spot_img

विमान दुर्घटनामा कलाकार निरा र प्राविधिक प्रदिप पौडेलको श्रीमती र छोराको मृत्यु संगै वडिगाड गाउँपालिका शोकमा

माघ १ गते
बागलुङको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले विमान दुर्घटनामा आफनै पालिकाको बासिन्दा चर्चित कलाकार निरा छन्त्याल र गाउँपालिका प्राविधिक प्रदिप पौडेलको श्रीमती रचना काफ्ले पौडेल र ८ महिनाका नाबालक छोरा रियान पौडेलको निधनले सिंगो गाउँपालिकालाई मर्माहत बनाएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत दुःखद घटनाले गाउँपालिका परिवारलाई स्तव्ध वनाएको बताउँदै स्र्वगिय आत्माको चिर शान्तीको कामना सहित परिवार जनमा शोकलाई धैर्य धारण गर्ने शक्ति प्रधान सहित समवेदना व्यक्त गर्नुभएको हो ।


दुर्घटनामा परि मृत्यु हुनेमा निरा छन्त्याल वडिगाड गाउँपालिका ३ सिसाखानी घर भई लामो समयदेखि कलाकारीता क्षेत्रमा आवद्ध रहँदै आउनु भएको थियो । उहाँ काठमान्डौ देखि पोखरा , म्याग्दी र बागलुङका विभिन्न कार्यक्रममा सहभागि हुनेगरी विमान मार्फत पोखरा आउन लाग्नु भएको जनाइएको छ । त्यस्तै वडिगाड गाउँपालिका प्राविधिक प्रदिप पौडेलको श्रीमती रचना र छोरा रियान काठमान्डौ देखि पर्वत घर आउनका निम्ती विमानमा सवार रहेको बताइएको छ ।

त्यसैगरी पालिकाको तर्फदेखि वडिगाड गाउँपालिका उपाध्यक्ष भिमशेन वन र वडा नं. ३ का अध्यक्ष खडक पुन घटना स्थल पोखरा पुगिसक्नु भएको छ ।
आइतबार काठमान्डौबाट पोखराका लागी उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जना यात्रु सहित चालक दलका चार जना सदस्य गरी ७२ जना सवार विमान पोखरा स्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । हालसम्म ६९ जनाको शव फेला परेको र बाँकी ३ जनाको खोजी भइरहेको नेपाल नागरीक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित