बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा

बुर्तिबाङ पौष १८ गते
बागलुङको बडिगाड गाउँपालिकाले १२ औँ गाउँसभा बैठक सोमबार सम्पन्न गरेको छ । गाउँसभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको जनाइएको छ । बैठकमा गाउँपालिकाको अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षका थप कार्यक्रमका बारेमा चर्चा भएको थियो ।सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदमा बडिगाड गाउँपालिकाबाट सहभागी पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

बैठकमा बोल्दै अध्यक्ष अधिकारीले जनताको जनजिविकासँग जोडिएका विषयलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगार अहिलेको आवश्यकता भएको हुँदा यसैमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित