रक्तिम साँस्कृतिक अभियान प्रथम ढोरपाटन नगर सम्मेलन बुर्तिबाङमा

बुर्तिबाङ , रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगरपालिकाको प्रथम नगर सम्मेलन बुर्तिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रम रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष सहविन अर्गेजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि अर्गेजाले दिप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले राष्ट्र«, जनता र क्रान्तिको लागि रक्तिम साँस्कृतिक अभियानले गीत र नृत्य मार्फत पस्तुत गर्दै आएको बताउनुभयो ।

२०४३ चैत २६ गते स्थापना भएको यस संगठनले धेरै किसिमका आरोह, अवरोह तथा समस्याहरुलाई समाधान गर्दै आफ्नो यात्रालाई आगडि बढाएको उहाँको भनाई थियो । उहाँले गीत संगितको माध्यमबाट सुसंगित गर्दै शब्दको रुपमा गौरवशाली इतिहास कोरेको बताउनुभयो ।

“उहाँले भन्नुभयो” वैचारिक र संगठनात्मक रुपले सहि दिशामा अगाडी बढाउन पहिले यसको बारेमा स्पष्ट हुन जरुरी हुन्छ, कतिपय मानिसहरु वैचारिक स्पष्टता नहुँदा अन्योलनमा रहेका छन् र यसमा अनुशानको पनि निकै जरुरी रहन्छ । अहिले संसारभरी कुसंस्कार ,कुरीती, अन्धबिश्वास, धर्मको नाममा भ्रम सिर्जना गरि जनतालाई लुट्ने र शोषण गर्ने माध्यम बनाएको बताउनुभयो ।यस्तो किसिमको प्रवृत्तिबाट मुक्त गर्न रक्तिम परिवारले देश जनताको लागि जनजागरण गराउन जनवादी सँगीत र गीत मार्फत चेतना जगाउने काम गर्दै आएको उहाँको भनाई थियो । यही फागुन ७ र ८ गते रक्तिम साँस्कृतिक अभियान बागलुङको दोस्रो जिल्ला सम्मेलन बुर्तिबाङ बजारमा भब्य रूपमा गर्ने आयोजना हुन लागेको बताउँदै सम्मेलनमा सबैको सहयोगको अपेक्षा लिएको बताउनुभयो ।

 
यस्तै कार्यक्रममा राजमो केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले बोल्दै देशमा घटेका घटना र पिडाहरुलाई रक्तिमले गीत र नृत्यमार्फत प्रस्तुत गर्दै आएको बताउनुभयो । ठुला दलहरुले संघीयताको हावि बनाएको र आफुले बर्षौदेखि त्यसको विरोध गरिरहेको उहाँको भनाई थियो । संघीयताको खारेजी र गणतन्त्रलाई संस्थागत गर्न, देश र समाजलाई सुन्दर बनाउन रक्तिम साँस्कृतिक अभियानको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । संस्कार र संस्कृति मान्छेको विचार र चेतनासँग जोडिएको हुने उहाँको भनाई थियो । रक्तिमले प्रस्तुत गर्ने गित संगितलाई सुनेर मात्रै नभई यसको भावलाई बुझन् आवश्यक रहेको बताउनुभयो ।


साथै राजमो ढोरपाटन नगर अध्यक्ष तथा जिल्ला सदस्य दिपक थापाले रक्तिम साँस्कृतिक अभियानले पार्टीलाई संगठित क्षेत्रबाट सहयोग गरिरहेको बताउनुभयो । प्रतिगामी शक्तिहरुले संस्कृतिको विरुद्ध खिचातानी गरिरहेको र साम्राज्यवादी शक्तिलाई देशमा प्रवेश गराई निरन्तर आक्रमण गरेको आरोप लागनुउभयो ।

साथै कार्यक्रममा रक्तिम सांस्कृति अभियानका कलाकारहरुले जनवादी गित संगितको माध्यमबाट नृत्य प्रस्तुत गर्नुभएको थियो भने साविक खुंगा गाविसका पुरानो बामपन्थी नेता टक बहादुर अर्गेजालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा अखिल छैठौँका केन्द्रिय सदस्य विमल पाण्डे, अखिल नेपाल बुद्धिजिवी सँघका केन्द्रिय सदस्य धन बहादुर कुवँर, जातिय समता समाजका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर सुनार, अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारीले रक्तिम सांस्कृतिक अभियानको प्रथम नगर सम्मेलनलाई भव्य रुपमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने राजमो जिल्ला सदस्य धन बहादुर अदै, अखिल नेपाल महिला संघका जिल्ला सदस्य पवित्रा कुमारी छन्त्याल, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य टिका बहादुर पुन, साविक खुंगा गाविसका पुरानो बामपन्थी नेता टक बहादुर अर्गेजा, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

यस्तै सो सम्मेलनले झक प्रसाद श्रेष्ठको अध्यक्षतामा ११ पुर्ण समिति समेत गठन गरेको र २ स्थान रिक्त रहेको बताइएको छ । जसको उपाध्यक्ष अविन महत, कोषाध्यक्ष सुधा घर्ती, सचिव राम बहादुर अर्गेजा, सदस्यहरुमा सावित्रा दर्जी, रुनमाँया बुढा, केशव र्सिपाली, पुरन कुवँर, र सविना कुवँर रहुनुभएको छ ।

कार्यक्रम रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठको अधयक्षता, रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर उपाध्यक्ष अविन महतको स्वागत र कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित