spot_img

सिवाइसी नेपालद्धारा बुर्तिबाङमा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया

माघ ७ गते
सिवाइसी नेपाल बुर्तिबाङ शाखाको आयोजनामा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा शनिवार सम्पन्न भएको छ ।
बुर्तिबाङ शाखा अन्र्तगत रहेका १६१ केन्द्रका प्रमुख तथा उप–प्रमुख, जनप्रतिनिधी पत्रकार लगाएतको उपस्थितीमा आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेश सांसद दिलमाया पौवीले वोल्दै लघुवित्तका कारण महिलाहरुको आत्मनिर्भर बन्ने वानीको विकास हुनुका साथै सक्षम, नेतृत्व विकास र समाज रुपान्तरणमा महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो ।
सिवाइसी नेपालले लामो समयदेखि यस क्षेत्रका महिला दिदिवहिनीलाई उद्धमशिल वनाउन, सक्षम र नेतृत्व तहमा ल्याउनका निम्ती राम्रो काम गरिरहेको बताउँदै आगामी दिनमा महिला नेतृत्व विकास संगै थप सृजनशिल र उत्पादनका कार्यक्रममा जोड दिई आत्मनिर्भर बनाउने वातावरण सृजना गर्ने अभियानमा हातेमालो गर्न सञ्चालन तथा व्यवस्थापकलाई सुझाव दिनुभयो ।
आफु गण्डकी प्रदेशमा माननिय भएर गइसकेका कारण आफनो कार्यकालमा महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने, वाल बिवाह, समाजमा रहेका विकृर्ति, विसंगतीको अन्त्यका निम्ती पनी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै विशिष्ठ अतिथीको रुपमा रहनु भएका वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले वोल्दै नेतृत्व तहमा रहेका व्यक्तिले नै लघुवित्तको मर्म र भावना वुझ्न नसक्दा विभिन्न भ्रम सृजना भएको बताउँदै लघुवित्तले देशको आर्थिक बृद्धि तथा महिलालाई शसक्त बनाउन, नेतृत्व दायी भुमिकामा ल्याउन तथा आर्थिक उर्पाजनमा अगाडी बढ्न महत्वपूर्ण सहयोग पु¥याएको बताउनु भयो । राज्यले गर्न नसकेको काम लघुवित्तले गरिरहेको बताउँदै त्यसलाई नेतृत्व तहमा रहेकाहरुले अध्ययन गरेर त्यसको विषयमा नागरिकलाई सुुसुचित गराउनु पर्ने आवस्यकता रहेको बताउनु भयो ।
उहाँले थप वोल्दै विगत १५ बर्षदेखि पश्चिम बागलुङमा सेवा विस्तार गरेको सिवाईसी नेपालले यस क्षेत्रका नागरीकको जिवन स्तर उकास्न र महिला नेतृत्वको विकाशकका निम्ती महत्वपूर्ण भुमिका निर्वाह् गरेको बताउँदै महिलाहरु स्वयंम सक्षम र क्षमतावान वन्दै नेतृत्व तहमा अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका सहायक निर्देशक रेशम बहादुर बल्छौडीले वोल्दै समाजलाई आर्थिक रुपमा अगाडी बढाउन सञ्चालक टिम, महिला वर्ग, स्थानिय जनप्रतिनिधी लगाएत सबैको महत्वपूर्ण भुमिका रहेको बताउँदै लघुवित्तमा देखिएका समस्या समाधानमा सबैको ध्यान हुन जरुरी रहेको बताउनु भयो ।
ऋणलाई सहि रुपमा प्रयोग गर्न नजान्दा र उत्पादन संग जोडिने प्रयास नगर्दा नकारात्म असर परिरहेको बताउँदै महिलाहरु सक्षम, उद्यमशिल र व्यवसाहीक बन्नुपर्नेमा जोड दिनुभयो । लघुवित्त नागरिकको सरल, सहज सेवाको माध्यम रहेको र १५ प्रतिशत भन्दा बढि कर्जा लिन नपाईने व्यवस्था सहितको माध्ययम रहेका कारण पनी सदस्यहरुले लघुवित्तबाट सहज रुपमा सेवा लिन सक्ने बताउनु भयो ।


आयोजित कार्यक्रमका अध्यक्ष एवम संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद सर्माले सिवाईसी नेपालले समुहमा रहेका सदस्यको समस्यामा संधै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो ।
सिवाइसीले ऋण लगानी र वचतको मात्र कारोवार नगरी महिलाहरुको क्षमता विकास, उद्यम विकास, तथा विभिन्न सेवा सुविधा लिएर अगाडी बढिरहेको बताउनु भयो । हुँदा खाने वर्गलाई हुनेखाने बनाउने उदेश्य सहित सञ्चालित संस्थाले समाज रुपान्तरण र आर्थिक समृद्धिको अवस्थालाई अगाडी बढाउने गरि काम गरिरहेको बताउनु भयो । देशभर ११८ शाखा कार्यलयबाट सेवा दिइरहेको संस्थाले आफना सदस्यहरुको दुःख सुखमा सहकार्य गरेर काम गर्ने बताउँदै सिवाइसीबाट ऋण लिएकै कारण ऋणीका परिवार तथा समाजलाई असर पर्ने खालका कुनै पनी काम आफुहरुले नगर्ने बताउनु भयो ।
सदस्यहरुलाई एक ठाउँमा सदस्य भएर कारोवार र सेवा सुविधा लिन सुझाव दिँदै उत्पादन र व्यवसाहिकरण बन्दै आत्मनिर्भर बन्ने कार्यमा आफुहरुले जहिले पनी सहयोग र समोन्य गर्ने बताउनु भयो ।


कार्यक्रममा ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक पुन, निसीखोला गाउँपालिका ६ का अध्यक्ष हेम बहादुर बुढा, वडिगाड गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र प्रताप के.सी.,विभिन्न सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधी, लगाएतको मन्तव्य रहेको थियो ।
उत्कृष्ट वचत कर्ता, वाल वचतकर्ता, उत्कृष्ट ऋृणी, लगाएतलाई सम्मान तथा पुरस्कृत गरिएको हो । सदस्यहरुको तर्फदेखि धारणा संकलन गर्दे अन्तरक्रिया गरिएको थियो । कार्यक्रम बुर्तिबाङ शाखा प्रमुख यानु बुढाको स्वागत सिवाइसी वित्तिय बैँकका प्रवन्धक संगिता सर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित