वडिगाड गाउँपालिका द्धारा स्र्वर्गिय निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग

माघ १० गते
वडिगाड गाउँपालिकाले गत माघ १ गते पोखरामा जहाज दुर्घटना हुँदा ज्यान गुमाएकी चर्चित कलाकार तथा वडिगाड गाउँपालिका ३ की निरा छन्त्यालको परिवारलाई शोकसभा सहित पचास हजार रुपैयाँ हस्तान्त्रण गरेको छ ।मंगलबार पुण्य तिथीको अवसरमा स्वर्गिय छन्त्यालको घरमा पुगेर गाउँपालिका अध्यक्ष गण्डकी थापा, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी लगाएतको उपश्थितीमा शोक सभा सहित स्वर्गिय निरा छन्त्यालको आत्माको चिर शान्तीको कामना सहित परिवार जनमा धैर्य धारणाको कामना सहित समवेदना व्यक्त गरिएको हो ।

गाउँपालिका अध्यक्ष गण्डकी थापाले वोल्दै आफनै पालिकाको गाउँ ठाउँको चेली , चर्चित कलाकार निरा छन्त्यालको असमाहिक निधनले सिंगो वडिगाड गाउँपालिकालाई स्तव्ध वनाएको बताउँदै निराको स्र्वगारोहणले सिंगो देशकै एक महत्वपूर्ण गहना गुमेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित