तेस्रो बुर्तिबाङ कप फुटबलको उपाधि न्यू मोर्डन एकेडेमी लाई ः को को परे उत्कृष्ट खेलाडी ?

विनोद विश्वकर्मा ,बुर्तिबाङ
बुर्तिबाङ फुटबल क्लवको आयोजनामा बिहिबार देखी बुर्तिबाङमा सञ्चालित तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट २०७९को उपाधि न्यू योर्डन एकेडेमी ढोरपाटन नगरपालिका १ बुर्तिबाङले हात पारेको छ ।

सनिबार भएको न्यू मोर्डन एकेडेमी बुर्तिबाङ र तमान युवा क्लव तमानखोला गाउँपालिका बिचको खेलबाट न्यू मोर्डन एकेडेमीले १–० को अग्रता सङ्गै उपाधि जितेको थियो

यस सङ्गै न्यू मोर्डन एकेडेमी एकेडेमीले नगग रु ५१ हजार १ सय ११ कप मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ । उस्तै उपविजेता बनोको तमान युवा क्लवले नगद रु २५ हजार ५ सय ५५ कप मेडल र प्रमाण पत्र प्रप्ता गरेको छ ।
यस्तै उत्कृष्ट खेलाडी जनाता सेकेन्डरी ईग्लिस बोर्डिङ स्कुल बुर्तिर्बाङका खेलादी बचन अदै, उत्कृष्ट फरवार्ड रियल ढोरपाटन क्लवका मिलन विश्वकर्मा,उत्कृष्ट मिडफिल्डरमा न्यू मोर्डन एकेडेमीका सुनिल बुढा,उत्कृष्ट डिफेन्डर तमान युवा क्लवका अर्जुन पुन र उत्कृष्ट गोलकिपरमा न्यू मोर्डन एकेडेमीका लोकेन्द्र थापा मगर बन्नु भएको छ ।

यस्तै पुरस्कार बितरण तथा समापन कार्यक्रम सनिबार नै सम्पन्न गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिष्ट अतिथिको रुपमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी साहयक निरिक्षक राजेश अधिकारीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका प्रशासकिय अधिकृत चन्डी प्रसाद शर्मा,शिक्षा शाखा प्रमुख ज्ञनेन्द्र सापकोटा,लगायतको उस्थिति रहेको थियो ।

कार्यक्रम बुर्तिबाङ फुटबल क्लवका अध्यक्ष युवराज जँग कुवँरको अध्यक्षता कल्वका कोषाध्यक्ष धिरेन घर्तीको स्वागत मन्तव्य र पत्रकार विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img