spot_img

श्रीमतीको हत्या गरि निसीखोलाबाट श्रीमान फरार

पौष १८

बागलुङको निसीखोला गाउँपालिका ६ मा श्रीमतिलाई कुटपिट गरि हत्या भएको छ । निसीखोला गाउँपालिका–६ रोबाङका धनबहादुर घर्तीले आफनै श्रीमती ३० वर्षीया मिना घर्तीलाई कुटपिट गरेर हत्या गरि फरार भएका हुन ।

शनिबार राती घर्तीले श्रीमती मिनालाई कुटपिट गरेको स्थानीयको भनाई छ । श्रीमतीको मृत्यु भएपछि घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो । मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको थापाले बताउनुभयो ।

फरार घर्तीको खोजतलास भइरहेको उहाँको भनाई छ । दुई जना बीच पटक–पटक विवाद हुँदै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित