सरसफाईमा सक्रिय वन्दै बुर्तिबाङ बजारबासी

पौष ९
केहि दिन पहिलेसम्म सडक, खोल्सा, नदि तथा सार्वजनिक स्थानमा जताततै फोहोरै फोहोर देखिने बुर्तिबाङ बजारमा पछिल्लो समय टोलविकास संस्थाको सक्रियतामा सरसफाई अभियान सुरु भएसंगै केही आर्कषक देखिन थालेको छ । प्लास्टिक, सिसा, वोतल तथा बजारको साईटमा रहेको झडी लगाएतका दुर्गन्दीत र वातावरणनै प्रदुषित बनाउने फोहोर क्रमश व्यवस्थापन हुन थालेपछि बजार र नदि टटिय क्षेत्र आसपास सफा देखिन थालेको हो ।
ढोरपाटन नगरपालिका वडा नं. १ को सक्रियतामा १२ वटा टोल विकास संस्था गठन गरेर टोल वस्तिलाई सरसफाई लगाएतका जिम्मेवारी दिएसंगै अधिकांस टोल विकास संस्थाले सरसफाई कार्यक्रमलाई प्राथमिकता दिएका हुन । प्रत्यक शनिवार हुने सरसफाई अभियानमा बजार बासीको सक्रिय भुमिका र उत्साह रहेपछि अब बुर्तिबाङ बजार सफा हुने र यो अभियान क्रमश सञ्चालन गर्दे जानुपर्ने वडा अध्यक्ष वान बहादुर छन्त्यालको भनाई छ ।

उता ढोरपाटन नरपालिका वडा नं. २ मा समेत टोलविकास संस्थाको गठन पछि केही टोलले सरसफाई अभियानलाई प्राथमिकता दिएर अगाडी बढ्न थालेका छन । स्थानिय नागरीकलाई थप जिम्मेवार वनाउँदा समाज रुपान्तरण, विकाश निर्माण, चेतना बृद्धि जस्ता विभिन्न विषयमा समाज अगाडी बढ्ने वडा नं. २ का अध्यक्ष भेग बहादुर खत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित