निसीखोलाको विकास र समृद्धिको यात्रा सुरु भइसक्यो : सांसद दोर्ण कुवंर

माघ ४ गते

खानेपानी, केन्द्रिय विधुत र सिँचाई आयोजनाको सर्वे हुँदै
गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंरले निसीखोला गाउँपालिकाको विकास र समृद्धिको प्रकृया अगाडी बढिसकेको बताउनु भएको छ । मंगलबार तिलाचन यूवा कल्व निसीखोला ६ भल्कोटको १५ औँ वार्षिक उत्सव तथा मगरहरुको महान चाड माघेसक्रान्ती मेला तथा पुतली नाच कार्यक्रमको उद्धघाटन गर्दे सांसद कुवंरले विकाश निर्माण र समृद्धिमा पछि रहेको निसीखोला गाउँपालिकाको विकाश अव क्रमिक रुपमा अगाडी बढिसकेको बताउनु भएको हो ।


यहाँका नागरिकको भावना र समस्यालाई सम्वोधन गर्दे आफुले विभिन्न विकाश निर्माणका योजना अगाडी बढाउन पहल गरिसकको बताउनु भयो । निसीखोला गाउँपालिका ५ र ६ नम्वर वडामा एक घर एक धारा मार्फत नागरिकलाई सहज खानेपानीको पहुँचमा पु¥याउनका निम्ती केहि दिनमै संघिय सरकार मार्फत प्राविधिक टोली सर्वेका निम्ती आउने बताउनु भयो । यहाँ रहेको खानेपानीको समस्या अन्त्यका निम्ती चाँडै काम सम्पन्न हुने गरी प्रकृया अगाडी बढेको प्रस्ट पार्नुभयो ।
निसी भल्कोटलाई कृषि संग जोड्नका निम्ती सिँचाई आयोजना मार्फत व्यसाहीक र कृषि उत्पादन बढाउन सिँचाई आयोजना अगाडी बढाउने गरि केही दिनमै सर्वे हुने बताउँदै तत्काल निसीखोला गाउँपालिकाका सबै वस्तिमा केन्द्रिय विधुतको पहुँच पु¥याउन केन्द्रिय विधुत आयोजना मार्फत सर्वे सुरु हुने बताउनु भयो । केन्द्रिय विधुत प्राधिकरण बागलुङका प्रमुख डिलिप मरासिनी मार्फत यस क्षेत्रको अध्ययन भइसकेका कारण चाँडै केन्द्रिय विधुतको पहुँच पुग्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले थप वोल्दै उत्तरगंगा जलाशय यूक्त आयोजनाको इआइए चरणलाई अगाडी बढाउन आफु लगाएत धेरै सांसदहरुको पहल भइरहेको र वन मन्त्रालय संग समेत आफुहरुले पहल गरिएका कारण राज्यको गौरवको रुपमा रहेको आयोजना चाँडै बन्ने विश्वास लिएको बताउनु भयो ।

 

सांसद कुवंरले मगर समुदायको कला र संस्कृर्तिको जर्गना स्वरुप सञ्चालित पुतली नाच र माघी मेलाले यहाँको सभ्यता र संस्कृर्तिलाई जर्गेना गर्दे आइरहेको बताउँदै स्थानीय कला संस्कृर्ति र पहिचानलाई जोगाई राख्न युवाहरु र तिलाचन यूवा क्लबको महत्वपर्ण भुमिका रहेको बताउनु भयो
आगामी बर्षका कार्यक्रममा निसीको पुलती नाच र माघी पर्वलाई विशेष पर्वका रुपमा सम्क्षण र सम्र्वधन गरिनुपर्ने बताउँदै आफुले त्यसका निम्ती गण्डकी प्रदेश सरकारमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । लोप उन्मुख संस्कृर्तिलाई सम्र्वधन र प्रर्वधनका निम्ती इतिहाँसलाई सम्झने र आफनो पहिचान स्थापित गर्ने अभियानमा सबै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो पुतली संग्राहालय, खाम भाषाको सम्रक्षण, तिलचान खेलमैदान निर्माण गर्नका निम्ती आफुले पहल गर्ने र यहाँको उत्पादनलाई ब्यवासाहीकरण वजारीकरण गर्नुपर्ने भएका कारण आफुले सक्रिय पूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका अवसरमा प्रदेश सभा सांसद दिलमाया पौवीले वोल्दै यहाँको कला संस्कृर्तिको सम्रक्षण संगै कल्व, सामाजिक अभियान्ताले स्थानिय उत्पादनको प्रर्वधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो मेला महोत्सव आफैमा इतिहाँस, कला र संस्कृर्तिको सम्क्षण गर्ने माध्यम भएका कारण यस संगै स्थानिय उत्पादनलाई प्रर्वधन गर्न सके यस क्षेत्रको विकाश र आर्थिक उर्पाजनमा सहयोग पुग्ने बताउनु भयो ।
त्यस्तै विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले वोल्दै परापूर्व कालदेखि सञ्चालन हुँदै आएको माघि मेला तथा पुतली नाच यहाँको महत्वपूर्ण कला र संस्कृर्तिको रुपमा रहेको बताउँदै यसको सम्रक्षण र सम्र्वधनमा तिनै तहका सरकारको सहयोग आवस्यक रहेको बताउनु भयो । बाइसे चौविसे राजाको पालादेखि सुरु हुँदै आएको यस मेलाको महत्व व्यापक छ विरमान राजा रानी ,कुल देवता र पितृको सम्झनामा कापै, पुतली, भालु लगाएतका नाच नाच्ने प्रचलन रहेको बताउनु भयो । राजा रानीले प्रयोग गरेका हात हतियार अझै रहेको बताउँदै राजाको पालादेखि चल्दै आएको यस पर्व तथा संस्कृर्तिमा यहाँको इतिहाँस रहेको बताउनु भयो । पुतली नाच, कापाई, भालु जस्ता नाच नाच्ने र प्रकृया पुरा गरेमा मनोकामना पुरा हुने र वाली नालि सप्रने, हिँउ पानी पर्ने विश्वास रहँदै आएको बताउनु भयो ।

आयोजित कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको हो । कार्यक्रममा कलाकार खड्ग गर्वुजा,अमृता परियार, राजेश बर्देवा लगाएतको सांगितीक प्रस्तुती रहेको थियो । कार्यक्रम कल्व अध्यक्ष सन्जु थापाको अध्यक्षता, सचिव फुल मगरको स्वागत र राजेश बर्देवाको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । अन्य खेलकुदका कार्यक्रम जारि रहेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित