बुर्तिबाङ क्षेत्रमा सुरक्षा चुनौती बद्दो

बुर्तिबाङ माघ २७ गते
विहिबार राती बुर्तिबाङको विच बजारमा घर छेउ कम्पाउन्ड भित्र राखिएको स्कुटरमा आगोलागी भयो तर विच बजारमै भएको घटनामा अहिलेसम्म दोषि पत्ता लाग्न सकेन बुर्तिबाङ प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ ।
बुर्तिबाङ जनता बोर्डिङ लाईनमा स्थानिय टिकाराम पाण्डेले घरको कम्पाउन्ड भित्र त्रिपालले खोपेर राखेको स्कुटरमा विहिवार राती सवा १२ बजेको समयमा आगो दन्कियो घर धनीले घटना भएको थाहा पाए लगत्तै उठेर आगो निभाउन सफल भए र स्कुटर पनी जोगियो घर पनी जोगिन सफल भयो ।


घटना हेर्दा कम्पाउन्ड बाहिरबाट एकैपटक ६ वटा सलाईको काँटी बाँदेर सल्काई स्कुटर माथि फालेको देखिन्छ । त्रिपाल जल्दै गर्दा पाण्डेले थाहा पाएपछि स्कुटर आंसिक बाहेक आगोलागी हुन वाट जोगाए तत्काल प्रहरीलाई खवर पनी भयो कस्ले र कुन नियतले आगो लगायो भन्ने अझै पत्ता लागेको छैन यसरी विच वजारमा घटना बद्न थालेसंगै सुरक्षा चुनौती थपिएको पाण्डेले बताए । यस विषयमा आफुहरुले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख राजेश अधिकारीले बताए । घटना स्थल ढोरपाटन नगरपालिका कार्यालयको नजिकै पर्दछ ।
केहि महिना पहिले बजारकै लक्ष्मिमार्ग टोलमा घर छेउमा रोकी राखेको ध २ प १८४७ नम्वरको भिम बहादुर कुवंरले चलाउँदै आएको मोटरसाईकल चोरी भयो अन्तत प्रहरीले चोरी गर्ने गिरोहलाई प्रकाउ गर्न सफल पनी भयो । बजार छेउकै सेरा गाँउमा पछिल्लो समय दैनिक जसो खोरमा पालिएका कुखुरा हराउने, खेतमा लगाइएको आलु लगाएत तरकारी खेतबाटै चोरी हुन थालेसंगै स्थानीय थप त्रसित बन्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित