spot_img

इलाका प्रशासन कार्यालय बुर्तिबाङको सक्रियतामा बुर्तिबाङ बजारमा अनुगमन

छविलाल पाण्डे, बुर्तिवाङ

इलाका प्रशासन कार्यालय बुर्तिबाङको सक्रियतामा बुर्तिबाङ बजारमा रसायनिक मल मापण्ड अनुसार भए नभएको अनुगमन गरीएको छ ।

इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंरको विशेष उपश्थितिमा प्रहरी,पत्रकार ,ढोरपाटन नगरपालिकाका कर्मचारी लगाएतको उपश्थितीमा बजार क्षेत्रका गल्ला किराना पसल र विउविजन गर्ने पसलको अनुगमन गर्दे मापण्ड विपरित रसायनिकमल विक्री गरिएको नगरीएको विषयमा अनुगमन गरीएको हो ।

इजाजत र अनुमती विना रसायनिक मल विक्री गर्न नपाइने मापण्ड अनुसार बजारका अधिकांस क्षेत्रबाट मल विक्री गरिएको भन्ने सुचनाका आधारमा बजार अनुगमन गरिएको इलाका प्रशासन कार्यलय प्रमुख लोक बहादुर कुवंरले बताउनु भयो । बुर्तिबाङमा आधिकारिक रुपमा छन्त्याल सपिङ सेन्टरका व्यवस्थापक ढालेन्द्र छन्त्याल र लाहुेर किराना पसलले मात्र इजाजत र अनुमती पाएका छन ।

अन्य व्यक्तिले अनुमती नपाए सम्म र साल्ट टेडिङ्ग बाट इजाजत नलिए सम्म बजारमा मल विक्री गर्न नपाउने प्रावधान छ अनुगमनका क्रममा बुर्तिबाङ विउ भण्डार र हन्ना भेटेनरी क्लिनिक बाट मल विक्री गरेको पाइएका कारण इजाजतलिएर र ढोरपाटन नगरपालिका बाट अनुमती लिएर मात्र मल विक्रीगर्न सुझाव दिँदै अन्यगल्ला किराना पसलबाट समेत यसभन्दा केहि महिना पहिले सम्म मल विक्री गरेको व्यवसाही बाट जानकारी प्राप्त भएसंगै आगामी दिनमा खुलेयाम मल विक्रीगर्न नहुने र इजाजत र अनुमती लिएर मात्र विक्री गर्न सुझाव दिइएको प्रमुख कुवंरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित