
माघ १९ गते बुर्तिबाङ
बागलुङको वडिगाड गाउँपालिका ९ का सन्ते सार्कि भिरबाट लडेर मेरुडण्ड भाँचिएपछि उपचारमा आर्थिक समस्या सृजना भएको छ ।
गत मंसिर महिनामा घर नजिकैको भिरबाट लडेर शक्त घाइते भएका सार्कि ३ महिनादेखि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार रत छन ।
मेरुडन्ड भाँचिएसंगै अहिले श्रीमानको हात खुट्टा चल्दैन उपचार जारि छ तिन महिना देखि वेडमा हुनुहुन्छ घरको आर्थिक अवस्था कमजोर रहेको र ऋण र विभिन्न दाताबाट संकलन भएको रकम समेत उपचार गर्दा गर्दे सकिएपछि अहिले विरामीलाई थप उपचार गर्न आर्थिक समस्या सृजना भएको श्रीमती मन कुमारी सार्किले बताईन ।
हालसम्म पाँच लाख बढि खर्च भइसक्यो आर्थिक अवस्था नाजुक छ गाउँमा चन्दा संकलन पनी गरियो ऋण पनी कसैले पत्याउँदैनन उपचारमा आर्थिक समस्या भएपछी उपचारमा समस्या भएको छ । अस्पत्तालले दुई लाख धरौटी रकम मागेको छ । कसरी पु¥याउनु भाई रिषिराम सार्किको भन्नु भयो । दाजुको उपचारका निम्ती सहयोगी दाताहरुले मन कुमारी सार्किको मोवाईल ९८६७९१३४९१ म सम्पर्क गरेर सहयोग गर्न सक्नुहुने भएको छ । घाइते सार्किको श्रीमती, ३ छोरा १ छोरी रहेका छन ।