spot_img

निसीखोला दलित संजालको पुर्नगठन अध्यक्षमा रोशन विश्वकर्मा सर्वसम्मत

बुर्तिबाङ,जिल्लाको निसीखोला गाउँपालिकामा रहेको पालिका स्तरिय दलित संजालको पुर्नगठन गरिएको छ ।

सनिबार दलित अधिकारकर्मी तथा निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता तथा दलित अधिकार कर्मी लोकेन्द्र सुनारको विशेष उपस्थितिमा बसेको भेलाले रोशन विश्वकर्माको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विनोद विश्वकर्मा,सचिवमा सन्जय सुनार,सहसचिवमा दुर्गा सुनार,कोषाध्यक्षमा विरबल विश्वकर्मा सहितको १ जना मनोनित गर्ने गरी १५ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ ।

गत विं सं २०७३ सालमा दलित हक हितको लागि आवाज बुलन्द गर्ने भन्दै स्थापना भएको पालिका स्तरिय दलित संजालको पहिलो कार्यकाल २०७८ भाद्र महिनामा सकिय संगै अधिवेशन पश्चात् नयाँ कार्यसमिति निमार्णको चरणमा असहमति भए सङ्गै लम्विएको थियो । नयाँ कार्यसमितिले निवर्तमान सचिव सन्तोष विश्वकर्मा सहित पुरानो समितिलाई बिदाई समेत गरिएको छ ।

कार्यक्रमको अवसरमा नयाँ समितिलाई शुभकामना दिदै निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष तथा दलित अधिकार कर्मी कुविर विश्वकर्माले कानुनि रुपमा जातिय बिभेद अन्त्य भएता पनि व्यवहारमा जातिय छुवाछुत समाजमा अझै बिद्यमान रहेको भन्दै त्यो छुवाछुतको जरो निर्मुल पार्नको लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गदै शुभकामना दिनु भयो । पदको लागि मात्रै नभएर कामको माध्यम बाट परिणम दिन सक्नु महत्वपुर्ण कुरा रहेको बताउनु भएको छ ।

त्यस्तै पत्रकार,दलित अधिकारकर्मी लोकेन्द्र सुनारले समितिमा पहिले देखीनै दलितको हकहितको लागि काम गरेका अनुभवी व्याक्तिको प्रवेशले दलितको मुद्धामा काम गर्न सहज हुने र दलितका धेरै मुद्धा ओझेलमा परेको भन्दै त्यसलाई नयाँ कार्यसमितिले शसक्त रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित