Home Blog Page 140

सिवाइसी नेपालद्धारा बुर्तिबाङमा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया

0

माघ ७ गते
सिवाइसी नेपाल बुर्तिबाङ शाखाको आयोजनामा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा शनिवार सम्पन्न भएको छ ।
बुर्तिबाङ शाखा अन्र्तगत रहेका १६१ केन्द्रका प्रमुख तथा उप–प्रमुख, जनप्रतिनिधी पत्रकार लगाएतको उपस्थितीमा आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेश सांसद दिलमाया पौवीले वोल्दै लघुवित्तका कारण महिलाहरुको आत्मनिर्भर बन्ने वानीको विकास हुनुका साथै सक्षम, नेतृत्व विकास र समाज रुपान्तरणमा महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो ।
सिवाइसी नेपालले लामो समयदेखि यस क्षेत्रका महिला दिदिवहिनीलाई उद्धमशिल वनाउन, सक्षम र नेतृत्व तहमा ल्याउनका निम्ती राम्रो काम गरिरहेको बताउँदै आगामी दिनमा महिला नेतृत्व विकास संगै थप सृजनशिल र उत्पादनका कार्यक्रममा जोड दिई आत्मनिर्भर बनाउने वातावरण सृजना गर्ने अभियानमा हातेमालो गर्न सञ्चालन तथा व्यवस्थापकलाई सुझाव दिनुभयो ।
आफु गण्डकी प्रदेशमा माननिय भएर गइसकेका कारण आफनो कार्यकालमा महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने, वाल बिवाह, समाजमा रहेका विकृर्ति, विसंगतीको अन्त्यका निम्ती पनी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै विशिष्ठ अतिथीको रुपमा रहनु भएका वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले वोल्दै नेतृत्व तहमा रहेका व्यक्तिले नै लघुवित्तको मर्म र भावना वुझ्न नसक्दा विभिन्न भ्रम सृजना भएको बताउँदै लघुवित्तले देशको आर्थिक बृद्धि तथा महिलालाई शसक्त बनाउन, नेतृत्व दायी भुमिकामा ल्याउन तथा आर्थिक उर्पाजनमा अगाडी बढ्न महत्वपूर्ण सहयोग पु¥याएको बताउनु भयो । राज्यले गर्न नसकेको काम लघुवित्तले गरिरहेको बताउँदै त्यसलाई नेतृत्व तहमा रहेकाहरुले अध्ययन गरेर त्यसको विषयमा नागरिकलाई सुुसुचित गराउनु पर्ने आवस्यकता रहेको बताउनु भयो ।
उहाँले थप वोल्दै विगत १५ बर्षदेखि पश्चिम बागलुङमा सेवा विस्तार गरेको सिवाईसी नेपालले यस क्षेत्रका नागरीकको जिवन स्तर उकास्न र महिला नेतृत्वको विकाशकका निम्ती महत्वपूर्ण भुमिका निर्वाह् गरेको बताउँदै महिलाहरु स्वयंम सक्षम र क्षमतावान वन्दै नेतृत्व तहमा अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका सहायक निर्देशक रेशम बहादुर बल्छौडीले वोल्दै समाजलाई आर्थिक रुपमा अगाडी बढाउन सञ्चालक टिम, महिला वर्ग, स्थानिय जनप्रतिनिधी लगाएत सबैको महत्वपूर्ण भुमिका रहेको बताउँदै लघुवित्तमा देखिएका समस्या समाधानमा सबैको ध्यान हुन जरुरी रहेको बताउनु भयो ।
ऋणलाई सहि रुपमा प्रयोग गर्न नजान्दा र उत्पादन संग जोडिने प्रयास नगर्दा नकारात्म असर परिरहेको बताउँदै महिलाहरु सक्षम, उद्यमशिल र व्यवसाहीक बन्नुपर्नेमा जोड दिनुभयो । लघुवित्त नागरिकको सरल, सहज सेवाको माध्यम रहेको र १५ प्रतिशत भन्दा बढि कर्जा लिन नपाईने व्यवस्था सहितको माध्ययम रहेका कारण पनी सदस्यहरुले लघुवित्तबाट सहज रुपमा सेवा लिन सक्ने बताउनु भयो ।


आयोजित कार्यक्रमका अध्यक्ष एवम संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद सर्माले सिवाईसी नेपालले समुहमा रहेका सदस्यको समस्यामा संधै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो ।
सिवाइसीले ऋण लगानी र वचतको मात्र कारोवार नगरी महिलाहरुको क्षमता विकास, उद्यम विकास, तथा विभिन्न सेवा सुविधा लिएर अगाडी बढिरहेको बताउनु भयो । हुँदा खाने वर्गलाई हुनेखाने बनाउने उदेश्य सहित सञ्चालित संस्थाले समाज रुपान्तरण र आर्थिक समृद्धिको अवस्थालाई अगाडी बढाउने गरि काम गरिरहेको बताउनु भयो । देशभर ११८ शाखा कार्यलयबाट सेवा दिइरहेको संस्थाले आफना सदस्यहरुको दुःख सुखमा सहकार्य गरेर काम गर्ने बताउँदै सिवाइसीबाट ऋण लिएकै कारण ऋणीका परिवार तथा समाजलाई असर पर्ने खालका कुनै पनी काम आफुहरुले नगर्ने बताउनु भयो ।
सदस्यहरुलाई एक ठाउँमा सदस्य भएर कारोवार र सेवा सुविधा लिन सुझाव दिँदै उत्पादन र व्यवसाहिकरण बन्दै आत्मनिर्भर बन्ने कार्यमा आफुहरुले जहिले पनी सहयोग र समोन्य गर्ने बताउनु भयो ।


कार्यक्रममा ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक पुन, निसीखोला गाउँपालिका ६ का अध्यक्ष हेम बहादुर बुढा, वडिगाड गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र प्रताप के.सी.,विभिन्न सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधी, लगाएतको मन्तव्य रहेको थियो ।
उत्कृष्ट वचत कर्ता, वाल वचतकर्ता, उत्कृष्ट ऋृणी, लगाएतलाई सम्मान तथा पुरस्कृत गरिएको हो । सदस्यहरुको तर्फदेखि धारणा संकलन गर्दे अन्तरक्रिया गरिएको थियो । कार्यक्रम बुर्तिबाङ शाखा प्रमुख यानु बुढाको स्वागत सिवाइसी वित्तिय बैँकका प्रवन्धक संगिता सर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

राजमोद्धारा गणतन्त्र, राष्ट्रियताको रक्षा र संघियताको खारेजीको माग सहित आन्दोलन

0

माघ ६ गते
राष्ट्रिय जनमोर्चाद्धारा शुक्रबार देशभर गणतन्त्र, राष्ट्रियताको रक्षा र संघियताको खारेजीको माग सहित आन्दोलन गरेको छ ।
बागलुङ जिल्लामा समेत कार्यक्रम सुरु गरेको जनमोर्चाले ढोरपाटन नगरपालिकामा आयोजित कोणसभालाई केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले सम्वोधन गर्दे देशमा भइरहेको अराजनैतिक गतिविधीका कारण गणतन्त्र राष्ट्रियता र संघियता नाजुक अवस्थामा पुगिसकेको बताउँदै सत्ता र स्वार्थको राजनैतिक भुमरिका कारण देश दिनदिनै कमजोर बन्दै गइरहेको बताउनु भयो ।

 


उहाँले भन्नुभयो देशमा दलिय व्यवस्था वदनामी र कमजोर भइसकेको छ । विदेशी शक्तिले आफनो स्वार्थका निम्ती आँखा लगाइरहँदा राजनैतिक दलहरु झन झन कमजोर बन्दै केवल आफनो स्वार्थमा मात्रै तल्लिन बन्दै गएको प्रस्ट पार्नुभयो । राजनैतिक दलहरुको बैमानीका कारण जनतामा निरासा छाएको छ । निर्वाचन सम्पन्न भएको दुई महिना नहुँदै गठवन्धन तितरवितर हुँदै गर्दा जनताको राजनैतिक दलप्रति हुने विश्वास गुमेको बताउँदै यतिवेला अराजक तत्व फेरी एक ठाउँमा उभिएर देशलाई व्रमाहलुट गर्न थालिसकेको बताउनु भयो ।
देशमा आर्थिक मन्दि, महंगी, भ्रष्टाचार, अनियमितता जस्ता गतिविधीले गर्दा जनताका आशा अपेक्षा र समस्या जस्ताको तस्तै रहेको बताउँदै संघियता र देशको गणतन्त्र माथी भइरहेको प्रहारलाई रोक्न राष्ट्रिय जनमोर्चाले विरोध स्वरुप कार्यक्रम गरेको बताउनु भयो ।
बुर्तिबाङ बजारमा ¥याली सहित आयोजित कार्यक्रम लक्ष्मिमार्ग चोकमा कोण सभामा आएर टुगिंएको थियो आयोजित कार्यक्रम राजमो ढोरपाटन नगर सभापती दिपक थापाद्धारा कार्यक्रमको सान्दर्भिकता माथी प्रकाश पार्नुभएको हो कार्यक्रम कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

निसीखोलाको विकास र समृद्धिको यात्रा सुरु भइसक्यो : सांसद दोर्ण कुवंर

0

माघ ४ गते

खानेपानी, केन्द्रिय विधुत र सिँचाई आयोजनाको सर्वे हुँदै
गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंरले निसीखोला गाउँपालिकाको विकास र समृद्धिको प्रकृया अगाडी बढिसकेको बताउनु भएको छ । मंगलबार तिलाचन यूवा कल्व निसीखोला ६ भल्कोटको १५ औँ वार्षिक उत्सव तथा मगरहरुको महान चाड माघेसक्रान्ती मेला तथा पुतली नाच कार्यक्रमको उद्धघाटन गर्दे सांसद कुवंरले विकाश निर्माण र समृद्धिमा पछि रहेको निसीखोला गाउँपालिकाको विकाश अव क्रमिक रुपमा अगाडी बढिसकेको बताउनु भएको हो ।


यहाँका नागरिकको भावना र समस्यालाई सम्वोधन गर्दे आफुले विभिन्न विकाश निर्माणका योजना अगाडी बढाउन पहल गरिसकको बताउनु भयो । निसीखोला गाउँपालिका ५ र ६ नम्वर वडामा एक घर एक धारा मार्फत नागरिकलाई सहज खानेपानीको पहुँचमा पु¥याउनका निम्ती केहि दिनमै संघिय सरकार मार्फत प्राविधिक टोली सर्वेका निम्ती आउने बताउनु भयो । यहाँ रहेको खानेपानीको समस्या अन्त्यका निम्ती चाँडै काम सम्पन्न हुने गरी प्रकृया अगाडी बढेको प्रस्ट पार्नुभयो ।
निसी भल्कोटलाई कृषि संग जोड्नका निम्ती सिँचाई आयोजना मार्फत व्यसाहीक र कृषि उत्पादन बढाउन सिँचाई आयोजना अगाडी बढाउने गरि केही दिनमै सर्वे हुने बताउँदै तत्काल निसीखोला गाउँपालिकाका सबै वस्तिमा केन्द्रिय विधुतको पहुँच पु¥याउन केन्द्रिय विधुत आयोजना मार्फत सर्वे सुरु हुने बताउनु भयो । केन्द्रिय विधुत प्राधिकरण बागलुङका प्रमुख डिलिप मरासिनी मार्फत यस क्षेत्रको अध्ययन भइसकेका कारण चाँडै केन्द्रिय विधुतको पहुँच पुग्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले थप वोल्दै उत्तरगंगा जलाशय यूक्त आयोजनाको इआइए चरणलाई अगाडी बढाउन आफु लगाएत धेरै सांसदहरुको पहल भइरहेको र वन मन्त्रालय संग समेत आफुहरुले पहल गरिएका कारण राज्यको गौरवको रुपमा रहेको आयोजना चाँडै बन्ने विश्वास लिएको बताउनु भयो ।

 

सांसद कुवंरले मगर समुदायको कला र संस्कृर्तिको जर्गना स्वरुप सञ्चालित पुतली नाच र माघी मेलाले यहाँको सभ्यता र संस्कृर्तिलाई जर्गेना गर्दे आइरहेको बताउँदै स्थानीय कला संस्कृर्ति र पहिचानलाई जोगाई राख्न युवाहरु र तिलाचन यूवा क्लबको महत्वपर्ण भुमिका रहेको बताउनु भयो
आगामी बर्षका कार्यक्रममा निसीको पुलती नाच र माघी पर्वलाई विशेष पर्वका रुपमा सम्क्षण र सम्र्वधन गरिनुपर्ने बताउँदै आफुले त्यसका निम्ती गण्डकी प्रदेश सरकारमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । लोप उन्मुख संस्कृर्तिलाई सम्र्वधन र प्रर्वधनका निम्ती इतिहाँसलाई सम्झने र आफनो पहिचान स्थापित गर्ने अभियानमा सबै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो पुतली संग्राहालय, खाम भाषाको सम्रक्षण, तिलचान खेलमैदान निर्माण गर्नका निम्ती आफुले पहल गर्ने र यहाँको उत्पादनलाई ब्यवासाहीकरण वजारीकरण गर्नुपर्ने भएका कारण आफुले सक्रिय पूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका अवसरमा प्रदेश सभा सांसद दिलमाया पौवीले वोल्दै यहाँको कला संस्कृर्तिको सम्रक्षण संगै कल्व, सामाजिक अभियान्ताले स्थानिय उत्पादनको प्रर्वधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो मेला महोत्सव आफैमा इतिहाँस, कला र संस्कृर्तिको सम्क्षण गर्ने माध्यम भएका कारण यस संगै स्थानिय उत्पादनलाई प्रर्वधन गर्न सके यस क्षेत्रको विकाश र आर्थिक उर्पाजनमा सहयोग पुग्ने बताउनु भयो ।
त्यस्तै विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले वोल्दै परापूर्व कालदेखि सञ्चालन हुँदै आएको माघि मेला तथा पुतली नाच यहाँको महत्वपूर्ण कला र संस्कृर्तिको रुपमा रहेको बताउँदै यसको सम्रक्षण र सम्र्वधनमा तिनै तहका सरकारको सहयोग आवस्यक रहेको बताउनु भयो । बाइसे चौविसे राजाको पालादेखि सुरु हुँदै आएको यस मेलाको महत्व व्यापक छ विरमान राजा रानी ,कुल देवता र पितृको सम्झनामा कापै, पुतली, भालु लगाएतका नाच नाच्ने प्रचलन रहेको बताउनु भयो । राजा रानीले प्रयोग गरेका हात हतियार अझै रहेको बताउँदै राजाको पालादेखि चल्दै आएको यस पर्व तथा संस्कृर्तिमा यहाँको इतिहाँस रहेको बताउनु भयो । पुतली नाच, कापाई, भालु जस्ता नाच नाच्ने र प्रकृया पुरा गरेमा मनोकामना पुरा हुने र वाली नालि सप्रने, हिँउ पानी पर्ने विश्वास रहँदै आएको बताउनु भयो ।

आयोजित कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रममा कलाकार खड्ग गर्वुजा,अमृता परियार, राजेश बर्देवा लगाएतको सांगितीक प्रस्तुती रहेको थियो । कार्यक्रम कल्व अध्यक्ष सन्जु थापाको अध्यक्षता, सचिव फुल मगरको स्वागत र राजेश बर्देवाको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । अन्य खेलकुदका कार्यक्रम जारि रहेका छन ।

नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाद्धारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा शोक सभा

0

माघ २ गते
नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमवार आधा झण्डा झुकाएर दिप प्रज्वलन गर्दे शोक सभा सम्पन्न गरेको छ ।
आइतबार काठमान्डौबाट पोखराका लागी उडेको यति एयरलाइन्सको विमान पोखरा स्थित सेति नदिको खोँचका दुर्घटना हुँदा ६८ यात्र्ु सहित चालक दलका चार जना गरी ७२ जनाले ज्यान गुमाएका थिए ।
नेपाल सरकारले सोकको घडिमा आज सार्वजनिक विदा दिँदै देशभर आधा झण्डा झुकाउने निर्णय अनुसार आफनो शाखाले समेत ७२ जनाको सम्झनामा ७२ वटा दिप प्रज्वलन गर्दे स्वार्गिय आत्माको चिर शान्तीको कामना सहित स्वकाकुल परिवार जनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै सोक सभा गरिएको बैंकका सहायक शाखा प्रवन्धक तथा सुचना अधिकारी भुपेन्द्र नारायण शाहले बताउनु भयो ।

विमान दुर्घटनामा कलाकार निरा र प्राविधिक प्रदिप पौडेलको श्रीमती र छोराको मृत्यु संगै वडिगाड गाउँपालिका शोकमा

0

माघ १ गते
बागलुङको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले विमान दुर्घटनामा आफनै पालिकाको बासिन्दा चर्चित कलाकार निरा छन्त्याल र गाउँपालिका प्राविधिक प्रदिप पौडेलको श्रीमती रचना काफ्ले पौडेल र ८ महिनाका नाबालक छोरा रियान पौडेलको निधनले सिंगो गाउँपालिकालाई मर्माहत बनाएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत दुःखद घटनाले गाउँपालिका परिवारलाई स्तव्ध वनाएको बताउँदै स्र्वगिय आत्माको चिर शान्तीको कामना सहित परिवार जनमा शोकलाई धैर्य धारण गर्ने शक्ति प्रधान सहित समवेदना व्यक्त गर्नुभएको हो ।


दुर्घटनामा परि मृत्यु हुनेमा निरा छन्त्याल वडिगाड गाउँपालिका ३ सिसाखानी घर भई लामो समयदेखि कलाकारीता क्षेत्रमा आवद्ध रहँदै आउनु भएको थियो । उहाँ काठमान्डौ देखि पोखरा , म्याग्दी र बागलुङका विभिन्न कार्यक्रममा सहभागि हुनेगरी विमान मार्फत पोखरा आउन लाग्नु भएको जनाइएको छ । त्यस्तै वडिगाड गाउँपालिका प्राविधिक प्रदिप पौडेलको श्रीमती रचना र छोरा रियान काठमान्डौ देखि पर्वत घर आउनका निम्ती विमानमा सवार रहेको बताइएको छ ।

त्यसैगरी पालिकाको तर्फदेखि वडिगाड गाउँपालिका उपाध्यक्ष भिमशेन वन र वडा नं. ३ का अध्यक्ष खडक पुन घटना स्थल पोखरा पुगिसक्नु भएको छ ।
आइतबार काठमान्डौबाट पोखराका लागी उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जना यात्रु सहित चालक दलका चार जना सदस्य गरी ७२ जना सवार विमान पोखरा स्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । हालसम्म ६९ जनाको शव फेला परेको र बाँकी ३ जनाको खोजी भइरहेको नेपाल नागरीक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

रिठाखोला लघु जलविद्युत सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा ः जेष्ठ नागारिक देखी विद्यार्थीलाई सम्मान

0

विनोद विश्वकर्मा ,बुर्तिवाङ ,

रिठाखोला लघु जलविद्युत सहकारी संस्था ढोरपाटन नगरपालिका ३ रिठाखोला बागलुङको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेको अध्यक्षतामा अयोजित कार्यक्रमको अवसरमा संस्थाका शेयर सदस्य तथा जेष्ठ सदस्य लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष गौरिश्वर पाण्डे द्धारा २०७८ ÷७९ को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा २०६७ साल माघ ७ गतेका दिन रिठाखोला लघु जलविद्युत आयोजनाले वत्ति वालेर योजना सम्पन्न गरेको र यस अवधिमा संस्थाले बिभिन्न खालका चुनौतिको सामाना गदै अहिले १३ वर्षको अवधिमा सहकारीको रुपमा रुपान्तरण गर्नमा आवद्ध सञ्चलक समिति,शेयर सदस्य,कर्मचारी,तथा निमार्ण कम्पिनि बीचको सुमधुर सम्बन्धले सम्भव भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जलविद्युत आयोजना २०७६ साल बाट नेपाल सरकारको सहकारी ऐन अनुसार दर्ता भई वचत तथा ऋणको कारोवार गदै आएको छ ।

त्यस्तै संस्थाका सचिव गंग बहादुर घर्ती द्धारा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो । सचिव घर्तिले संस्थाले गदै आएका कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । सथै सचिव घर्तिले आर्थिक वर्ष २०७९÷८०को लागि संचालक समिति,लेखा समिति,सल्लाहकार समिति, ऋण असुली समिति बाट सर्वसम्वतका साथ परित गरिएको सहकारी संचालन निति सभामा पेष गर्नु भएको थियो र सभाले पेस गरेको निति पारित गरेको थियो । लेखा संम्योजक गंगा बहादुर कार्कीले लेखा समितिको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खिमलाल भुषालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्था सहकारीबाट सञ्चालित भएको पहिलो वर्ष २ सय ४१ शेयर सदस्य र यस वर्ष सम्म आई पुग्दा २ सय ८३ सदस्य रहेका छन् । सहकारी मार्फत सञ्चालित विद्युतले ढोरपाटन नगरपालिकाको वडा नं १,२,३, तथा तमानखोला गाउँपालिकाको वडा नं २ को सिल्घुम गाउँमा समेत बत्तिको सुविधा पु¥याएको छ ।

कार्यक्रममो अवसरमा संस्थाका क्षेत्र भित्र रहेका ३ विद्यालयका अध्यनरत ३ जना जेहेन्दार तथा अनुसासित विद्यार्थी लाई स्टेशनरी सामग्री सहित सम्मान गरेको छ । जनकल्यान आधारभुत विद्यालय ढोरपाटन ३ सामाँका ३ विद्यार्थी,घोसाखानी माध्यामिक विद्यालयका ३ जना,सिल्घुम प्रथमिक विद्यालय तमानखोला गाउँपालिका २ का २ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।


यस्तै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै पुर्व शिक्षक धन बहादुर कुवँर,गंगा बहादुर कार्की,खुम बहादुर छन्त्याल,डम्बर बहादुर वि.क,अमर जंग पुन लाई दोसल्ला तथा मायाँको चिनो सहित सम्मान गरेको छ । शेयर जेष्ठ सदस्य सहित १३ वर्ष अपरेटर गरेका डिल बहादुर कार्कीलाई समेत नगद तथा दोसल्ला तथा मायाँको चिनोले सम्मान गरिएको हो । साथै उत्कृष्ट वचत कर्ता ५ जना र असल ऋणी ५ जनालाई समेत सम्मान गरेको छ ।

