
पौष २५ गते बुर्तिबाङ
ढोरपाटन नगर कार्यपालिकाको बैठक सोमवार भएको छ बैठकमा विभिन्न एजेन्डामाथी छलफल गर्दे हिँउदे अधिवेशनको तयारी संगै विभिन्न विधेयक र कार्यविधी बनाइएको छ । १९ सदस्य कार्यपालिका पदादिकारी रहेको नगरसभामा १८ सदस्यको उपश्थिती हुँदै गर्दा ६ जना सदस्यले भने केहि एजेन्डामा आफनो विमती रहेको भन्दै हस्ताक्षर नगरीकन कार्यपालिका बैठकबाट बाहिर निस्किएका छन ।
विभिन्न ७ एजेन्डामा छलफल गर्ने गरी कार्यपालिका सदस्यलाई पत्राचार गरिएपनी अन्य विषयमाथी समेत छलफल अगाडी बढाइएको र केही कार्यपालिका सदस्यले खर्चको अनुमोदन शिर्षक अन्र्तगत छलफल गर्दा गत साउन १ गतेदेखि हालसम्मको खर्च विवरण सार्वजनिक गर्न अनुरोध गरेका थिए तर त्यस विषयमा कुनै ध्यान नदिएपछि आफुहरु बैठक सकिनु अगाडी हस्ताक्षर नगरिकन ६ जना कार्यपालिका सदस्य बाहिर निस्किएको कार्यपालिका सदस्य दिलिप कुमार वि.क.ले बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा गत बैशाख देखि हालसम्म जम्मा ४ वटा कार्यपालिका बैठक भएको छ । निर्वाचित भएर आएको ९ महिना सम्मपनी खासै प्रगति मुलक कार्य अगाडी बढाउन नसकेको नगर सभाले चौठो बैठकमा विभिन्न १६ वटा विधेयक र १८ कार्यविधीको प्रस्ताव अगाडी बढाएको हो ।
कानुन निर्माण, रकमान्तर, खर्चको अनुमोदन, बजेट विनीयोजन, राजश्व र खर्चको भुक्तानी, स्वास्थ्य सम्वन्धी कार्यक्रम र माग, लगाएत एजेन्डामा छलफल भएपनी खर्चको अनुमोदन शिर्षकमा केही कार्यपालिका सदस्यले नगरपालिकामा गत २०७९ साउन देखि हालसम्मको खर्च विवरण कार्यपालिका सदस्यले थाहा पाउने गरी प्रस्तुत गरेमात्रै अनुमोदन हुने अडान लिएका हुन ।
त्यस्तै बैठकले १६ विधेयक अगाडी बढाएको छ । जस अन्र्तगत ढोरपाटन नगरपालिकाबाट कर तथा गैर राजश्व लगाउने उठाउने सम्वन्धमा बनेको ऐन २०७९, कृषि व्यवसाय प्रर्वद्धन सम्वन्धमा व्यवस्था गर्न वनेको बिधेयक,खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा बनेको बिधेयक, नगरसभा सञ्चालन कार्यविधी ऐन, पूर्वाधार व्यवस्थापन ऐन, प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन, भुमि ऐन, मदिरा व्यवस्थापन तथा नियन्त्रण ऐन, वन व्यवस्थापन ऐन, विपद व्यवस्थापन तथा न्युनिकरण ऐन, नगरपालिका संस्था दर्ता ऐन, सार्वजनिक निजी साझेदारी ऐन, वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण ऐन, स्थानीय स्वास्थ्य सरसफाई , स्थानीय सेवा र विषयगत समिती ऐन २०७९ ल्याइएको छ ।
त्यसैगरी विभिन्न १८ वटा कार्यविधी माथी छलफल गरिएको हो । जसमा ढोरपाटन नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितीको कार्यसञ्चालन कार्यविधी , ढोरपाटन नगरपालिका फलोसिप तथा रिसर्च कार्यक्रम सञ्चालन कार्यविधी, नगरपालिकाको अशल शिक्षक, अशल विद्यार्थी, अशल अभिभावक छनौट कार्यविधी, करार शिक्षक, बाल बिकाश सहजकर्ता र विद्यालय कर्मचारी व्यवस्थापन कार्यविधीमाथी छलफल गरिएको छ ।
घ वर्गको निर्माण व्यवसाही इजाजतपत्र सम्वन्धी कार्यविधी, ढोरपाटन नगरपालिकाका पदादिकारीको आचारसंहिता, आधारभुत तथा माध्यमिक परिक्षा सञ्चालन कार्यविधी, स्वास्थ्य संस्था फार्मसी सेवा कार्यविधी, विद्यालय अनुगमन निरिक्षण तथा सत्यापन कार्यविधी, नगर विपद् व्यवस्थापन तथा राहत वितरण कार्यविधी, विभिन्न समुह गठन तथा सञ्चालन , सार्वजनिक सेवा प्रवाहको मापडण्ड, स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधी, उपभोक्ता समिती गठन सम्वन्धी कार्यविधी, महिला स्वास्थ्य स्वयंमसेविका ब्यवस्थापन कार्यविधी, स्वास्थ संस्था दर्ता, अनुमती तथा नविकरण सम्वन्धी निर्देशिका स्थानिय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधी र स्थानीय सडक मापडण्ड कार्यविधी २०७९ माथी छलफल गरि कार्यविधी निर्माण गरिएको हो