
बिनोद विश्वकर्मा,बुर्तिवाङ, जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ खप्तरिवाङ निवासी ५६ वर्षिय मन बहादुर कुमाल जीवन मरणको दोसादमा हुनुहुन्छ ।
बिगत लामो समय देखी नशा सम्बन्धि रोग भन्दै औषधि सेवन गदै आउनु भएका कुमाल बिभिन्न अस्पताल हुदै भरतपुर अस्पतालमा पुग्नु भयो र भरतपुर अस्पतालले आन्द्रमा क्यान्सर भएको जानकारी दियो । आन्द्रको क्यान्सरको उपचारको लागि काठमाडौ स्थित वि पी कोईराला मेमोरियल अस्पतालमा रेफर गरिएको छ । आन्द्रको क्यान्सरको उपचारमा ठुलो धनरासी खर्च हुने भए सङ्गै मान बहादुर कुमालको विचल्ली भएको छ ।
कुमाललाई उपचारमा आर्थिक समस्या भए पश्चात् आर्थिक सहयोगको लागि परिवारले अपिल गरेको छ । चिकित्सकले दुबै उपचारमा गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित मन बहादुर कुमाल सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
सामान्य परिवारका कुमाल लाई ठुलो रोगले फेला पारे सङ्गै परिवारमा झन् पिडा थपिएको छ । मन बहादुरका भतिज भन्छन् “अलिअलि भएको पैसाँ सबै पहिलेको उपचारमा सकिएको छ अझै धेरै पैसा लाग्ने भनेका छन् पैसाको जोहो गर्न पाएँ बचाउँन सकिन्थ्यो कि ” कुमाल भन्नुहुन्छ । कुमालले सहयोगको लागि बिभिन्न क्वल ,संघ संस्था,व्यावसायको लागि अपिल गर्नु भएको छ । सायोगको लागि कमल कुमालको बुर्तिबाङमा रहेको लक्ष्मी बैंकको खाता नं ०५६४५००३९४४ मा सहयोग गरिदिन अपिल गर्नु भएको छ । प्रत्यक्ष रुपमा कमल कुमालको सम्पर्क नम्बर ९८६२२४७२५० मा समेत फोन गरेर सहयोग गर्न अनुरोध गर्नु भएको छ ।
पिडित कुमालको परिवारमा आफु सहित ८ जनाको परिवार रहेको छ ।