बुर्तिबाङमा रहेको शिव शिखर सहकारीमा वचत रकम निकाल्न बचतकर्ताको भिड बद्दै

माघ १९ गते
बुर्तिबाङमा रहेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा पछिल्लो समय आफुले वचतमा राखेको रकम निकाल्न पचासौँ जना वचतकर्ताको भिड लाग्न थालेको छ ।
वुटवलमा रहेको उक्त संस्थाको साखाले वचत कर्ताको रकम फिर्ता नदिएको चेक सटही नगरेको समाचार बाहिरीएसंगै बुर्तिबाङमा पनी दैनिक पचास जनासम्म वचतकर्ताले आफुले राखेको वचत फिर्ता दिन माग सहित चेक लिएर सहकारीमा पुग्ने गरेका हुन ।
गत असार २३ गते बुर्तिबाङमा वचत ÷ऋण तथा मार्ट मार्फत सेवा दिने उदेश्य सहित खोलिएको सहकारीको शाखाले हालसम्म मार्ट तयार गरेर सेवा दिन सकेको छैन ।
उता एक हजार बढि वचत कर्ताले वचत गर्दा हालसम्म यहाँको शाखाबाट १ जनाले पनी ऋण रकम लगेका छैनन यहाँका नागरिकले करिव ढेड करोड रकम सहकारीमा जम्मा गरेका छन ।
पछिल्लो समय आर्थिक संकटका कारण यस क्षेत्रमा ऋण लगानी गर्न र चेक वापतको भुक्तानी दिन नसकिएको शाखाका प्रवन्धक सुरज शाक्यले बताए । उनि भन्छन यहाँका वचतकर्ता बाट संकलन भएको करिव डेढ करोड रकम सहकारी व्यवस्थापन र मार्ट निर्माणमा खर्च भयो आर्थिक मन्दिका कारण सहकारीले अन्य शाखा मार्फत लगानी गरेको रकम उठ्न नसकेको र सबै वचत कर्ताले एकैपटक चेक लिएर आउँदा आफुहरुले चेक वापतको रकम भुक्तानी गर्न नसकिएको बताए

बुधबार मात्रै ४७ जनाले चेक लिएर सटहिका निम्ती बुर्तिबाङ शाखामा पुगेका थिए तर कसैले पनी रकम पाएनन् विहिबार पनी सोहि मात्रामा सहकारीमा जम्मा भएका सदस्यले आफुहरुको वचत तत्काल फिर्ता हुनुपर्ने माग सहित धर्नानै टेके तर सहकारीमा हाल रकम नभएका कारण तत्काल दिन नसकिने संस्थाका प्रवन्धक शाक्यको भनाई छ ।
आफुहरुले बागलुङ शाखा मार्फत रकम मगाइएको र माघ मशान्त सम्म केहि हदसम्म भएपनी चेक सटहीको व्यवस्था गरिने उनको भनाई छ ।


उता सहकारीका प्रमुख कार्यकारी अधिकृत लिला नाथ गौतमले विज्ञप्ती निकाल्दै देशमा भएको आर्थिक मन्दिका कारण सहकारीको लगानी उठ्न नसकेको यसको प्रभाव थुप्र सहकारीमा परेको उल्लेख गर्दे यस्तो अवस्थामा केहि तत्वले धमिलो पानीमा माछा मार्न खाजेको बताउँदै सहकारीमा वचत कर्ताले राखेको रकम सुरक्षित रहेको विज्ञप्ती मार्फत उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित