बिहिबार देखी बुर्तिबाङमा तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट सुरु

विनोद विश्वकर्मा,बुर्तिवाङ

बिहिबार देखी बुर्तिबाङमा तेस्रो बुर्तिबाङ कप सेभेन ए साईड फुटबल टुनामेन्ट सुरु भएको छ ।

पहिलो चरणको खेलामा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र रियल ढोरपाटन क्लव बिचको खेलमा २ –० ले रियल ढोरपाटन अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै उत्तरगंगा नमुना माध्यामिक विद्यालय बुर्तिबाङ र तमान युवा क्लव बिचको खेल पेनाल्टि सम्म पुगेको थियो । पेनाल्टिमा तमान युवा क्लव १ –० ले अघिल्लो चरणमा प्रवेश गररेको छ । यस्तै जनता सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुल बुर्तिबाङ र रिभरहेड ईन्टरनेशनाल एकेडेमी बुर्तिबाङ बिचको खेलबाट २–० ले जनाता बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । रिघा युवा क्लव र पाण्डवखानी बिचको खेलबाट २–० ले रिघा अधिल्लो चरणमा प्रवेश गरेको छ । र अन्तिम खेलमा बुर्तिबाङ राईजिङ युवा क्लव र हटिया बिचको खेलबाट ३ –० ले हटिया अघिल्लो चरणमा प्रवेश गरेको छ ।
विजेताले ५१ हजार १ सय ११ रुपैयाँ पाउने छन् । उपविजेताले २५ हजार ५ सय ५५ पाउने छन् । प्रतियोगितामा १४ समुहको सहभागिता रहेको छ ।

कार्यक्रमको समापन तथा औपचारिक उद्घाटन भने १४ गते ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यतामा गरिने क्लवका कोषाध्यक्ष धिरेन घर्तीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित