Home Blog Page 139

बुर्तिबाङ क्षेत्रमा सुरक्षा चुनौती बद्दो

0

बुर्तिबाङ माघ २७ गते
विहिबार राती बुर्तिबाङको विच बजारमा घर छेउ कम्पाउन्ड भित्र राखिएको स्कुटरमा आगोलागी भयो तर विच बजारमै भएको घटनामा अहिलेसम्म दोषि पत्ता लाग्न सकेन बुर्तिबाङ प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ ।
बुर्तिबाङ जनता बोर्डिङ लाईनमा स्थानिय टिकाराम पाण्डेले घरको कम्पाउन्ड भित्र त्रिपालले खोपेर राखेको स्कुटरमा विहिवार राती सवा १२ बजेको समयमा आगो दन्कियो घर धनीले घटना भएको थाहा पाए लगत्तै उठेर आगो निभाउन सफल भए र स्कुटर पनी जोगियो घर पनी जोगिन सफल भयो ।


घटना हेर्दा कम्पाउन्ड बाहिरबाट एकैपटक ६ वटा सलाईको काँटी बाँदेर सल्काई स्कुटर माथि फालेको देखिन्छ । त्रिपाल जल्दै गर्दा पाण्डेले थाहा पाएपछि स्कुटर आंसिक बाहेक आगोलागी हुन वाट जोगाए तत्काल प्रहरीलाई खवर पनी भयो कस्ले र कुन नियतले आगो लगायो भन्ने अझै पत्ता लागेको छैन यसरी विच वजारमा घटना बद्न थालेसंगै सुरक्षा चुनौती थपिएको पाण्डेले बताए । यस विषयमा आफुहरुले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख राजेश अधिकारीले बताए । घटना स्थल ढोरपाटन नगरपालिका कार्यालयको नजिकै पर्दछ ।
केहि महिना पहिले बजारकै लक्ष्मिमार्ग टोलमा घर छेउमा रोकी राखेको ध २ प १८४७ नम्वरको भिम बहादुर कुवंरले चलाउँदै आएको मोटरसाईकल चोरी भयो अन्तत प्रहरीले चोरी गर्ने गिरोहलाई प्रकाउ गर्न सफल पनी भयो । बजार छेउकै सेरा गाँउमा पछिल्लो समय दैनिक जसो खोरमा पालिएका कुखुरा हराउने, खेतमा लगाइएको आलु लगाएत तरकारी खेतबाटै चोरी हुन थालेसंगै स्थानीय थप त्रसित बन्न थालेका छन ।

निसीखोलामा जात व्यवस्था विरुद्धको प्रशिक्षण कार्यक्रम 

0

बुर्तिबाङ,निसीखोला दलित सञ्जालको आयोजनामा निसीखोलाको जुग्जाखोलामा जात व्यवस्था विरुद्धको एक दिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।


उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य एवं प्रमुख अतिथि दिलमाया पौबीले गर्नुभएको थियो । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौबीले जातीय विभेद र छुवाछुतको कारण देशका दलितहरु नागरिक भएर पनि अनागरिक जस्तै भई बाँच्नु परेको बताउनु भएको छ । राज्यसत्ताले युगौंदेखि असमानता र विभेद गरेको भन्दै उहाँले दलितहरु अब भोट बैंक मात्र बन्ने होइन, मुक्ति र परिवर्तनको लागि एकजुट हुनुपर्ने बताउनु भयो । शिक्षित बनेर मात्र परिवर्तन सम्भव हुने भएकाले उहाँले सबैलाई शिक्षित र सचेत बन्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले स्थानीय जनताको विकासका साथसाथै दलित हक अधिकारको लागि आफूले प्रदेश सभामा निरन्तर आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले समाजमा छुवाछुत र विभेद अन्त्य गर्न सके मात्र सभ्य समाजको निर्माण हुने बताउनु भयो ।

त्यसैगरी निसीखोला दलित संजालका सल्लाहकार एवं वडा नं. २ का वडा अध्यक्ष कुबिर विकले समाजमा अझैपनि जातीय विभेद कायमै रहेकाले राज्यले यसको अन्त्य गर्न नसकेको भन्दै जातीय विभेद र मुक्तिको लागि दलितहरु एक हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमको दोस्रो सत्रमा प्रशिक्षकहरुबाट दलित हक, अधिकार र कानुनी व्यवस्था तथा जात व्यवस्था के हो ? समाजमा कस्तो असर पारेको छ लगाएत सम्बन्धि प्रशिक्षण दिइएको थियो । यसैक्रममा कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं प्रशिक्षक राष्ट्रिय दलित अभियन्ता डा. मित्र परियारले राजनीतिक दलहरुले दलितहरुलाई आफ्नो सत्ता स्वार्थको लागि प्रयोग मात्र गरेकाले दलित आन्दोलन कमजोर भएकाले मुक्तिको लागि सशक्त दलित आन्दोलनको विकल्प नरहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका प्रशिक्षक एवं दलित अधिकारकर्मी लोकेन्द्र सुनारले संविधान र ऐन कानुनले छुवाछुत तथा जातीय विभेद अन्त्य गरेको भएपनि व्यवहारमा अझैपनि त्यसको अन्त्य हुन नसक्नु र कागजको पानामा मात्र सिमित हुनु दुखद् पक्ष भएको बताउँदै राज्य गम्भीर बन्नुपर्ने बताउनु भएको थियो । साथै उहाँले सशक्त र एकीकृत दलित आन्दोलनबाट मात्र दलितहरुको मुक्ति सम्भव भएकाले सबै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रमका प्रशिक्षक एवं दलित अभियन्ता अशोक विश्वकर्माले हिन्दू वर्ण व्यवस्था र त्यसबाट सिर्जित धर्म, संस्कार, संस्कृति सबैले दलित समुदायलाई विभेद गरेकाले विद्यमान असमानताका सबै जन्जिरहरु नचुँडालेसम्म दलित मुक्ति सम्भव नभएकाले दलीय राजनीतिभन्दा माथि उठेर सबै दलितहरु एकजुट हुनुपर्ने बताउनु भएको थियो । उहाँले जसरी भारतमा डा.भीमराव अम्बेडकरले दलित आन्दोलनलाई सशक्त बनाएका थिए त्यसरी नै नेपालमा पनि अब सशक्त दलित आन्दोलनलाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भएको थियो

उक्त कार्यक्रममा समाजसेवी ईद बहादुर रसाईली, असारी वि.क., रोदन विश्वकर्मा, अनिल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
निसीखोला दलित संजालका अध्यक्ष रोशन विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा संजालका उपाध्यक्ष विनोद विश्वकर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन संजालका सचिव सञ्जय सुनारले गर्नुभएको थियो ।

रक्तिम साँस्कृतिक अभियान प्रथम ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा

0

बुर्तिबाङ , रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगरपालिकाको प्रथम नगर सम्मेलन बुर्तिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रम रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष सहविन अर्गेजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि अर्गेजाले दिप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले राष्ट्र«, जनता र क्रान्तिको लागि रक्तिम साँस्कृतिक अभियानले गीत र नृत्य मार्फत पस्तुत गर्दै आएको बताउनुभयो ।

२०४३ चैत २६ गते स्थापना भएको यस संगठनले धेरै किसिमका आरोह, अवरोह तथा समस्याहरुलाई समाधान गर्दै आफ्नो यात्रालाई आगडि बढाएको उहाँको भनाई थियो । उहाँले गीत संगितको माध्यमबाट सुसंगित गर्दै शब्दको रुपमा गौरवशाली इतिहास कोरेको बताउनुभयो ।

“उहाँले भन्नुभयो” वैचारिक र संगठनात्मक रुपले सहि दिशामा अगाडी बढाउन पहिले यसको बारेमा स्पष्ट हुन जरुरी हुन्छ, कतिपय मानिसहरु वैचारिक स्पष्टता नहुँदा अन्योलनमा रहेका छन् र यसमा अनुशानको पनि निकै जरुरी रहन्छ । अहिले संसारभरी कुसंस्कार ,कुरीती, अन्धबिश्वास, धर्मको नाममा भ्रम सिर्जना गरि जनतालाई लुट्ने र शोषण गर्ने माध्यम बनाएको बताउनुभयो ।यस्तो किसिमको प्रवृत्तिबाट मुक्त गर्न रक्तिम परिवारले देश जनताको लागि जनजागरण गराउन जनवादी सँगीत र गीत मार्फत चेतना जगाउने काम गर्दै आएको उहाँको भनाई थियो । यही फागुन ७ र ८ गते रक्तिम साँस्कृतिक अभियान बागलुङको दोस्रो जिल्ला सम्मेलन बुर्तिबाङ बजारमा भब्य रूपमा गर्ने आयोजना हुन लागेको बताउँदै सम्मेलनमा सबैको सहयोगको अपेक्षा लिएको बताउनुभयो ।

 
यस्तै कार्यक्रममा राजमो केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले बोल्दै देशमा घटेका घटना र पिडाहरुलाई रक्तिमले गीत र नृत्यमार्फत प्रस्तुत गर्दै आएको बताउनुभयो । ठुला दलहरुले संघीयताको हावि बनाएको र आफुले बर्षौदेखि त्यसको विरोध गरिरहेको उहाँको भनाई थियो । संघीयताको खारेजी र गणतन्त्रलाई संस्थागत गर्न, देश र समाजलाई सुन्दर बनाउन रक्तिम साँस्कृतिक अभियानको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । संस्कार र संस्कृति मान्छेको विचार र चेतनासँग जोडिएको हुने उहाँको भनाई थियो । रक्तिमले प्रस्तुत गर्ने गित संगितलाई सुनेर मात्रै नभई यसको भावलाई बुझन् आवश्यक रहेको बताउनुभयो ।


साथै राजमो ढोरपाटन नगर अध्यक्ष तथा जिल्ला सदस्य दिपक थापाले रक्तिम साँस्कृतिक अभियानले पार्टीलाई संगठित क्षेत्रबाट सहयोग गरिरहेको बताउनुभयो । प्रतिगामी शक्तिहरुले संस्कृतिको विरुद्ध खिचातानी गरिरहेको र साम्राज्यवादी शक्तिलाई देशमा प्रवेश गराई निरन्तर आक्रमण गरेको आरोप लागनुउभयो ।

साथै कार्यक्रममा रक्तिम सांस्कृति अभियानका कलाकारहरुले जनवादी गित संगितको माध्यमबाट नृत्य प्रस्तुत गर्नुभएको थियो भने साविक खुंगा गाविसका पुरानो बामपन्थी नेता टक बहादुर अर्गेजालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा अखिल छैठौँका केन्द्रिय सदस्य विमल पाण्डे, अखिल नेपाल बुद्धिजिवी सँघका केन्द्रिय सदस्य धन बहादुर कुवँर, जातिय समता समाजका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनार, अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारीले रक्तिम सांस्कृतिक अभियानको प्रथम नगर सम्मेलनलाई भव्य रुपमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने राजमो जिल्ला सदस्य धन बहादुर अदै, अखिल नेपाल महिला संघका जिल्ला सदस्य पवित्रा कुमारी छन्त्याल, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य टिका बहादुर पुन, साविक खुंगा गाविसका पुरानो बामपन्थी नेता टक बहादुर अर्गेजा, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

यस्तै सो सम्मेलनले झक प्रसाद श्रेष्ठको अध्यक्षतामा ११ पुर्ण समिति समेत गठन गरेको र २ स्थान रिक्त रहेको बताइएको छ । जसको उपाध्यक्ष अविन महत, कोषाध्यक्ष सुधा घर्ती, सचिव राम बहादुर अर्गेजा, सदस्यहरुमा सावित्रा दर्जी, रुनमाँया बुढा, केशव र्सिपाली, पुरन कुवँर, र सविना कुवँर रहुनुभएको छ ।

कार्यक्रम रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठको अधयक्षता, रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर उपाध्यक्ष अविन महतको स्वागत र कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

मेरुडण्ड भाँचिएका सन्ते सार्कि ३ महिनादेखि अस्पत्तालमा :उपचारमा आर्थिक अभाव

0

माघ १९ गते बुर्तिबाङ
बागलुङको वडिगाड गाउँपालिका ९ का सन्ते सार्कि भिरबाट लडेर मेरुडण्ड भाँचिएपछि उपचारमा आर्थिक समस्या सृजना भएको छ ।
गत मंसिर महिनामा घर नजिकैको भिरबाट लडेर शक्त घाइते भएका सार्कि ३ महिनादेखि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार रत छन ।
मेरुडन्ड भाँचिएसंगै अहिले श्रीमानको हात खुट्टा चल्दैन उपचार जारि छ तिन महिना देखि वेडमा हुनुहुन्छ घरको आर्थिक अवस्था कमजोर रहेको र ऋण र विभिन्न दाताबाट संकलन भएको रकम समेत उपचार गर्दा गर्दे सकिएपछि अहिले विरामीलाई थप उपचार गर्न आर्थिक समस्या सृजना भएको श्रीमती मन कुमारी सार्किले बताईन ।


हालसम्म पाँच लाख बढि खर्च भइसक्यो आर्थिक अवस्था नाजुक छ गाउँमा चन्दा संकलन पनी गरियो ऋण पनी कसैले पत्याउँदैनन उपचारमा आर्थिक समस्या भएपछी उपचारमा समस्या भएको छ । अस्पत्तालले दुई लाख धरौटी रकम मागेको छ । कसरी पु¥याउनु भाई रिषिराम सार्किको भन्नु भयो । दाजुको उपचारका निम्ती सहयोगी दाताहरुले मन कुमारी सार्किको मोवाईल ९८६७९१३४९१ म सम्पर्क गरेर सहयोग गर्न सक्नुहुने भएको छ । घाइते सार्किको श्रीमती, ३ छोरा १ छोरी रहेका छन ।

 

 

बुर्तिबाङमा रहेको शिव शिखर सहकारीमा वचत रकम निकाल्न बचतकर्ताको भिड बद्दै

0

माघ १९ गते
बुर्तिबाङमा रहेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा पछिल्लो समय आफुले वचतमा राखेको रकम निकाल्न पचासौँ जना वचतकर्ताको भिड लाग्न थालेको छ ।
वुटवलमा रहेको उक्त संस्थाको साखाले वचत कर्ताको रकम फिर्ता नदिएको चेक सटही नगरेको समाचार बाहिरीएसंगै बुर्तिबाङमा पनी दैनिक पचास जनासम्म वचतकर्ताले आफुले राखेको वचत फिर्ता दिन माग सहित चेक लिएर सहकारीमा पुग्ने गरेका हुन ।
गत असार २३ गते बुर्तिबाङमा वचत ÷ऋण तथा मार्ट मार्फत सेवा दिने उदेश्य सहित खोलिएको सहकारीको शाखाले हालसम्म मार्ट तयार गरेर सेवा दिन सकेको छैन ।
उता एक हजार बढि वचत कर्ताले वचत गर्दा हालसम्म यहाँको शाखाबाट १ जनाले पनी ऋण रकम लगेका छैनन यहाँका नागरिकले करिव ढेड करोड रकम सहकारीमा जम्मा गरेका छन ।
पछिल्लो समय आर्थिक संकटका कारण यस क्षेत्रमा ऋण लगानी गर्न र चेक वापतको भुक्तानी दिन नसकिएको शाखाका प्रवन्धक सुरज शाक्यले बताए । उनि भन्छन यहाँका वचतकर्ता बाट संकलन भएको करिव डेढ करोड रकम सहकारी व्यवस्थापन र मार्ट निर्माणमा खर्च भयो आर्थिक मन्दिका कारण सहकारीले अन्य शाखा मार्फत लगानी गरेको रकम उठ्न नसकेको र सबै वचत कर्ताले एकैपटक चेक लिएर आउँदा आफुहरुले चेक वापतको रकम भुक्तानी गर्न नसकिएको बताए

बुधबार मात्रै ४७ जनाले चेक लिएर सटहिका निम्ती बुर्तिबाङ शाखामा पुगेका थिए तर कसैले पनी रकम पाएनन् विहिबार पनी सोहि मात्रामा सहकारीमा जम्मा भएका सदस्यले आफुहरुको वचत तत्काल फिर्ता हुनुपर्ने माग सहित धर्नानै टेके तर सहकारीमा हाल रकम नभएका कारण तत्काल दिन नसकिने संस्थाका प्रवन्धक शाक्यको भनाई छ ।
आफुहरुले बागलुङ शाखा मार्फत रकम मगाइएको र माघ मशान्त सम्म केहि हदसम्म भएपनी चेक सटहीको व्यवस्था गरिने उनको भनाई छ ।


उता सहकारीका प्रमुख कार्यकारी अधिकृत लिला नाथ गौतमले विज्ञप्ती निकाल्दै देशमा भएको आर्थिक मन्दिका कारण सहकारीको लगानी उठ्न नसकेको यसको प्रभाव थुप्र सहकारीमा परेको उल्लेख गर्दे यस्तो अवस्थामा केहि तत्वले धमिलो पानीमा माछा मार्न खाजेको बताउँदै सहकारीमा वचत कर्ताले राखेको रकम सुरक्षित रहेको विज्ञप्ती मार्फत उल्लेख गरेका छन ।

रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटन द्धारा ह्वील चियर हस्तान्त्रण

