पौष १८बुर्तिबाङ
निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरले कृषि क्षेत्रबाट नागरीक समृद्ध नवनुन्जेल सम्म पालिकाको समृद्धि हासिल नहुने बताउनु भएको छ । निसीखोला गाउँपालिका वडा नंं. १ हर्पेमा सोमबादेखि सुरु भएको वडा स्तरीय कृषि बीउ बिजन वितरण तथा अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा वोल्दै उपाध्यक्ष घर्तिले गाउँपालिकाले अवको प्राथमिकता कृषि क्षेत्रलाई दिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
गाउँपालिकाले हालसम्म भौतिक पूर्वाधारमा लगानी बढि गरेको भएपनी अवका दिनमा कृषि, पशुपालनलाई प्राथमिता दिएर अगाडी बढ्ने बताउनु भयो । पालिकाको करिव ८० प्रतिशत क्षेत्रमा सडक सञ्जाल जोडिसकेका कारण अति महत्वपूर्ण स्थानमा वाहेक अव सडक ट्याक खोल्ने र अनावस्यक भौतिक पूर्वाधारका कार्यलाई कम गर्दे नागरीकलाई कृर्षिबाट आत्मनिर्भर वनाउनका निम्ती दुई सिजनमा आलु उत्पादन, तेलहन बालि, मकै, भाँगो र स्याउ उत्पादन तर्फ पालिकाले व्यवसाहीक रुपमा कृषकलाई उत्प्रेरणा दिने गरी कार्यक्रम लिएर अगाडी बढ्ने बताउनु भयो ।
यस बर्षपनी कृषि क्षेत्रमा राम्रो लगानी हुँदै छ आगामी दिनमा नागरीकको जिवन स्तर उकास्ने गरी कृर्षि उत्पादन र वजारीकरणमा पालिकाले सहकार्य गर्ने बताउँदै कृषक अनु्दान मुखि नभई आत्मनिर्भर र स्वाभिमानी पूर्वक व्यवसाहीक रुपमा आफुले गर्दे आएको पेशामा सक्रिय हुनुपर्ने बताउनु भयो ।
निसीखोला गाउँपालिका वडा नंं. १ को दुई लाख रुपैयाँ बजेटमा वडा भरका व्यवसाहीक र सक्रिय कृषकले तालिममा सहभागिता जनाउने र कृषि विउविजन प्राप्त गर्ने आयोजक संस्था हर्पे कृषि तथा पशुपंक्षी पालन सम्ुहका सचिव कृष्ण शाहीले बताउनु भयो । तालिममा कृषकले मौसमी तथा वेमौसमी वालिमा लाग्ने रोग र त्यसको उपचार, उत्पादीत कृषि वस्तुको अवस्था र सम्भावना लगाएतका विषयमा अध्ययन अवलोकन गर्ने र कृषकलाई सहज हुने गरी तालिम समेत दिइने निसीखोला गाउँपालिका कृर्षि प्राविधिक विशाल के.सी.ले बताउनु भयो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह रामजालीले अतिथीको रुपमा वोल्दै वडा नं.१ लाई कृषि क्षेत्रमा अगाडी बढाउन आफुले प्रयास गरिरहेको बताउँदै वडा नं. १ लाई अन्य कृषि र पशुपालन संगै मकै पकेट क्षेत्रको रुपमा विकाश र विस्तार गर्दे लैजाने बताउनु भयो । त्यसैगरी वडा नं. ७ का अध्यक्ष दिपक कुवंरले वोल्दै कृषि क्षेत्रमा कृषकको मिहिनेत र सक्रियता आवस्यक रहेको बताउँदै व्यवसाहीक कृषकको समस्यामा आफुहरुले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दे जाने प्रतिबद्धता जनाउनु भयो । पछिल्लो समय अनुदानको लोभमा केही समय मात्र कृर्षि फार्म सञ्चालन गर्ने र वन्द गर्ने प्रवृर्ति देखिएका कारण त्यसलाई रोक्दै सक्रिय र व्यवसाहीक कृषकले गाउँपालिका र वडाबाट पाउने सेवा सुविधा निरन्तर पाउँदै जाने बताउनु् भयो । विगतका वर्षमा राज्यले दिएको सेवा सुविधा सहि ठाउँमा प्रयोग नभई परिणाम नदेखिएका कारण अवका दिनमा परिणाम देखिने गरी आफुहरुले काम गर्ने बताउनु भयो ।
कार्यक्रमा समाजसेवी एवं अगुवा कृषक डिलेन्द्र रामजालीले वोल्दै कृषकका समस्यामा राज्य उदाशिन वन्दै गएको बताउनु भयो । कृर्षि क्षेत्रमा प्रसस्त बजेट विनीयोजन भएपनी सहि तवरले त्यसको प्रभावकारीता देखिन नसकेको बताउनु भयो । कार्यक्रममा अगुवा कृषक नरबहादुर कुवंर लगाएतको मन्तव्य रहेको थियो ।
समुहका अध्यक्ष शेर बहादुर भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रम समुहका सचिव कृष्ण शाहीको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।