कार्यक्रममो अवसरमा बोल्दै संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेले बिजुली निमार्ण गर्ने समयमा विभिन्न समस्या झेल्दै आएको भए पनि बस्तीलाई उज्याले बनाउने सपना पुरा भएको बताउनु भयो । कार्यक्रम संस्थाका म्यानेजर नारायण घर्तीको स्वागत मन्तव्य र सचिव गंगाबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोलाको ११ औँ गाउँ सभा : “वन जलस्रोत संस्कृति पर्यटन कृषि सभ्य समाज सुखि र समृद्ध निसी ”अभियान अगाडी बढाइने

0

पौष ३० गते
निसीखोला गाउँपालिकाको ११ औँ गाउँ सभा शनिवार सम्पन्न भएको छ । “वन जलस्रोत संस्कृति पर्यटन कृषि सभ्य समाज सुखि र समृद्ध निसी ”भन्ने दिर्घकालिन सोच साथ सुरु भएको गाउँसभाले कृर्षि, वन, जडीवुटी, उद्योग, संस्कृर्ति र प्रर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अगाडी बढ्ने लक्ष्य लिएको छ ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिद्धारा प्रस्तुत गरिएको संसोधित तथा थप कार्यक्रम अन्र्तगत पािलकाले भू–उपयोग गर्ने कार्यलाई प्रभावकारी बनाउन भू–उपयोग निती तथा योजना तर्जुमा गरी कार्यक्रम कार्यान्यन गर्ने, राजश्व तथा करको दायरालाई व्यवस्थित गरी कार्यान्यन गर्ने, पालिकाको निती तथा कानुनलाई प्रभावकारी रुपमा कार्यान्यन गर्ने, कृर्षि, पशुपालन र आधुनिकीकरण र बैज्ञानिकीकरण व्यवसाहीक र वजारीकरणमा योजना बनाएर अगाडी बढ्ने, शैक्षिक क्षेत्रको विकास र सिकाईलाई प्रभावकारी वनाउन सुचना तथा सञ्चार प्रविधी तथा नविनतम प्रविधिको प्रयोग मार्फत शैक्षिक गुणस्तर बृद्धि गरीने निती तथा कार्यक्रममा समावेश गरिएको छ ।
त्यस्तै विद्यालयको मर्जर तथा शिक्षक व्यवस्थापन, नक्साङकन गर्ने कार्यलाई प्राथमिकताका आधारमा अगाडी बढाउने, कला , भाषा, संस्कृर्तिको सम्रक्षण सम्वद्र्धन र विकासका निम्ती उचित कार्यक्रम र कार्यान्यनमा जोड दिने , प्रर्यटकिय स्थलको पहिचान गरी प्रर्वद्धन र विकासमा जोड दिँदै प्रदेश र संघ सरकार समक्ष आवस्यक रणनिती तर्जुमा गरी कार्यान्यमान जोड दिने, दैनिक प्रशासन, सेवा प्रवाहलाई सहज, सरल र सुचना प्रविधीमा आधारित बनाउने लक्ष्य लिइएको हो । पालिकालाई सभ्य, सक्षम, विकासशील र उत्पादनमुखी बनाउन दिर्घकालिन सोच, लक्ष्य, उदेश्य र रणनिती एंव कार्यनिती तर्जुमा गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ । अध्यक्ष घर्तिले थप वोल्दै पालिकाको विकास र समृद्धिका निम्ती सबै दल, बौद्धिक व्यक्ति र युवा शक्ति एक भएर अगाडी बढेमा पालिकाले लिएको उदेश्य पुरा गर्न सकिने बताउनु भयो ।

 


त्यस्तै गाउँसभाबाट अधिकार प्रत्यायोजन नियमावली, कार्यविधी अन्र्तगत १५ वटा कार्यविधी बनाइएको छ । जसमा स्थानीय खरिद सम्वन्धि ऐन २०७९, भाँगोको लोक्ताबाट कपडा बुन्ने र फलबाट तेलहन उत्पादन गरी कृर्षि व्यवसाय प्रर्वधन गर्ने कार्यविधी, आन्तरिक नियन्त्रण प्रणाली, कार्यसञ्चालन कार्यविधी, लगाएतका कार्यविधी अगाडी बढाइएको हो ।
बैठकमा संसोधित निती तथा कार्यक्रम पारित, संसोधित बजेट पारित गर्ने सम्वन्धमा, दिर्घकालिन सोँच पारित , उपभोक्ता समिती मार्फत गरिने योजनाको विकास निर्माणका काम पचास लाख सम्म उपभोक्ता समिती मार्फत गर्न पाउने निर्णय पारित गरिएको निमित्त प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेम घर्ति मगरको विशिष्ठ आतिथ्यता एवं मन्तव्य रहेको थियो ।
त्यस्तै विशिष्ठ अतिथीको रुपमा निवर्तमान गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले वोल्दै पालिकाले लिएको लक्ष्य पुरा गर्नका निम्ती कर्मचारी र जनप्रतिनिधी विच सम्मोन्यकारी भुमिका संगै बजेट र लक्ष्यलाई ख्याल राख्दै योजनाको अनुगमन, मुल्यांकनलाई प्राथमिकता दिनुपर्ने, बजार व्यवस्थपान, बजार अनुगमन, करको दायरालाई व्यवस्था गर्दे अगाडी बढ्नुपर्नेमा जोड दिनु्भयो । पालिकाले दिर्घकालिन लक्ष्यका साथ कृर्षि क्षेत्रको उत्पादन र बजारिकरणमा ध्यान दिन सकेमात्र धेरै उपलब्धी हुने बताउँदै व्यवस्थापन र लक्ष्य निर्धारण गरेर त्यसलाई कार्यान्यन गर्न सकेमात्रै निसीखोला गाउँपालिका समृद्ध पालिका बन्नेमा जोड दिनुभयो ।


आयोजित कार्यक्रमका अवसरमा राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेसका मिलन वि.क, नेकपा एमालेका भूमिराज घर्तिमगर, नेकपा माओबादी केन्द्रका भिम बहादुर घर्ति, राष्ट्रिय जनमोर्चाका थम्मन घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघध्वज मल्ल , वडा अध्यक्षको तर्फदेखि वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको शुभकामना मन्तव्य रहेको हो कार्यक्रम वोल्ने वक्ताहरुले निसीखोला गाउँपालिकालाई थप समृद्धि बनाउनका निम्ती राजनैतिक दलहरु संगको सहकार्य गर्नुपर्ने, योजना अनुसार बजेट विनीयोजन गर्दा महत्वपूर्ण आवस्यकता, लागत र त्यसको परिणामको अवस्थालाई ख्याल गरेर बजेट विनीयोजन गर्नुपर्ने लगाएतका विषयमा शुझाव सहित शुभकामना दिनुभएको हो ।

कार्यक्रम गाउँपालिका निमित्त प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको स्वागत, सुचना अधिकारी पुरुषोत्तम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङ :बल्देधुरी घटनामा सहभागी १६ जनालाई जन्मकैद

0

बागलुङ पौष २८

जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। दुई वर्षअघि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैद सुनाएको हो।

जिल्ला अदालत बागलुङको आदेशले ती युवा जन्मकैदमा परेका हुन्। जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई भने सुधारगृह पठाइने भएको छ।

२०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्यूठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो। स्वतस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाबीच अबीर लगाएको विषयमा विवादसँगै झडप हुँदा हत्याको घटना भएको हो।

घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो। बडिगाड गाउँपालिका वडा नं. १० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो। घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवा पक्राउ परेका थिए। पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो। दुईजना तारेखमा छुटेका थिए। एकजना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए।

आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो। मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो। जन्मकैद सजाय अनुसार उनीहरू सबैलाई २५ वर्ष कैद हुनेछ। घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधारगृह पठाइने भएको हो।

समाचार साभार थाहा खवर

ढोरपाटन नगर कार्यपालिकाको बैठक: ६ जना सदस्यद्धारा नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्न माग

0

पौष २५ गते बुर्तिबाङ
ढोरपाटन नगर कार्यपालिकाको बैठक सोमवार भएको छ बैठकमा विभिन्न एजेन्डामाथी छलफल गर्दे हिँउदे अधिवेशनको तयारी संगै विभिन्न विधेयक र कार्यविधी बनाइएको छ । १९ सदस्य कार्यपालिका पदादिकारी रहेको नगरसभामा १८ सदस्यको उपश्थिती हुँदै गर्दा ६ जना सदस्यले भने केहि एजेन्डामा आफनो विमती रहेको भन्दै हस्ताक्षर नगरीकन कार्यपालिका बैठकबाट बाहिर निस्किएका छन ।
विभिन्न ७ एजेन्डामा छलफल गर्ने गरी कार्यपालिका सदस्यलाई पत्राचार गरिएपनी अन्य विषयमाथी समेत छलफल अगाडी बढाइएको र केही कार्यपालिका सदस्यले खर्चको अनुमोदन शिर्षक अन्र्तगत छलफल गर्दा गत साउन १ गतेदेखि हालसम्मको खर्च विवरण सार्वजनिक गर्न अनुरोध गरेका थिए तर त्यस विषयमा कुनै ध्यान नदिएपछि आफुहरु बैठक सकिनु अगाडी हस्ताक्षर नगरिकन ६ जना कार्यपालिका सदस्य बाहिर निस्किएको कार्यपालिका सदस्य दिलिप कुमार वि.क.ले बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा गत बैशाख देखि हालसम्म जम्मा ४ वटा कार्यपालिका बैठक भएको छ । निर्वाचित भएर आएको ९ महिना सम्मपनी खासै प्रगति मुलक कार्य अगाडी बढाउन नसकेको नगर सभाले चौठो बैठकमा विभिन्न १६ वटा विधेयक र १८ कार्यविधीको प्रस्ताव अगाडी बढाएको हो ।
कानुन निर्माण, रकमान्तर, खर्चको अनुमोदन, बजेट विनीयोजन, राजश्व र खर्चको भुक्तानी, स्वास्थ्य सम्वन्धी कार्यक्रम र माग, लगाएत एजेन्डामा छलफल भएपनी खर्चको अनुमोदन शिर्षकमा केही कार्यपालिका सदस्यले नगरपालिकामा गत २०७९ साउन देखि हालसम्मको खर्च विवरण कार्यपालिका सदस्यले थाहा पाउने गरी प्रस्तुत गरेमात्रै अनुमोदन हुने अडान लिएका हुन ।
त्यस्तै बैठकले १६ विधेयक अगाडी बढाएको छ । जस अन्र्तगत ढोरपाटन नगरपालिकाबाट कर तथा गैर राजश्व लगाउने उठाउने सम्वन्धमा बनेको ऐन २०७९, कृषि व्यवसाय प्रर्वद्धन सम्वन्धमा व्यवस्था गर्न वनेको बिधेयक,खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा बनेको बिधेयक, नगरसभा सञ्चालन कार्यविधी ऐन, पूर्वाधार व्यवस्थापन ऐन, प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन, भुमि ऐन, मदिरा व्यवस्थापन तथा नियन्त्रण ऐन, वन व्यवस्थापन ऐन, विपद व्यवस्थापन तथा न्युनिकरण ऐन, नगरपालिका संस्था दर्ता ऐन, सार्वजनिक निजी साझेदारी ऐन, वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण ऐन, स्थानीय स्वास्थ्य सरसफाई , स्थानीय सेवा र विषयगत समिती ऐन २०७९ ल्याइएको छ ।
त्यसैगरी विभिन्न १८ वटा कार्यविधी माथी छलफल गरिएको हो । जसमा ढोरपाटन नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितीको कार्यसञ्चालन कार्यविधी , ढोरपाटन नगरपालिका फलोसिप तथा रिसर्च कार्यक्रम सञ्चालन कार्यविधी, नगरपालिकाको अशल शिक्षक, अशल विद्यार्थी, अशल अभिभावक छनौट कार्यविधी, करार शिक्षक, बाल बिकाश सहजकर्ता र विद्यालय कर्मचारी व्यवस्थापन कार्यविधीमाथी छलफल गरिएको छ ।

घ वर्गको निर्माण व्यवसाही इजाजतपत्र सम्वन्धी कार्यविधी, ढोरपाटन नगरपालिकाका पदादिकारीको आचारसंहिता, आधारभुत तथा माध्यमिक परिक्षा सञ्चालन कार्यविधी, स्वास्थ्य संस्था फार्मसी सेवा कार्यविधी, विद्यालय अनुगमन निरिक्षण तथा सत्यापन कार्यविधी, नगर विपद् व्यवस्थापन तथा राहत वितरण कार्यविधी, विभिन्न समुह गठन तथा सञ्चालन , सार्वजनिक सेवा प्रवाहको मापडण्ड, स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधी, उपभोक्ता समिती गठन सम्वन्धी कार्यविधी, महिला स्वास्थ्य स्वयंमसेविका ब्यवस्थापन कार्यविधी, स्वास्थ संस्था दर्ता, अनुमती तथा नविकरण सम्वन्धी निर्देशिका स्थानिय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधी र स्थानीय सडक मापडण्ड कार्यविधी २०७९ माथी छलफल गरि कार्यविधी निर्माण गरिएको हो