0

माघ १८ गते
रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटन ( District ३२९२) द्धारा विभिन्न स्वास्थ्य संस्थाका निम्ती ह्वील चियर हस्तान्त्रण थालिएको छ ।
काओ झोङ झिं (Cao zhong zhi )फाउन्डेशन ताइवान द्धारा उपलब्ध गराइएको २० थान ह्वील चियर बागलुङ क्षेत्र नं. २ अन्र्तगतका ६ वटै पालिकाका विभिन्न स्वास्थ्य सँस्थालाई हस्तन्त्रण गर्न लागिएको संस्थाका अध्यक्ष धालेन्द्र छन्त्यालले बताउनु भयो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्थामा बुधबार दुई थान ह्वील चियर हस्तान्त्रण गर्दे रोटरि क्लव अफ बुर्तिबाङका पूर्व अध्यक्ष डा. शान्तराज सर्माले मानव सेवा अन्र्तगत अशक्त अवस्थामा रहेका विरामीलाई सहजताका निम्ती आफुहरुको पहलमा ह्वील चियर हस्तान्त्रण अभियान सुरु गरिएको बताउनु भयो ।
बुर्तिबाङ स्वास्थ्य चौकीमा डा. निरज सर्मालाई ह्वील चियर हस्तान्त्रण गरिएको थियो । सर्माले वोल्दै स्वास्थ्य संस्थामा आवस्यकता रहेको सामाग्रि हस्तान्त्रण गरेकोमा रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटनलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
ढोरपाटन नगर पालिकाका ,निसीखोला गाउँपालिकामा,गल्कोट नगरपालिका,वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा पुगेर ह्वील चियर हस्तान्त्रण गर्ने कार्यक्रम रहेको पूर्व अध्यक्ष तुल्सिराम अर्यालले बताउनु भयो ।

तमानखोला गाउँपालिकाद्धारा जेष्ठ नागरिक सम्मान

0

माघ १६ गते
तमानखोला गाउँपालिकाले पालिकाभर रहेका १०३ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सुरु गरेको छ ।
जेष्ठ नागरिकहरु समाज र राष्ट्रका गहना भएको बताउँदै उनिहरुलाई संधै सम्मान र माया गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बताउनु भयो ।
छन्त्यालले भन्नुभयो जेष्ठ नागरिक भनेका समाजका अगुवा हुन उनिहरुको योगदानले समाज रुपान्तरणमा मुख्य भुमिका निर्वाह भएको बताउँदै उहाँहरुले गरेको अनुभव, सिप र क्षमतालाई नयां पिँडिले लिन सकेमा समाज र राष्ट्रलाई वदल्न थप टेवा पुग्ने बताउनु भयो ।
गाउँपालिकाले लिएको कार्यक्रम अन्र्तगत आफुहरुले सम्मान गरिएको बताउनु भयो । गाउँपालिकाका ६ वटै वडामा गरि ८५ बर्ष पार गरिसक्नु भएका १०३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान थालिएको छ । कार्यक्रम अन्र्तगत वडा नं. ३ र ४ का ३१ जनालाई सम्मान गरिसकिएको हो ।
वडा नं. ३ मा १५ जना र वडा नं. ४ मा १६ जनालाई सम्मान गरिएको र बाँकी वडामा कार्यक्रम क्रमश सुरु हुने गाउँपालिका उपाध्यक्ष छन्त्यालको भनाई छ । आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष झक बहादुर बुढा, वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली वडा नं. २ का अध्यक्ष नारायण सुनारलगाएतको उपश्थिती रहेको थियो ।

तेस्रो बुर्तिबाङ कप फुटबलको उपाधि न्यू मोर्डन एकेडेमी लाई ः को को परे उत्कृष्ट खेलाडी ?

0

विनोद विश्वकर्मा ,बुर्तिबाङ
बुर्तिबाङ फुटबल क्लवको आयोजनामा बिहिबार देखी बुर्तिबाङमा सञ्चालित तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट २०७९को उपाधि न्यू योर्डन एकेडेमी ढोरपाटन नगरपालिका १ बुर्तिबाङले हात पारेको छ ।

सनिबार भएको न्यू मोर्डन एकेडेमी बुर्तिबाङ र तमान युवा क्लव तमानखोला गाउँपालिका बिचको खेलबाट न्यू मोर्डन एकेडेमीले १–० को अग्रता सङ्गै उपाधि जितेको थियो

यस सङ्गै न्यू मोर्डन एकेडेमी एकेडेमीले नगग रु ५१ हजार १ सय ११ कप मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ । उस्तै उपविजेता बनोको तमान युवा क्लवले नगद रु २५ हजार ५ सय ५५ कप मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ ।
यस्तै उत्कृष्ट खेलाडी जनाता सेकेन्डरी ईग्लिस बोर्डिङ स्कुल बुर्तिर्बाङका खेलादी बचन अदै, उत्कृष्ट फरवार्ड रियल ढोरपाटन क्लवका मिलन विश्वकर्मा,उत्कृष्ट मिडफिल्डरमा न्यू मोर्डन एकेडेमीका सुनिल बुढा,उत्कृष्ट डिफेन्डर तमान युवा क्लवका अर्जुन पुन र उत्कृष्ट गोलकिपरमा न्यू मोर्डन एकेडेमीका लोकेन्द्र थापा मगर बन्नु भएको छ ।

यस्तै पुरस्कार बितरण तथा समापन कार्यक्रम सनिबार नै सम्पन्न गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिष्ट अतिथिको रुपमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी साहयक निरिक्षक राजेश अधिकारीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका प्रशासकिय अधिकृत चन्डी प्रसाद शर्मा,शिक्षा शाखा प्रमुख ज्ञनेन्द्र सापकोटा,लगायतको उस्थिति रहेको थियो ।

कार्यक्रम बुर्तिबाङ फुटबल क्लवका अध्यक्ष युवराज जँग कुवँरको अध्यक्षता कल्वका कोषाध्यक्ष धिरेन घर्तीको स्वागत मन्तव्य र पत्रकार विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहिबार देखी बुर्तिबाङमा तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट सुरु

0

विनोद विश्वकर्मा,बुर्तिवाङ

बिहिबार देखी बुर्तिबाङमा तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट सुरु भएको छ ।

पहिलो चरणको खेलामा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र रियल ढोरपाटन क्लव बिचको खेलमा २ –० ले रियल ढोरपाटन अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै उत्तरगंगा नमुना माध्यामिक विद्यालय बुर्तिबाङ र तमान युवा क्लव बिचको खेल पेनाल्टि सम्म पुगेको थियो । पेनाल्टिमा तमान युवा क्लव १ –० ले अघिल्लो चरणमा प्रवेश गररेको छ । यस्तै जनता सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुल बुर्तिबाङ र रिभरहेड ईन्टरनेशनाल एकेडेमी बुर्तिबाङ बिचको खेलबाट २–० ले जनाता बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । रिघा युवा क्लव र पाण्डवखानी बिचको खेलबाट २–० ले रिघा अधिल्लो चरणमा प्रवेश गरेको छ । र अन्तिम खेलमा बुर्तिबाङ राईजिङ युवा क्लव र हटिया बिचको खेलबाट ३ –० ले हटिया अघिल्लो चरणमा प्रवेश गरेको छ ।
विजेताले ५१ हजार १ सय ११ रुपैयाँ पाउने छन् । उपविजेताले २५ हजार ५ सय ५५ पाउने छन् । प्रतियोगितामा १४ समुहको सहभागिता रहेको छ ।

कार्यक्रमको समापन तथा औपचारिक उद्घाटन भने १४ गते ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा गरिने क्लवका कोषाध्यक्ष धिरेन घर्तीले जानकारी दिनु भयो ।

वडिगाड गाउँपालिका द्धारा स्र्वर्गिय निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग

0

माघ १० गते
वडिगाड गाउँपालिकाले गत माघ १ गते पोखरामा जहाज दुर्घटना हुँदा ज्यान गुमाएकी चर्चित कलाकार तथा वडिगाड गाउँपालिका ३ की निरा छन्त्यालको परिवारलाई शोकसभा सहित पचास हजार रुपैयाँ हस्तान्त्रण गरेको छ ।मंगलबार पुण्य तिथीको अवसरमा स्वर्गिय छन्त्यालको घरमा पुगेर गाउँपालिका अध्यक्ष गण्डकी थापा, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी लगाएतको उपश्थितीमा शोक सभा सहित स्वर्गिय निरा छन्त्यालको आत्माको चिर शान्तीको कामना सहित परिवार जनमा धैर्य धारणाको कामना सहित समवेदना व्यक्त गरिएको हो ।

गाउँपालिका अध्यक्ष गण्डकी थापाले वोल्दै आफनै पालिकाको गाउँ ठाउँको चेली , चर्चित कलाकार निरा छन्त्यालको असमाहिक निधनले सिंगो वडिगाड गाउँपालिकालाई स्तव्ध वनाएको बताउँदै निराको स्र्वगारोहणले सिंगो देशकै एक महत्वपूर्ण गहना गुमेको बताउनु भयो ।