रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटन द्धारा ह्वील चियर हस्तान्त्रण

माघ १८ गते
रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटन ( District ३२९२) द्धारा विभिन्न स्वास्थ्य संस्थाका निम्ती ह्वील चियर हस्तान्त्रण थालिएको छ ।
काओ झोङ झिं (Cao zhong zhi )फाउन्डेशन ताइवान द्धारा उपलब्ध गराइएको २० थान ह्वील चियर बागलुङ क्षेत्र नं. २ अन्र्तगतका ६ वटै पालिकाका विभिन्न स्वास्थ्य सँस्थालाई हस्तन्त्रण गर्न लागिएको संस्थाका अध्यक्ष धालेन्द्र छन्त्यालले बताउनु भयो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्थामा बुधबार दुई थान ह्वील चियर हस्तान्त्रण गर्दे रोटरि क्लव अफ बुर्तिबाङका पूर्व अध्यक्ष डा. शान्तराज सर्माले मानव सेवा अन्र्तगत अशक्त अवस्थामा रहेका विरामीलाई सहजताका निम्ती आफुहरुको पहलमा ह्वील चियर हस्तान्त्रण अभियान सुरु गरिएको बताउनु भयो ।
बुर्तिबाङ स्वास्थ्य चौकीमा डा. निरज सर्मालाई ह्वील चियर हस्तान्त्रण गरिएको थियो । सर्माले वोल्दै स्वास्थ्य संस्थामा आवस्यकता रहेको सामाग्रि हस्तान्त्रण गरेकोमा रोटरि क्लव अफ बुर्तिबाङ ढोरपाटनलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
ढोरपाटन नगर पालिकाका ,निसीखोला गाउँपालिकामा,गल्कोट नगरपालिका,वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा पुगेर ह्वील चियर हस्तान्त्रण गर्ने कार्यक्रम रहेको पूर्व अध्यक्ष तुल्सिराम अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित