उपलब्धी गुम्न सक्ने खतराबाट साझा गठवन्धनले जोगाएको बताउँदै जुनकुनै हालतमा एमालेलाई पत्तासाप गर्नुपर्ने बताए ।
वक्ताहरुले थप वोल्दै बागलुङ क्षेत्र नं. २ प्रतिनिधी सभा तर्फ नेकपा माओबादी केन्द्रका सचिव शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल र प्रदेश सभा (ख) तर्फ युवा नेता दोर्ण कुमार कुवंरलाई जिताउन सके मात्रै पश्चिम बागलुङमा गठवन्धनको जित हुने र यस क्षेत्रको विकास निर्माण र समृद्धिले फड्को मार्ने बताएका हुन ।
कार्यक्रमका अवसरमा गठवन्धनका प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले आफु प्रदेश सभामा गएपनी नगएपनी यहाँका जनताका आवस्यकता, पश्चिम बागलुङको मुद्धा, छुट्टै जिल्लाको माग, ढोरपाटन उत्तरगंगा हाइड्रो जलविधुत परियोजना, अर्नाकोट एर्यरपोर्ट निर्माण लगाएत निसी,भुजी तमान र ढोरपाटनका जनताका महत्वपूर्ण आवस्यकता र मागलाई पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भयो । जनताको हक अधिकार स्थापित गर्न, यहाँका समस्या सम्वोधन गर्न गठवन्धनका उमेद्वारको विकल्प नरहेको बताउनु भयो ।
निसीखोला गाउँपालिका ५ मा आयोजित चुनावी अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष खिमविक्रम शाही, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्ति, नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी नेकपा माओबादी केन्द्रका समानुपाती उमेद्वार प्रेम रोका मगर, राजमो समानुपातीक उमेद्वार थम्मन घर्ति लगाएतले वोल्नुभएको हो ।

यहाँको मुद्धा र जनताको एजेन्डालाई प्राथमिकता दिएर काम गर्छु दोर्ण कुवंर

0

कात्तिक ३ गते

नेपाली कांग्रेसका युवा नेता तथा ५ दलिय गठवन्धनबाट प्रदेश सभाका उमेद्वार दोर्ण कुमार कुवंरले पश्चिम बागलुङका जनताका मुद्धा र एजेन्डा आफनो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा जिल्लाको निसीखोला गाउँपालिका ६ नं. वडामा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई सम्वोधन गर्दे कुवंरले संविधानको रक्षा, प्रतिगमनकारी तत्वलाई परास्त गर्न र लोकतन्त्रलाई मजबुढ बनाउन पाँचदलिय गठवन्धन भएर आफुहरु निर्वाचनमा होमीएको बताउँदै आफु पाँच दलको साझा उमेद्वार रहेका कारण सबैको भावना र अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आफु प्रदेश सभामा पुगेपछी पछि परेको गौरवको आयोजना उत्तरगँगा जलाशय  निर्माण प्रकृयालाई अगाडी बढाउन पहल गर्ने , सालझण्डी ढोरपाटन सडक, निसीखोला गाउँपालिकामा रहेका साखा सडक, निसी रोल्पा सडक लगाएत यहाँको कृर्षि, प्रर्यटन, शिक्षा , स्वास्थ्य र जनताको जनजिवीकाको सवाललाई प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका अवसरमा नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवीले वोल्दै आफुले पश्चिम बागलुङको भुगोल राम्रो संग चिनेको हुँदा यहाँको शिक्षा, महिला, वालवालिकाको अवस्थामा परिवर्तन र संविधानमा लेखिएका हक अधिकार स्थापित गराउन, यहाँका विकास निर्माणको सन्दर्भमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

त्यस्तै नेकपा माओबादी केन्द्रका समानुपातीक साम्सद प्रेम बहादुर रोका मगर, राष्टिय जनमोर्चाका समानुपातिक उमेद्वार थम्मन घर्तिमगरले वोल्दै आफुलाई समानुपातीक तर्फ प्रदेश सभामा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही ,नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला उपसभापती तारानाथ पौडेल, नेकपा एस जिल्ला सदस्य हरि घर्ति , नेकपा माओबादी अखिल क्रान्तीकारी केन्द्रिय सदस्य महेन्द्र चन्द, लगाएतले वोल्दै संविधान र लोकतनत्तको रक्ष ागर्न प्रतिगमनकारी तत्वलाई परास्त गर्न र देश विकास गर्नका निम्ती पाँचदलिय साझा गठवन्धनका उमेद्वारलाई विजयी गराउनुको कुनै विकल्प नरहेको बताउँदै सबै नेता कार्यक्रता जिम्मेवार पूर्वक निर्वाचनका खटिन अपिल गर्नुभयो ।
कार्यक्रम नेपाली काँग्रेस वडा नं. ६ का सभापती दिपक थापाको अध्यक्षता, भिम घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । गठवन्धनले प्रदेश सभा (ख) अन्र्तगत ३ वटै पालिकामा सम्पर्क कार्यालय उद्घाटन संगै वडा स्तरमा अगुवा कार्यक्रता संग भेटघाट र छलफलका कार्यक्रमलाई अगाडी बढाएको छ ।

जनताको हक अधिकारलाई सुनिश्चित गर्नको लागि मेरो उम्मेदवारी कुवँर ।

0

बिनोद विश्वकर्मा,बुर्तिवाङ

बागलुङ क्षेत्र नं २ (ख) का गठबन्धनका उम्मेदवार दोर्ण कुमार कुवँरले जनताको हक अधिकारलाई सुन्श्चिित गर्नको आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

जिल्लाको निसीखोला गाउँपालिकामा ५ दलिय गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना कार्यक्रममा यस्तो बताउनु भएको हो । कुवँरले नेपाली काँग्रेसले टिकट दिए पनि गठवन्धनको सबै दलको प्रतिनिधित्व गरेको र जनताको समस्या पर्दा कहिले पनि पछि नहट्ने बताउनु भयो ।

कार्यक्रममा थप बोल्दै कुवँरले जनताको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रमुख मुद्धा बनाए अगाडी बढ्ने उद्घोष गर्नु भयो । थप बोल्दै उहाले निसीभुजी र तमान क्षेत्रको विकासको निम्ति कहिले पनि पछाडी नहट्ने भन्दै प्रतिबद्धता समेत जनाउनु भयो ।